१४ भाद्र २०८३, आईतवार
,
Latest
अमेरिकाद्वारा बाढीपीडितका लागि ३६ लाख डलरभन्दा बढी अतिरिक्त सहायता घोषणा भोटेकोशीमा पुनः बाढी, सतर्कता अपनाउन स्थानीय प्रशासनको आग्रह सवारीसाधन उपलब्ध गराउन निर्माण व्यवसायीको अपिल आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर विपदमा सेलिब्रेटीहरुको उद्धारको नाटक, त्रिशुलीपारि पुगेन सरकार बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

रअको भ्रमणबारे सुरक्षा निकायलाई झूटो ‘ब्रिफिङ’



अ+ अ-

काठमाडौं । गत आइतबार भारतीय मुख्यसचिव नेपाल आउने व्यहोराको अग्रिम सूचनाअनुसार सुरक्षा निकाय विमानस्थलदेखि होटलसम्मको स्कर्टिङ र अन्य सुरक्षा प्रबन्धमा जुट्यो ।

तोकिएकै तालिकाअनुसार आइतबार दिउँसो पाहुना आए, सुरक्षा निकायले स्टर्किङ गरेर बौद्धस्थित हायात होटल पुर्यायो । तर स्टर्किङ गरिएका पाहुना मुख्यसचिव नभएर भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ ९रअ० को टोली भएको सुरक्षा निकायले होटल पुगेपछि मात्रै थाहा पायो ।

रअ टोलीको नेपाल भ्रमणबारेको अग्रिम सूचना सुरक्षा निकायले समेत थाहा नपाएको पाइएको छ । ‘भारतीय मुख्य सचिव नेपाल आउने भएकाले सोही अनुसार सुरक्षा प्रबन्ध गरिएको थियो, तर भीआईपी टोलीलाई होटल पुर्याएपछि थाहा भयो टोली त अर्कै पो रहेछ, हामी त झस्कियौ पनि’ –सुरक्षा निकायको उच्च स्रोतले नेपाल समाचारपत्रसँग भन्यो ।

रअ प्रमुख समान्त कुमार गोयल नेतृत्वको पाँच सदस्यीय टोली आइतबार दिउँसो नेपाल आएको थियो । सत्ता पक्षीय र प्रतिपक्षी दलका नेतासँगको भेटवार्तापश्चात रअ टोली सोमबार साँझ स्वदेश फर्किएको छ ।, समाचार नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।