१४ भाद्र २०८३, आईतवार
,
Latest
अमेरिकाद्वारा बाढीपीडितका लागि ३६ लाख डलरभन्दा बढी अतिरिक्त सहायता घोषणा भोटेकोशीमा पुनः बाढी, सतर्कता अपनाउन स्थानीय प्रशासनको आग्रह सवारीसाधन उपलब्ध गराउन निर्माण व्यवसायीको अपिल आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर विपदमा सेलिब्रेटीहरुको उद्धारको नाटक, त्रिशुलीपारि पुगेन सरकार बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

फेरीदै राउटेको जिवन



अ+ अ-

दैलेख । जंगलमा फिरन्ते जीवन बिताउँदै आएका राउटेले गाउँमा बाटो निर्माण गरेका छन्। काठका सामान बनाएर जिविकोपार्जन गर्ने राउटेले पहिलोपटक सार्वजनिक बाटो खनेका हुन्। राउटेले बनाएको बाटोलाई ‘राउटे पदमार्ग’ नामाकरण गरिएको छ।

अन्य समुदायसँग घुलमिल नहुने राउटे समुदाय पछिल्लो समय विकास निर्माणका काममा पनि सहभागी हुन थालेका छन्। नांगा–डाँडामा वृक्षारोपणदेखि गाउँमा गोरेटो बाटो खन्ने काम गरेर राउटेले नयाँ सन्देश दिएका छन्। हाल दैलेखको गुराँस गाउँपालिकामा बस्दै आएका राउटेले सात दिन लगाएर गोरेटो बाटो खनेका हुन्।

जंगलमा काठ पाइन छाडेपछि काठका सामान बनाउने राउटेको पेशा पनि संकटमा पर्दै आएको छ। राउटेलाई सामाजिकरण गर्न र रोजगारमा सामेल गर्न गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी गराएको छ। कर्णालीका विभिन्न जंगलमा घुमन्ते जीवन बिताउँदै आएका राउटेलाई अहिले गुराँस गाउँपालिकाले स्थायी बासिन्दाको प्रमाणपत्र दिएको छ।

आफ्नै सीपमा मात्र विश्वास गर्ने राउटेहरु समुदायमा हुने सार्वजनिक काममा पनि सहभागी हुन थालेका छन्। ‘पैसा लिएर काम गरौंला भन्ने हामीले सोचेका पनि थिएनौं’ राउटेका मुखिया महिनबहादुर शाहीले भने, ‘अब त समय परिवर्तन भयो, जंगलमा रुखै पाइन छाडे। काठका भाँडा बनाएर पेट भर्न नसकिने भएपछि सरकारले दिएको काममा लाग्यौं।’

राउटेले बाटो खन्नुका साथै खाली जमिनमा टिमुर, काउलो र उत्तिस लगायतका विरुवा पनि रोपेका छन्। राउटेलाई काम गरेवापत गाउँपालिकाले हरेक दिनको प्रतिव्यक्ति पाँच सय १७ रुपैयाँका दरले ज्याला उपलब्ध गराएको छ। गाउँपालिकाका रोजगार संयोजक मोहन पौडेलले वृक्षारोपणमा सहभागी गराएपछि अब जंगल मास्नुको साटो संरक्षणमा जुट्ने प्रतिबद्धता जनाएको बताए।

राउटे समुदायका ५२ जना बाटो खन्ने काम र वृक्षारोपणमा जुटेका हुन्। खेती नगर्ने, एकै ठाउँमा स्थायी रुपमा नबस्ने र पढ्दा पनि पाप लाग्छ भन्ने राउटे अहिले प्रधानमन्त्री रोजगार कार्यक्रममा जोडिएका हुन्। राउटेलाई बेरोगारको सूचीमा राखेर रोजगारी दिइएको गाउँपालिकाका अध्यक्ष खेमराज वलीले बताए। उनले भने, ‘आजसम्म त राउटेले जंगलमा रुख काट्ने काम मात्रै गरे, अहिले हामीले उनीहरुलाई विरुवा रोप्न पनि लगायौं।’

राउटेलाई पहिलोपटक काममा लगाउन सफल भएको भन्दै अध्यक्ष वलीले उनीहरु कामप्रति लगनशिल र मेहनतती भएको बताए। राउटे मुखिया सुर्यनारायण शाहीले गाउँपालिकाले आफ्नो समुदायलाई आगामी दिनमा दिने रोजगारीका कार्यक्रममा लगनशिलताका साथ सहभागी हुने बताए। ‘पहिला हामी रुख काट्थ्यौं, अहिले त्यही जंगलमा रुप रोप्न थाल्यौं’ उनले भने। हाल राउटे समुदायमा ४६ घरपरिवार छन्।, समाचार अन्नपुर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।