४ असार २०८३, बिहीबार
,
Latest
राप्रपाको महाधिवेशन मंसिर २६–२८ मा, कार्यतालिका पारित सहकारी क्षेत्रमा कडाई बढ्यो, देशभरका संस्थाको विवरण अद्यावधिक गर्न मन्त्रालयको निर्देशन सडक दुर्घटना न्यूनीकरणका लागि विशेष योजना आवश्यकः मुख्यमन्त्री आचार्य अदालतले तोकेका समयसीमाभित्र फैसला कार्यान्वयन हुन्छ : मन्त्री गौतम बैंक तथा वित्तीय संस्थाका उच्च व्यवस्थापन नियुक्ति गर्दा विस्तृत विवरण अनिवार्य काठमाडौं महानगरको आगामी आवको बजेट २५ अर्ब ८८ करोड, पूर्वाधार विकासलाई उच्च प्राथमिकता (पूर्णपाठ) औद्योगिक क्षेत्रको महसुल विवाद निरुपण नहुँदासम्म विद्युत् लाइन नकाट्न उद्योग परिसङ्घकाे आग्रह शक्तिशाली बोर्डको अवधारणासहित किसानमैत्री नीति ल्याइनेः मन्त्री चौधरी श्रम मन्त्रालय र श्रम कार्यालयद्वारा फ्रन्टलाइन हस्पिटलको अनुगमन: एक हप्ताभित्र सामाजिक सुरक्षा कोषमा अनिवार्य आबद्ध… कृष्णबहादुर महरा सक्रिय राजनीतिबाट अलग
तपाईं के खोज्दै हुनुहुन्छ ?

घुमफिरमै व्यस्त मेस्सी र रोनाल्डो !



अ+ अ-

काठमाडौं । कोपा अमेरिका कपको सेमिफाइनलबाट अर्जेन्टिना बाहिरिएपछि मेस्सी निकै तनाबमा थिए । विस्तारै सम्हालिएका मेस्सीले अहिले अधिकांश समय परिवारलाई दिईरहेका छन् । प्रिसिजन अघि छुट्टी मनाउन बसेका मेस्सीले समुन्द्रमा श्रीमती र छोराहरुसँग रमाई रहेको ‘हट’ तस्बिर सार्वजनिक समेत गरेका छन् ।

तस्बिरमा उनी छोराहरू थिएगो, सिरो र मातेओ र श्रीमती एन्तोनिलालाई राखेर जिप चलाइरहेका देखिन्छन्। बार्सिलोनाका अधिकांश खेलाडी टिममा फर्केर अभ्यासमा जुटे पनि मेस्सी भने बिदामा रहेका हुन्।

मेस्सी प्रिसिजनको तयारीका लागि टोलीमा कहिले आबद्ध हुन्छन् भन्ने टुंगो लागेको छैन । उनले बार्सिलोनाको प्रिसिजनका केही अभ्यास खेल गुमाउने बताईएको छ । मेस्सीले प्रिसिजनका दुई वा तीन खेल मात्र खेल्ने बताईएको छ ।

बर्सिलोनाले जुलाई २३ तारिखदेखि प्रिसिजनको अभ्यास खेल सुरु गरेको छ । बार्सिलोनाले जापान भ्रमणबाट प्रिसिजनको तयारी गरेको हो । जापानमा बार्सिलोनाले पहिलो खेल इङ्लिस क्लब चेल्सीसँग खेलेको छ । उसले पहिलो खेलमा नै २–० को हार बेहोरेको छ । हिजो भएको खेलमा प्रिमियर लिग क्लब चेल्सीसँग बार्सिलोना २–१ गोलले पराजित भएको हो । चेल्सीको जितमा टम्ये अब्राहम र रोस बेर्कलीले समान एक एक गोल गरेका थिए । यता बार्सिलोनाको लागि एक मात्रै गोल इभान रकिटिचले गरे ।

आफ्ना मुख्य खेलाडी लुइस स्वारेज र फिलिपे कौन्टिन्हो बिनै मैदान उत्रिएको बार्सिलोनाले खेलको ३४ औं मिनेट मै गोल खाएको थियो । बार्सिलोनाका डिफेन्डर र गोलकिप्पर बिट हुँदा चेल्सीका टम्ये अब्राहमले बललाई गोल पोष्टको दिशा दिदै १–० को अग्रता दिलाएका थिए ।

पहिलो हाफसम्म बराबरी खेलेको बार्सिलोनाले दोस्रो हाफमा थप एक गोल खायो । खेलको ८१ औं मिनेटमा रोस बेर्कलीले चेल्सीको लागि गोल गर्दै अग्रता २–० बनाए । खेलको ९० औं मिनेटमा रकिटिकले गोल गर्ने मौका गुमाएका थिए । त्यसको एक मिनेट पछि नै उनले डि बक्स बाहिरबाट गोल गर्दै खेल २–१ को अन्तरमा झारे । त्यसपछि बाँकी समयमा कुनै गोल नहँुदा चेल्सीले २–१ गोलको जित हात पार्यो ।

यता मेस्सी अगस्ट ४ तारिख आर्सनलविरुद्धको खेलमा उपस्थित हुने बार्सिलोनाले जनाएको छ । बार्सिलोनाले अगस्ट ७ र १० मा नापोलीसँग पनि दुई खेल खेल्दैछ । स्पेनिस ला लिगामा भने बार्सिलोनाले अगस्ट १६ तारिखमा एथ्लेटिक बिल्बाओसँग खेल्दै सन् २०१९–२०२० सिजनको सुरुवात गर्नेछ ।

युरोपेली फुटबलमा मेसीका प्रतिद्वन्द्वी मानिने पोर्चुगाली स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले पनि नयाँ सिजनको प्रशिक्षणसँगै परिवारलाई समय दिएका छन्। इटालियन च्याम्पियन क्लब युभेन्टसबाट खेल्दै आएका उनले क्लबको प्रिसिजन अभ्यासमा व्यस्त रहँदा पनि छोराछोरी र प्रेमिकासहित रुफ–टप डिनर गरेका हुन्।

स्पेनिस क्लब रियल मड्रिड छाडेर युभेन्टस गएका रोनाल्डोको गत सिजनमा प्रदर्शन सामान्य रह्यो। उनले क्लबका लागि जम्मा ३१ खेल खेले र त्यसमा २१ गोल गरे। खेल जीवनकै उत्तराद्र्धमा आइपुगेका ३४ वर्षे रोनाल्डोले अबको सिजनमा राम्रो प्रदर्शनको तयारी गरेका छन्।




भर्खरै