३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

इन्साफ नपाई बेईजति खेपेर मारिनुभन्दा आफैँ मर्नु बेश : भीमसेन थापा

इन्साफ नपाई बेईजति खेपेर मारिनुभन्दा आफैँ मर्नु बेश : भीमसेन थापा
अ+ अ-

आज साउन ८ गते भीमसेन थापा (बि.सं. १८३२–१८९६) ले आत्महत्याका लागि बन्दी अवस्थामै सेरिएको दिन । वर्ष फरक भए पनि नेपालका तीन महान हस्तीहरू बीपी, पुष्पलाल र भीमसेन, क्रमशः साउन ६, ७ र ८ गते महाप्रस्थान गरेको समय सन्दर्भ ।

मुख्तियार (प्राइमिनिस्टर) भीमसेन थापा…..बि.सं. १८६० देखि नेपालको शासनमा हर्ताकर्ता भएर बि.सं. १८६३ मा सबै अरिअनिष्ट पन्छाएर आफैं सर्वेसर्वा बनेर शासन चलाउँदै आएका थिए । १८७१–७२ को अँग्रेजसँगको युद्धमा हार खाएपछि उनको पतन हुने निश्चय थियो…। सत्तामा आफ्नो पकड बलियो बनाउने भोक बोकेका भीमसेनले बि.सं.१८९२ मा सेनाको कमान्डर इन–चिफ पनि आफैं बने । यिनका पालामा भएको शासकीय अत्याचारको कथा बेग्लै छ । तर दरबारमा राजारानीले यिनीमाथि विश्वास गर्न छोडिसकेका थिए । यस्तैमा १८९४ साउन ११ गते राजा राजेन्द्र बिक्रमका जेठी रानीपट्टिका ६ महिनाका कान्छा छोरा देवेन्द्रबिक्रमको कालगतिले भएको मृत्युलाई भीमसेन थापाले विष खुवाएर मारेको फत्तुर उनीमाथि लाग्यो । यसैलाई निहुँ बनाएर उनलाई शासन सत्ताबाट च्यूत गराइयो ।

भीमसेन काठमाडौँको लामो बसाई छोडेर आफ्नो पुख्र्यौली गाउँ गोरखाको बोर्लाङ्गमा गएर बसेका थिए ।….१८९६ बैशाखमा उनलाई फेरि काठमाडौँ झिकाइयो । तर यसपटक पुरानो विष मुद्दा बल्झाइयो । कीर्ते कागज खडा गरी उनलाई ज्यानमारा करार गरियो र बन्दी बनाइयो । राजाबाट न्याय नपाउने भएपछि भीमसेनले उपरोक्त अभिव्यक्ति दिएको इतिहासकार ज्ञानमणि नेपालको पुस्तकमा पाइन्छ ।

१८९६ साउन ८ गते राती अँध्यारो छिंडी कोठामा खुकुरीले आफैंले आफ्नो घाँटी सेरे ।….उनले पूरा गला रेट्न सकेनन् र अलिकति काटेर लडे, रगतको धारो लाग्यो । यसरी ढलेका भीमसेन थापा पीप रगत फोहोरमा मुछिएर घ्यारघ्यार गरी ९ दिनसम्म बचेर कन्तविजोगसँग प्राणमुक्त भए ।

राजा रानीसमेत सबै आएर उनको लास हेरे, तर दाहसंस्कार गर्न अनुमति दिइएन । डोरीले बाँधेर टुँडिखेलबाट घिसार्दै लगेर विष्णुमतिपारी पु¥याएर फाल्न लाइयो, दाहसंस्कार होला भनेर पालेपहरा राखेर नकुहुन्जेल रुङ्न लाइयो । हाडखोडचाहिँ यत्रतत्र लागे, अर्थात खप्पर (ब्रिटिश) रेजिडेन्टद्वारा बेलायत पुर्याइयो र दाँत र हातका हाडचाहिँ चौतारिया फत्यजंगको घरमा राखियो….।

उनका जेठी र माइली मुखिनीलाई बोर्लाङ् देखि नांंगो पयर हिँडाएर ल्याएर प्यादा लगाई हेलम्बुमा निर्वासित गरियो भने कान्छी मुखिनी र धर्मपुत्र शेरजंग थापालाई सास्तीसाथ कैदमा राखियो ।
(ज्ञानमणि नेपालद्वारा लिखित इतिहासको पुस्तक ‘नेपालको महाभारत’ को पृ. १०३ र १११ का आधारमा)

यो जानकारीमूलक सामग्री चन्द्रमणी गौतमले तयार पार्नु भएको हो ।