• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   भेडीगोठले बुकीमा चहलपहल, बेंसी सुनसान ★   एसिया कप खेल्ने नेपाली टोलिको घोषणा ★   मनीताले पेरिस ओलम्पिक खेल्ने ★   इच्छाकामना गाउँपालिकाद्वारा तीनवटा कृषि एम्बुलेन्स सञ्चालन ★   अन्य थप ऐन संशोधनलाई प्राथमिकता दिन काँग्रेसलाई निजी क्षेत्रको सुझाव ★   नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउन उपकरण ★   कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल ★   स्वस्तिमा–साम्राज्ञीको अभिव्यक्ति गैर जिम्मेवारपूर्णः चलचित्र कलाकार संघ ★   नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने ★   एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने

नेकपा स्कुल विभाग विवाद थप उत्कर्षमा



काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्कुल विभागमा देखिएको विवाद उत्कर्षमा पुगेको छ । विवाद समाधान नभएपछि मंगलबार बस्ने भनिएको सचिवालय बैठक नै स्थगित भएको छ ।

नेकपा केन्द्रीय कार्यालय धुम्बाराहीमा सचिवालय बैठक बोलाइएको थियो । तर, पार्टीको स्कुल विभागमा देखिएको विवाद अझै समाधान नभएपछि बैठक स्थगित भएको हो । स्कुल विभागको विवाद समाधान गरी सचिवालय बैठक बिहीबार बस्ने नेकपा स्रोतले जनाएको छ ।

पार्टीको वैचारिक एवं शक्तिशाली विभागको रूपमा रहेको स्कुल विभाग प्रमुखका लागि सचिवालय सदस्यद्व ईश्वर पोखरेल र नारायणकाजी श्रेष्ठको दाबेदारी छ । दुवै नेता आफ्नो अडानमा टसमस नभएपछि पार्टीका शीर्ष नेता मिलाउने प्रयासमा छन् ।

पार्टी अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपालसहित शीर्ष तहमै स्कुल विभाग तत्कालीन एमालेले लिने सहमति भएको थियो । पूर्व एमालेको भागमा परेपछि पोखरेलले दाबी गरेका थिए । तर, तत्कालीन माओवादी नेताले पोखरेललाई स्कुल विभाग प्रमुखमा स्वीकार गर्न नसकिने बताएपछि विवाद सुरु भएको हो ।

सचिवालय सदस्य रहेका तत्कालीन एमालेका ६ जना नेताको छुट्टै बैठक प्रधानमन्त्री निवास बालुवाटारमा गतसाता भएको थियो । सो बैठकमा जिम्मेवारी बाँडफाँड विषयमा गम्भीर छलफल गर्दै स्कुल विभागमा पोखरेलाई ल्याउने सहमति भएको थियो । तर, पार्टी प्रवक्तासमेत रहेका नेता श्रेष्ठले आफ्नो दाबेदारी कायम नै राखेपछि विवाद देखिएको छ ।

अध्यक्षद्वय ओली र दाहालले आइतबार साँझ बालुवाटारमा बसेर विवाद मिलाउँने प्रयास गरे । तर, अध्यक्षद्वयको बैठकले समेत केही निर्णय गर्न नसकेपछि मंगलबारको बैठक नै स्थगित गर्ने सहमति भएको बालुवाटार स्रोतले जनाएको छ । पार्टी सचिवालयको अर्को बैठक बिहीबार बस्ने बताइएको छ ।

सचिवालय बैठक स्थगित

जनताको बहुदलीय जनवाद (जबज) को विषयमा खुलेर वकालत गरेका पोखरेललाई स्कुल विभाग प्रमुख बनाउन नहुने तर्क तत्कालीन माओवादी नेताको छ । पार्टी एकता गर्दा जनताको जनवादमा सहमति भए पनि पछिल्लो समय पोखरेलले जवजको विषयमा सार्वजनिक रूपमै वकालत गरेका थिए ।

गत आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा श्रेष्ठ र पोखरेल दुवैले स्कुल विभाग प्रमुख हुनुपर्ने दाबी प्रस्तुत गरेको गरेका थिए । दुवै नेताको अडानकै कारण सचिवालय बैठकले विभाग, आयोगलगायतको पार्टी एकताको कार्य टुंगो लगाउँन नसकेको हो ।

नेताबीच विवाद भएपछि कार्यकर्ता आरोप प्रत्यारोपमा उत्रिका छन् । श्रेष्ठ र पोखरेलको पक्ष र विपक्षमा सामाजिक सञ्जालमा आरोप–प्रत्यारोप तीब्र रूपमा भइरहेको छ ।

नेकपाका ३२ विभागमा भागबन्डाको सहमति यसअघि नै भइसकेको छ । ३२ विभागमध्ये १८ मा तत्कालीन एमाले र १४ वटामा तत्कालीन माओवादीले प्रमुखको जिम्मेवारी लिने सहमति यसअघि नै भइसकेको छ ।

पार्टी प्रवक्ताको भूमिकामा रहेका श्रेष्ठलाई अध्यक्षद्वय ओली र दाहालले प्रचार विभागको प्रमुख बन्न आग्रह गरिसकेका छन् । तर, श्रेष्ठले प्रचार विभाग नलिने अडान व्यक्त गर्दै स्कुल विभाग प्रमुख बनाउनुपर्ने दाबी गर्दै आएको छन् ।

पार्टीभित्रको शक्तिशाली विभाग मानिने प्रचार र अर्थ विभाग तत्कालीन माओवादीको भागमा परेको छ । संगठन, अर्थ, विदेश, स्कुल, प्रचार, मोर्चालगायतलाई शक्तिशाली विभागको रूपमा लिने गरिन्छ । प्रत्येक विभाग ३५ सदस्ययी हुनेछ । जसमा तत्कालीन एमालेबाट २० जना र माओवादीबाट १५ जना सदस्य हुनेछन् । ३२ मध्ये १८ एमाले र १४ माओवादीको भागमा विभाग परेका छन् ।

३ जेठ २०७५ मा तत्कालीन एमाले र माओवादी केन्द्रका बीचमा पार्टी एकीकरण भएको थियो । एकीकरण घोषणासभालाई सम्बोधन गर्दै शीर्ष नेताले तीन महिनाभित्रमा पार्टी एकताको काम टुंगो लगाउने उद्घोष गरेका थिए ।, समाचार राजधानी दैनिकमा प्रकाशित छ ।