८ आश्विन २०८१, मंगलवार
,
Latest
आइएमई गरेकी भाग्यशाली सेवाग्राही: प्रमीला रोकायाले जितिन् नगद १ करोड डेङ्गीको प्रकोप: लामखुट्टेको बासस्थान नियन्त्रणका कार्यक्रम संञ्चालन गर्दे महानगर मलाई पक्राउ गर्न दशैं कुर्नु पर्दैन,आधार प्रमाणले यी चिजहरु देखियो भन्नुस, मेरो झोला रेडी छ:… यसपटकको चाडपर्वमा १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान पदक विजेता भलिबल खेलाडी नगदसहित सम्मानित कुलोमा डुबेर एक बालिकाको मृत्यु भारतीय ट्रकमा आगजनी गर्ने दुई जना पक्राउ शनिबारदेखि चाडपर्व लक्षित अग्रिम टिकट बुकिङ खुला हुने महिला साफको बन्द प्रशिक्षणका लागि एन्फाले बोलायो ४० खेलाडी दलित गाउँका पहिलो शिक्षक
तपाईं के खोज्दै हुनुहुन्छ ?

अविरल वर्षासँगै विपत्तिबाट जोगिन उच्च सतर्कता



अ+ अ-

काठमाडौं । अविरल वर्षाले देशभर व्यापकरूपमा धनजनको क्षति पुर्याइरहेको बेला बाढीपहिरोबाट उच्च जोखिममा रहेको बाह्रविसे नगरपालिकाले आफ्ना सबै निकायलाई उच्च सतर्कतामा राखेको छ । भोटेकोशी बाढीबाट वर्षैपिच्छे जनधनको क्षति व्यहोर्दै आएको नगरपालिकाले विपद् व्यवस्थापनको बैठक बसेर सबै सामग्रीसहित आफ्ना सबै निकायलाई उच्च सतर्कतामा राखेको हो ।

नगरपालिकाको विपद् व्यवस्थापन समितिको बैठकले सकेसम्म विपद्बाट जोगिन र विपद् भइहालेमा तत्काल उद्धार र राहतका लागि नगरपालिकाभित्र सबै निकायलाई सामग्रीसहित तयारी हालतमा राखिएको नगरपालिकाका प्रमुख निमफुञ्जो शेर्पाले जानकारी दिए ।

बाढीपहिरोबाट राजमार्ग र सहायकमार्गमा हुनसक्ने यातयात अवरोधलाई सहज बनाउनका लागि मध्यभोटेकोशी जलविद्युत् आयोजना, डिभिजन सडक कार्यालयलगायतका सरकारी निकायसँग समन्वय गरेर सबै सामग्री तयारी अवस्थामा राखिएको प्रमुख शेर्पाले जानकारी दिए ।

आपत्कालीन अवस्थाका लागि दुई थान एम्बुलेन्स, तीन स्काभेटर, एक लोडर, एक जेसिभी, तीन टिपरलगायतका साधन तयारी अवस्थामा राखिएको प्रमुख शेर्पाले बताए । नगरभित्र कतै समस्या परेमा तत्कालै यी सामग्री लिएर उद्धार गरिने शेर्पाले जानकारी दिए । नगरपालिकाले औषधि, त्रिपाल, खाद्यान्न, लत्ताकपडालगायतका सबै सामग्री खरीद गरेर तयारी अवस्थामा राखेको छ ।

राजमार्गलगायत सहायकमार्गमा पहिरोले सडक अवरुद्ध हुँदासमेत नगरपालिकाले तत्कालै खुलाउन टोली तयारी हालतमा राखेको साथै स्वास्थ्य, शिक्षा, प्रहरी, सशस्त्र प्रहरीलगायत सबै निकायसँग समन्वय गरेर नगरवासीलाई दैवी विपत्तिबाट जोगाउनका लागि लागिरहेको प्रमुख शेर्पाले बताए ।