• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   भेडीगोठले बुकीमा चहलपहल, बेंसी सुनसान ★   एसिया कप खेल्ने नेपाली टोलिको घोषणा ★   मनीताले पेरिस ओलम्पिक खेल्ने ★   इच्छाकामना गाउँपालिकाद्वारा तीनवटा कृषि एम्बुलेन्स सञ्चालन ★   अन्य थप ऐन संशोधनलाई प्राथमिकता दिन काँग्रेसलाई निजी क्षेत्रको सुझाव ★   नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउन उपकरण ★   कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल ★   स्वस्तिमा–साम्राज्ञीको अभिव्यक्ति गैर जिम्मेवारपूर्णः चलचित्र कलाकार संघ ★   नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने ★   एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने

पार्टी एकताबारे प्रचण्डले गरे गम्भिर खुलासा



काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता हुन नदिन आफूलाई प्रधानमन्त्री पदको प्रस्ताव आएको बताएका छन् । ४१औँ पुष्पलाल स्मृति दिवसका अवसरमा मंगलबार काठमाडौंको चम्पादेवीस्थित पुष्पलाल स्मृति पार्कमा आयोजित कार्यक्रममा प्रचण्डले सरकार र पार्टी दुवै विगतका कमीकमजोरी सच्याउन तयार रहेको बताए ।

‘प्रतिक्रियावादीले पार्टी एकता हुन नदिन मलाई प्रधानमन्त्री पदसमेत अफर गरे,’ प्रचण्डले भने, ‘तर, त्यसलाई सफल हुन नदिई सबै षड्यन्त्र परास्त गरेर आएको हुँ ।’ पार्टीलाई सुदृढ बनाएर विरोधीको षड्यन्त्रलाई परास्त गर्न नेता–कार्यकर्तालाई आफूभित्रको कमीकमजोरी सच्याउनुपर्ने उनले बताए । पुष्पलाल श्रेष्ठले देखेको सपना पूरा गर्न सरकार र पार्टी दुवैले कमजोरी सच्याउँदै जानुपर्ने उनको भनाइ थियो ।

उनले पार्टी एकताको बाँकी सबै काम साउनभित्र सम्पन्न गरेर जनतासँगको सम्बन्धलाई सुदृढ बनाउने गरी पार्टीले राष्ट्रिय अभियान चलाउने पनि बताए । कार्यक्रममा वरिष्ठ नेता माधवकुमार नेपाल र नेता झलनाथ खनालले पनि जनताको अपेक्षाअनुसार सरकारले काम गर्नुपर्नेमा जोड दिए । पुष्पलाल स्मृति प्रतिष्ठानका अध्यक्षसमेत रहेका वरिष्ठ नेता नेपालले सरकारको काम–कारबाहीलाई पार्टीले प्रभावकारी ढंगले अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा पुष्पलाल श्रेष्ठको सालिकमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता नेपाल, नेता खनालसहितले माल्यार्पण गरेको समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।