काठमाडौं । बाणिज्य बैंकहरुले आफ्नो चुक्ता पुँजीको २५ प्रतिशत ऋणपत्र निष्काशन गर्नैपर्ने भएको छ ।
नेपाल राष्ट्र बैंकले चालु वर्षको मौद्रिक नीति मार्फत सो व्यवस्थ गरेको हो । बैंकहरुले २०७७ असार मसान्त भित्र अणपत्र प्रवाह गर्नै पर्नेछ । यस्तो ऋणपत्रको शतप्रतिश पैसा कर्जामा प्रवाह गर्न सकिने छ ।
यसले बजारमा तरलता सहज हुने केन्द्रिय बैंकको विश्वास छ । यस्तै बैंकमा सुनचाँदी राख्दा ब्याज पाइने व्यवस्था गर्ने भएको छ ।
गर्भनर डा. नेपालले सो व्यवस्था कार्यान्वयनमा लैजाने बताए ।सरकारले सुनलाई निक्षेपको रुपमा राखेर बजारमा तरलता प्रवाह गर्न खोजेको हो ।
यता बीमा पोलिसी बेच्न समेत रोक लगाउने भएको छ । बैंकहरुले हाल संस्थागत अभिकर्ताको लाईसेन्स लिएर बैंकहरुले बीमा पोलिसी बेच्दै आएका छन् । बैंकासुरेन्स भन्दै विभिन्न बैंकहरुले बीमा कम्पनीसँग सहकार्य गर्दै आएका छन् । अब यसमा रोक लाग्ने भएको छ ।
यसैगरी लघुवित्तमा क्रस होल्डिङलाई आधार मान्दै राष्ट्र बैंकले मर्जरको नीति लिने भएको छ । लघुवित्तहरुले २५ प्रतिशत लगानी अब कृषी क्षत्रेमा गर्नुपर्ने भएको छ ।