११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar पूर्वप्रधानन्यायाधीश जबराको गिरफ्तारी गैरजिम्मेवारपूर्ण :डा. शशांक कोइराला News Polar सोह्र श्राद्धको पहिलो दिन पशुपतिमा छ सय बढीले गरे श्राद्ध News Polar नेपालको संस्कृति, सम्पदा र पर्यटनको प्रवद्र्धन गर्न ‘गौरवता नेपाल’ परियोजना सञ्चालन गरिने News Polar सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो News Polar विपदबाट चार दिनमा १५ जनाको मृत्यु News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री पौडेल News Polar अविरल वर्षापछिको काठमाडौंः बादल फाट्यो, हिमाल खुले News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन

के हो हेज फण्ड ? विश्वका १० उत्कृष्ट हेज फन्ड म्यानेजर कम्पनीमा अमेरिकीको बर्चश्व

के हो हेज फण्ड ? विश्वका १० उत्कृष्ट हेज फन्ड म्यानेजर कम्पनीमा अमेरिकीको बर्चश्व
अ अ+ अ-

काठमाडौं । हेज फन्ड एक किसिमले अर्काको पैसा अर्थात् लगानीकर्ताको पैसाको व्यवस्थापन हो । यो एक प्रकारको इक्विटी फन्ड हो । तर इक्विटी फन्डमा साना लगानीकर्ताको पैसा समावेश हुन्छ, र यो पब्लिकका लागि खुला हुन्छ । तर हेज फन्डमा त्यस्तो हुँदैन । ठूला ठूला लगानीकर्ताहरुले आफूसँग भएको पैसा सोझै हेज फन्डका लागि छुट्याउँछन् र त्यो कुनै हेज फन्ड म्यानेजरलाई दिन्छन् ।

हेज फन्ड म्यानेजरले त्यस्तो पैसा ठूला र उच्च प्रतिफल दिने कम्पनीमा लगानी गर्दछन् । निकै जोखिमयुक्त यस्तो कारोबारमा विश्वका उत्कृष्ट १० हेज फन्ड म्यानेजरको विवरण यहाँ प्रस्तुत गरिएको छ । यी कम्पनीले १४ देखि ३० प्रतिशतसम्म लगानीकर्तालाई फाइदा दिएको दाबी गरिएको छ, जुन निकै ठूलो प्रतिफल हो ।

विश्वमा हाल ९००० हेज फन्ड म्यानेजर रहेको अनुमान छ । करिब ३.६ ट्रिलियन डलरको पुँजी यसभित्र छ । कमजोर व्यवस्थापन र उच्च शुल्कका कारण हेज फन्डका लगानीकर्ताको संख्या घटेको छ । तर केही फन्ड म्यानेजरको अवस्था अत्यन्त राम्रो छ र त्यहाँ अर्बौं डलरको लगानी भइरहेको छ । नाफामा रहेका कतिपय हेज फन्डले नयाँ ग्राहकलाई प्रवेश गर्नै दिएका छैनन् ।

प्रस्तुत छ हेज फन्ड बजारको स्थिति विश्लेषण गरेर एलक्स डटकमले तयार पारेको विश्वका १० उत्कृष्ट फन्ड म्यानेजर सम्बन्धी रिपोर्ट ।
१. ब्रिजवाटर एसोसिएट्स – १ खर्ब २३ अर्ब डलर : यो समकालीन विश्वको सबैभन्दा ठूलो हेज फन्ड म्यानेजर कम्पनी हो । अमेरिकी अर्बपति व्यापारी रे डालियोले यो कम्पनी सन् १९७५ मा स्थापना गरेका थिए । ब्लुम्बर्गका अनुसार उनी विश्वका ५८औं सर्वाधिक धनीको सूचीमा पनि रहेका छन् ।

२. रेनेसाँ टेक्नोलोजीज – ८४ अर्ब डलर : यो कम्पनी अमेरिकी म्याथमेटिसिएन अर्बपति व्यापारी जिम साइमोन्सले सन् १९८२ स्थापना गरेका थिए । यसको मुख्यालय अमेरिकाको न्यूयोर्कमा रहेको छ । शुरुआती दिनमा करिब २७ अर्ब डलरको व्यवस्थापन गरेको यस कम्पनीले सन् २०१७ मा करिब ४५ अर्ब डलरको व्यवस्थापन गरेको थियो ।

३. ए क्यू आर क्यापिटल म्यानेजमेन्ट – ७७ अर्ब डलर : अमेरिकाको ग्रीनविचमा मुख्यालय रहेको यो कम्पनी सन् १९९८ मा क्लिफ एसनेसले स्थापना गरेका थिए । यसका कार्यालयहरु हाल हङकङ, लन्डन, सिड्नी, लस एन्जलस, बोस्टन र सिकागोमा रहेका छन् । यो कम्पनीमा ५० प्रतिशत कर्मचारी पिएचडी गरेका छन् । त्यसैले यस कम्पनीलाई प्राज्ञिक थलोका रुपमा लिइन्छ ।

