८ पुष २०८२, मंगलवार
,
Latest
एमाले उपमहासचिव भट्टराईद्वारा सचिवालय बैठक बोलाउन माग प्रधानमन्त्री कार्कीलाई काँग्रेसको जवाफः तपाईंकै जेठो छोराले निर्वाचन हुन दिन्न भनेपछि हाम्रो के लाग्छ फागुन २१ मा निर्वाचन गर्नुको विकल्प छैनः सञ्चारमन्त्री खरेल महान्यायाधिवक्ता कार्यालयले न्याय प्रणालीलाई प्रभावकारी बनाउँदै लगेको छ: प्रधानन्यायाधीश पालिकास्तरीय चित्रकला कार्यशाला सम्पन्न दुई नाबालकसहित ११ कैदीबन्दी पक्राउ व्यास नगरपालिकामा फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी डलरको भाउ बढ्दा तिर्न बाँकी ऋणको दायित्व चुलियो पोखरेबगर–घोडेपानी सडक स्तरोन्नति सुरु सुनको मूल्यमा भारी वृद्धि
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढीपहिरो पिडितलाई हेर्न हेलिकप्टरमा जाँदैमा जनताको दुःख कम हुँदैन: देउवा



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशमा बाढी पहिरोले भयावह अवस्था आउँदा पनि सरकार थाहा नभए जस्तै गरी बसेको आरोप लगाएका छन् ।

संसदमा कांग्रेस-राजपाले दर्ता गरेको जरुरी सार्वजनिक महत्त्वको विषयमा आफ्ने धारणा राख्दै ‘पीडितको टहरामा बास छ। खद्यन्न छैन। लत्ताकपडा छैन। सरकारको पहिलो दायित्व नै खाद्यन्न, लत्ताकपडा पुर्‍याउनु हो’, उनले भने, ‘यस्तो भयावह अवस्था छ। तर त्यहाँ स्थानीय सरकार पनि पुगेको छैन। जनतालाई दुःख परेको बेला सरकार प्रमुख नै त्यहाँ पुगेर जनताको सेवा गर्नुपर्ने हैन र !’

हेलिकप्टरमा जाँदैमा जनताको दुःख कम नहुने उनको भनाइ छ। ‘सरकारी टोली पठाएर वा के गरेर हुन्छ। त्यहाँको वास्तविक कुरा ल्याउनुपर्छ’, उनले भने, ‘सरकारले छिटो गरेन भने हामी अरू कदम पनि उठाउछौँ।’

उनले तराईमा भएको डुबानको समस्या समाधान गर्न भारतसँग कुटनीतिक पहल गर्न सरकारसँग आग्रह समिेत गरेका छन्। भारतसँग कुरा गरेर डुबानको स्थायी समाधान खोज्न उनले आग्रह गरेका हुन्।

‘अब भारत सरकारसँग कूटनीतिक तबरले कुरा गर्नुपर्ने बेला आएको छ’, उनले भने, ‘एकले अर्कालाई गाली गरेर मात्रै केही हुँदैन। दुवै पक्षले छलफल गरेर दीर्घकालीन समस्याको समाधान खोज्नुपर्छ।’ यो विषयमा सरकारले चासो नदेखाएको देउवाको आरोप छ।