२० भाद्र २०८३, शनिबार
,
Latest
ताप्लेजुङ गोल्डकपको उपाधि सलहेशलाई बाढीपीडितका देशका विभिन्न क्षेत्रमा सहयोग जुट्दै आज भाद्र कृष्ण नवमी : श्रीकृष्ण रथयात्रा एवं शोभा यात्रा गरिँदै अठार महिनामा सक्नुपर्ने आयुर्वेद भवन पाँच वर्षमा पनि अलपत्रै खेतीयोग्य जमिनमा रुद्राक्ष खेती, आम्दानीको नयाँ बाटो खाद्य सुरक्षा, स्वच्छता र उपभोक्ता अधिकारलाई ध्यान दिन प्रशासनको आग्रह धनकुटा जिल्ला अस्पतालमा रक्तसञ्चार सेवा सुरु दिदीबहिनीलाई तीजको उपहार किनेर राखे, तर गोविन्दले दिन पाएनन् भोटेकोशी बाढी : राहत जुटाउँदै चितवनका स्थानीय पालिका उपत्यका बाहिर ‘बोटलिङ’ गरी खानापकाउने ‘एलपि ग्यास’ ढुवानी गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

युएईमा एक वर्षमा ९८ जनाको मृत्यु



अ+ अ-

युएई । युएईमा गएको आर्थिक वर्ष ०७५/०७६ मा ९८ जनाको मृत्यु भएको छ ।

आबुधाबीस्थित नेपाली दूतावासले सार्वजनिक गरेको बिबरण अनुसार मृत्यु हुनेहरूमा ५ जना महिला र ९३ जना पुरुष रहेका छन् । यो संख्या पछिल्लो ६ वर्ष यताकै धेरै हो ।

मृत्यु हुनेमा सबैभन्दा धेरै प्राकृतिक कारण ४८ जना पुरुष छन । गएको आर्थिक वर्षमा २१ पुरुष र २ जना महिलाले आत्महत्या गरेका छन् । त्यस्तै बिभिन्न दुर्घटनामा परेर २ जना महिलासहित २१ पुरुषको मृत्यु भएको छ ।

गत आर्थिक वर्षमा १ जना महिलासहित ३ जना पुरुषको हत्या भएको छ । हत्या बिषय जटिल र गम्भीर भएकाले थप अनुसन्धानका क्रममा रहेको दूतावासकी द्धितीय सचिव तथा सूचना अधिकारी बिष्णुकुमारी अधिकारीले बताइन ।