४. म्यान ग्रुप – ५३ अर्ब डलर : यो लन्डनमा प्रधान कार्यालय रहेको कम्पनी हो । यो कम्पनी सन् १७८३ मा स्थापना भएको थियो । यसका संस्थापक जेम्स म्यान थिए । बेलायतमा पब्लिक कम्पनीका रुपमा कारोबार गरिरहेको यस कम्पनीले चीनमा कारोबार गर्ने अनुमति पनि पाएको छ ।

५. डिई श एन्ड कम्पनी – ४७ अर्ब डलर : यो कम्पनी पनि न्यूयोर्कमै खुलेको हो । यसका कार्यालयहरु लन्डन, बर्मुडा, सांघाई, हङकङ र विश्वका अरु शहरहरुमा रहेका छन् । यो कम्पनी १९८८ मा स्थापना भएको थियो । यसका संस्थापकमा अमेरिकी लगानीकर्ता, कम्प्युटर वैज्ञानिक तथा हेज फन्ड म्यानेजर डेभिड ई श रहेका छन् ।

६. टू सिग्मा – ४५ अर्ब डलर : यो कम्पनी २००१ मा स्थापना भएको हो । यसका संस्थापकहरुमा अर्बपति डेभिड सिगल र जोन ओभरडेक रहेका छन् । सन् २०१० मा केबल ५ अर्ब डलरको हेज फन्ड व्यवस्थापन गरेको यो कम्पनीले २०१७ को अन्त्यसम्ममा यसको कारोबार ९०० प्रतिशत वृद्धि भई ४५ अर्ब डलर पुगेको थियो । विगत १० वर्षदेखि यस कम्पनीले लगानीकर्तालाई औसतमा ३० प्रतिशतको लाभ दिइरहेको छ । यो कम्पनीको मुख्यालय न्यूयोर्कमा रहेको छ, तर विश्वका प्रमुख शहरहरु हङकङ, ह्युस्टन र लन्डनमा यसका कार्यालयहरु रहेका छन् ।

७. मिलेनियम म्यानेजमेन्ट – ३६ अर्ब डलर: सन् १९८९ मा अमेरिकी लगानीकर्ता इजरेल इङल्यान्डरले साथी रोनाल्ड सियरसँग मिलेर ३५ मिलियन डलरमा यो कम्पनी स्थापना गरेका थिए । शुरुआती दिनहरुमा कम्पनीको अवस्था कमजोर रहेका कारण छ महिनापछि नै सियरले कम्पनी छाडेका थिए । छर यो कम्पनी पछिल्ला केही वर्षमा व्यापक रुपमा विस्तारित भएको छ । यसका विश्वभर अहिले १२ वटा कार्यालय छन् । यो विश्वमै हेज फन्डबाट आम्दानी गर्नेको सूचीमा पाँचौं स्थानमा छ ।

८. इलियन म्यानेजमेन्ट – ३४ अर्ब डलर : अर्बपति पल सिंगरले यो कम्पनी सन् १९७७ मा न्यूयोर्कमा खडा गरेका थिए । यो कम्पनीको शुरुदेखि नै उनी प्रमुख कार्यकारी थिए । उनी सन् २०१७ मा हेज फन्डमा विश्वमै छैटौं सर्वाधिक आम्दानी गर्ने कार्यकारीमा गनिएका थिए । त्यस वर्ष उनले ४०० मिलियन डलर आम्दानी गरेका थिए ।

९. अक–जिफ क्यापिटल म्यानेजमेन्ट – ३१.८ बिलियन डलर : अज क्यापिटल भनिने यो समूह सन् १९९४ मा स्थापना भएको थियो । यसका कार्यालयहरु न्यूयोर्क, हङकङ, लन्डन, मुम्बई, बेइजिङ र ह्युस्टनमा रहेका छन् । यो कम्पनीको स्थापना डेनियल अकले ३.२ बिलियन डलरबाट गरेका थिए । पछि यसमा तीन जना जिफ दाजुभाइ प्रत्येकले १०० मिलियन डलर लगानी गरेका थिए । त्यहीकारण अहिले कम्पनीको नाम अक–जिफ भएको छ । अफ्रिकी मुलुकमा घुस लिएर पैसा लगानी गरेको आरोपमा यो कम्पनीमाथि दण्ड जरिवाना समेत गरिएको थियो ।

१०. विन्टन ग्रुप – १८.५ बिलियन डलर : यो समूहको स्थापना सन् १९९७ मा बेलायतको लन्डनमा भएको थियो । डेभिड हार्डिङले स्थापना गरेको यो समूह १.६ मिलियन डलरबाट स्थापना गरिएको थियो । यो कम्पनी अहिले विश्वव्यापी भएको छ, र यसका कार्यालयहरु विश्वका विभिन्न स्थानमा रहेका छन् । यसका कार्यालयहरु अहिले हङकङ, सिड्नी, सानफ्रान्सिस्को, न्यूयोर्क, टोकियो र जुरिचमा छन् । विगत १० वर्षदेखि यसको औसत प्रतिफल १९ प्रतिशतको हाराहारीमा रहेको छ । डेभिड हार्डिङ अहिले बेलायतका ३४औं धनी व्यक्तिको सूचीमा छन् ।