८ पुष २०८२, मंगलवार
,
Latest
पाँच महिनामा वीरगञ्ज नाका हुँदै तीन खर्ब ५९ अर्बका सामान भित्रियो निर्माण व्यवसायी महासंघको नयाँ नेतृत्वको लागि निर्वाचन हुँदै जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्: रविलक्ष्मी चित्रकार बाढीपीडित परिवारका न ओढ्ने कपडा न त बास पोखरा महानगरले मुख्य सडक क्षेत्रवरपरका ‘वर्कसप’ हटाउँदै बाढीले क्षति पुर्याएको तीनतले झरनालाई पुरानै लयमा फर्काइँदै तीन महिनामा रु एक करोड राजस्व सङ्कलन, ४३४ गुनासा फछ्र्यौट दरवाङ–मुना–ढोरपाटन सडकः धारापानी–झिनडाँडा खण्ड अन्तिम चरणमा दिक्तेलको भानुचोकस्थित राष्ट्रिय विभूतिको सालिक पुनर्निर्माण सुरु राम्चेडाँडालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

युएईमा एक वर्षमा ९८ जनाको मृत्यु



अ+ अ-

युएई । युएईमा गएको आर्थिक वर्ष ०७५/०७६ मा ९८ जनाको मृत्यु भएको छ ।

आबुधाबीस्थित नेपाली दूतावासले सार्वजनिक गरेको बिबरण अनुसार मृत्यु हुनेहरूमा ५ जना महिला र ९३ जना पुरुष रहेका छन् । यो संख्या पछिल्लो ६ वर्ष यताकै धेरै हो ।

मृत्यु हुनेमा सबैभन्दा धेरै प्राकृतिक कारण ४८ जना पुरुष छन । गएको आर्थिक वर्षमा २१ पुरुष र २ जना महिलाले आत्महत्या गरेका छन् । त्यस्तै बिभिन्न दुर्घटनामा परेर २ जना महिलासहित २१ पुरुषको मृत्यु भएको छ ।

गत आर्थिक वर्षमा १ जना महिलासहित ३ जना पुरुषको हत्या भएको छ । हत्या बिषय जटिल र गम्भीर भएकाले थप अनुसन्धानका क्रममा रहेको दूतावासकी द्धितीय सचिव तथा सूचना अधिकारी बिष्णुकुमारी अधिकारीले बताइन ।