८ पुष २०८२, मंगलवार
,
Latest
पाँच महिनामा वीरगञ्ज नाका हुँदै तीन खर्ब ५९ अर्बका सामान भित्रियो निर्माण व्यवसायी महासंघको नयाँ नेतृत्वको लागि निर्वाचन हुँदै जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्: रविलक्ष्मी चित्रकार बाढीपीडित परिवारका न ओढ्ने कपडा न त बास पोखरा महानगरले मुख्य सडक क्षेत्रवरपरका ‘वर्कसप’ हटाउँदै बाढीले क्षति पुर्याएको तीनतले झरनालाई पुरानै लयमा फर्काइँदै तीन महिनामा रु एक करोड राजस्व सङ्कलन, ४३४ गुनासा फछ्र्यौट दरवाङ–मुना–ढोरपाटन सडकः धारापानी–झिनडाँडा खण्ड अन्तिम चरणमा दिक्तेलको भानुचोकस्थित राष्ट्रिय विभूतिको सालिक पुनर्निर्माण सुरु राम्चेडाँडालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

संरक्षणमा नेपालबाट सिक्न चाहन्छौंः चीन



अ+ अ-

काठमाण्डौं, ८ साउन– नेपाल र उत्तर छिमेकी चीनबीच आगामी दिनमा वन तथा वातावरण संरक्षण र पर्यावरणीय सन्तुलन कायम गर्नेबारेमा भइरहेका प्रयासबारे अनुभव आदान–प्रदान गर्ने काम भएको छ । यस्तै दुई मुलुकबीच वन, वातावरण, वन्यजन्तु तथा समग्र जैविक विविधताको व्यवस्थापनका साथै वातावरण र जलवायु परिवर्तनका क्षेत्रमा सहकार्य गर्ने विषयमा छलफल समेत भएको छ । चिनियाँ अधिकारीहरुले नेपालले संरक्षण क्षेत्रमा जनसहभागितामा आधारित नमुना कार्यक्रमहरु सञ्चालन गरिरहेकामा प्रशंसा गर्दै आफूहरु त्यसबाट सिक्न इच्चुक रहेको बताएका छन् ।

नेपाल भ्रमणमा रहेको चिनियाँ जनकाँग्रेस (संसद) को चिनियाँ जनकाँग्रेसको वातावरण तथास्रोत संरक्षण समितिका अध्यक्ष काओ हुछङ नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डलले बुधबार वन तवा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतसँग भेटेर नेपालको अनुभवबाट आफूहरु सिक्न इच्छुक रहेको बताएको हो । टोली नेता हुछङले आफूहरु संरक्षणक्षेत्र र राष्ट्रिय पार्कसम्बन्धी नयाँ कानूनको मस्यौदा ड्राफ्ट गर्ने प्रक्रियामा रहेको र त्यसैका लागि अनुभवबारे बुझ्न नेपाल आएको बताउनुभयो । ‘वन, वातावरण, वन्यजन्तु संरक्षण र पर्यायवरणको क्षेत्रमा नेपाललले धेरै राम्रो काम गरेको छ’, हुछेङले भन्नुभयो, ‘हामी तपाईंहरुको अनुभवबाट सिक्न आएका हौं, हाम्रो देशमा कानून बनाउँदा तपाईंहरुले गरिरहेको अभ्यासलाई समेट्ने योजनामा छौं ।’ चीन नेपालभन्दा भूगोलका आधारमा ठूलो भए पनि दुई देशबीच सदैव समानता, सह–अस्तित्व र भातृत्वमा आधारित सम्बन्ध रहेको चर्चा गर्दै उहाँले वातावरण संरक्षण र लजवायु परिवर्तनका क्षेत्रमा समेत नयाँ सहकार्यको जरुरी देखिएको औंल्याउनुभयो । चिनियाँ कम्युनिष्ट पार्टीको १८ औं महाधिवेशनमा राष्ट्रपति सी जिनफिङले पर्यायवरण विचारधारा प्रस्ताव गरेको र त्यसले चीनमा मात्र नभई संसारभरि कसरी पर्यावरणीय सन्तुलन कायम राख्ने भन्ने दिशानिर्देश गरेको उल्लेख गर्नुभयो ।

वन तथा वातावरणमन्त्री बस्नेतले नेपालको वन तथा वातावरण, संरक्षण क्षेत्र, निकुञ्ज र आरक्षका छुट्टाछुट्टै कानूनी व्यवस्था र नियमावलीहरुका व्यवस्थाबारे चिनियाँ टोलीलाई अवगत गराउनुभयो । उहाँले राष्ट्रिय निकुञ्जहरुबाट भएको आम्दानीको ५० प्रतिशत हिस्सा मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने स्थानीयका लागि खर्च गर्ने गरिएको जानकारी दिँदै त्यसले संरक्षणमा स्थानीयको सहभागिता र स्वामित्व सुनिश्चित गरेको बताउनुभयो । मन्त्री बस्नेतले पृथ्वीको सुरक्षा र प्राणी जगतको हित विश्वको अनिवार्य दायित्व भएकाले त्यसमा नेपाल–चीन सहार्य जरुरी रहेकामा जोड दिनुभयो । राजनीति, कूटनीति, अर्थनीति तथा पर्यावरणलाई एकाकार गर्नुपर्ने उहाँको भनाइ थियो । नेपाल ‘समृद्ध नेपाल, सुखी नेपाली’ नाराका साथ विकासको अभियानमा जुटेको भन्दै मन्त्री बस्नेतले त्यसमा सहयोग गर्न चीनलाई आग्रह गर्नुभयो । ‘हामी समृद्ध नेपाल, सुखी नेपाली अभियानमा छौं’, बस्नेतले भन्नुभयो, ‘यसमा राष्ट्रिय सीमाभन्दा बाहिरको सहयोग र सहकार्य जरुरी छ, हामी चीनसँग सहकार्य गर्न चाहन्छौं ।’

मन्त्री बस्नेतले हरित ग्याँस उत्सर्जनमा नेपालको भूमिका नगण्य अर्थात ०.०२७ प्रतिशत रहेको भए पनि त्यसबाट अतिप्रभावितको सूचीमा रहनु दुःखद विषय भएको उल्लेख गर्नुभयो । ससंघीय संसदका महासचिव मनोहरप्रसाद भट्टराईको निमन्त्रणामा नेपाल आएको चिनियाँ जनकँग्रेस टोलीले यसअघि सभामुख कृणबहादुर महरासँग शिष्टाचार भेट गरेको थियो ।