१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवा बाढीः उद्धार तथा राहतको लागि रास्वपाले सरकारलाई ५० लाख आर्थिक सहयोग गर्ने बाढी जोखिमप्रति सतर्क रहन एनआरएनए पोर्चुगलको अपिल बाढीपहिरो प्रभावितको उद्धारमा जुट्न क्याप्टेन थापाको आह्वान पृथ्वी राजमार्गमा सवारी आवागमन पूर्णरुपमा बन्द बाढीपहिरोका कारण प्रतिनिधिसभा बैठक स्थगित रसुवा बाढीमा पूर्वराजा ज्ञानेन्द्रको चासो, बेपत्ताको खोजी र उद्धार तीव्र पार्न आग्रह भोटेकोशी बाढीः नेपाल र चीनबिच मौसमी विवरण आदानप्रदान गर्ने विषयमा सहकार्य गर्ने सहमति युएसएस अब्राहम लिङ्कन थाइल्यान्डतर्फ तिब्बतबाट आएको भीषण बाढीले रसुवा, नुवाकोट र धादिङमा अपूरणीय क्षति, उद्धार र राहतमा जुट्न राजनीतिक… रसुवामा बाढीपछि ११४ जनाको हवाई उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्साफ नपाई बेईजति खेपेर मारिनुभन्दा आफैँ मर्नु बेश : भीमसेन थापा



अ+ अ-

आज साउन ८ गते भीमसेन थापा (बि.सं. १८३२–१८९६) ले आत्महत्याका लागि बन्दी अवस्थामै सेरिएको दिन । वर्ष फरक भए पनि नेपालका तीन महान हस्तीहरू बीपी, पुष्पलाल र भीमसेन, क्रमशः साउन ६, ७ र ८ गते महाप्रस्थान गरेको समय सन्दर्भ ।

मुख्तियार (प्राइमिनिस्टर) भीमसेन थापा…..बि.सं. १८६० देखि नेपालको शासनमा हर्ताकर्ता भएर बि.सं. १८६३ मा सबै अरिअनिष्ट पन्छाएर आफैं सर्वेसर्वा बनेर शासन चलाउँदै आएका थिए । १८७१–७२ को अँग्रेजसँगको युद्धमा हार खाएपछि उनको पतन हुने निश्चय थियो…। सत्तामा आफ्नो पकड बलियो बनाउने भोक बोकेका भीमसेनले बि.सं.१८९२ मा सेनाको कमान्डर इन–चिफ पनि आफैं बने । यिनका पालामा भएको शासकीय अत्याचारको कथा बेग्लै छ । तर दरबारमा राजारानीले यिनीमाथि विश्वास गर्न छोडिसकेका थिए । यस्तैमा १८९४ साउन ११ गते राजा राजेन्द्र बिक्रमका जेठी रानीपट्टिका ६ महिनाका कान्छा छोरा देवेन्द्रबिक्रमको कालगतिले भएको मृत्युलाई भीमसेन थापाले विष खुवाएर मारेको फत्तुर उनीमाथि लाग्यो । यसैलाई निहुँ बनाएर उनलाई शासन सत्ताबाट च्यूत गराइयो ।

भीमसेन काठमाडौँको लामो बसाई छोडेर आफ्नो पुख्र्यौली गाउँ गोरखाको बोर्लाङ्गमा गएर बसेका थिए ।….१८९६ बैशाखमा उनलाई फेरि काठमाडौँ झिकाइयो । तर यसपटक पुरानो विष मुद्दा बल्झाइयो । कीर्ते कागज खडा गरी उनलाई ज्यानमारा करार गरियो र बन्दी बनाइयो । राजाबाट न्याय नपाउने भएपछि भीमसेनले उपरोक्त अभिव्यक्ति दिएको इतिहासकार ज्ञानमणि नेपालको पुस्तकमा पाइन्छ ।

१८९६ साउन ८ गते राती अँध्यारो छिंडी कोठामा खुकुरीले आफैंले आफ्नो घाँटी सेरे ।….उनले पूरा गला रेट्न सकेनन् र अलिकति काटेर लडे, रगतको धारो लाग्यो । यसरी ढलेका भीमसेन थापा पीप रगत फोहोरमा मुछिएर घ्यारघ्यार गरी ९ दिनसम्म बचेर कन्तविजोगसँग प्राणमुक्त भए ।

राजा रानीसमेत सबै आएर उनको लास हेरे, तर दाहसंस्कार गर्न अनुमति दिइएन । डोरीले बाँधेर टुँडिखेलबाट घिसार्दै लगेर विष्णुमतिपारी पु¥याएर फाल्न लाइयो, दाहसंस्कार होला भनेर पालेपहरा राखेर नकुहुन्जेल रुङ्न लाइयो । हाडखोडचाहिँ यत्रतत्र लागे, अर्थात खप्पर (ब्रिटिश) रेजिडेन्टद्वारा बेलायत पुर्याइयो र दाँत र हातका हाडचाहिँ चौतारिया फत्यजंगको घरमा राखियो….।

उनका जेठी र माइली मुखिनीलाई बोर्लाङ् देखि नांंगो पयर हिँडाएर ल्याएर प्यादा लगाई हेलम्बुमा निर्वासित गरियो भने कान्छी मुखिनी र धर्मपुत्र शेरजंग थापालाई सास्तीसाथ कैदमा राखियो ।
(ज्ञानमणि नेपालद्वारा लिखित इतिहासको पुस्तक ‘नेपालको महाभारत’ को पृ. १०३ र १११ का आधारमा)

यो जानकारीमूलक सामग्री चन्द्रमणी गौतमले तयार पार्नु भएको हो ।