४ असार २०८३, बिहीबार
,
Latest
राप्रपाको महाधिवेशन मंसिर २६–२८ मा, कार्यतालिका पारित सहकारी क्षेत्रमा कडाई बढ्यो, देशभरका संस्थाको विवरण अद्यावधिक गर्न मन्त्रालयको निर्देशन सडक दुर्घटना न्यूनीकरणका लागि विशेष योजना आवश्यकः मुख्यमन्त्री आचार्य अदालतले तोकेका समयसीमाभित्र फैसला कार्यान्वयन हुन्छ : मन्त्री गौतम बैंक तथा वित्तीय संस्थाका उच्च व्यवस्थापन नियुक्ति गर्दा विस्तृत विवरण अनिवार्य काठमाडौं महानगरको आगामी आवको बजेट २५ अर्ब ८८ करोड, पूर्वाधार विकासलाई उच्च प्राथमिकता (पूर्णपाठ) औद्योगिक क्षेत्रको महसुल विवाद निरुपण नहुँदासम्म विद्युत् लाइन नकाट्न उद्योग परिसङ्घकाे आग्रह शक्तिशाली बोर्डको अवधारणासहित किसानमैत्री नीति ल्याइनेः मन्त्री चौधरी श्रम मन्त्रालय र श्रम कार्यालयद्वारा फ्रन्टलाइन हस्पिटलको अनुगमन: एक हप्ताभित्र सामाजिक सुरक्षा कोषमा अनिवार्य आबद्ध… कृष्णबहादुर महरा सक्रिय राजनीतिबाट अलग
तपाईं के खोज्दै हुनुहुन्छ ?

ग्रिजम्यानको दर्ता रोक्न एट्लेटिकोद्वारा माग, बार्सिलोनाबाट खेल्न नपाउने !



अ+ अ-

काठमाडौं । एथ्लेटिको मड्रिडले आफ्ना पूर्वखेलाडी एन्टोनी ग्रिजम्यानको दर्ता रोक्न माग गरेको छ ।

एथ्लेटिको मड्रिडले बार्सिलोनामा ग्रिजम्यानको दर्ता रोक्का गर्न माग गर्दै निवेदन दिएको ला लिगाका अध्यक्ष जाभियर टेबसले भनेका छन् ।

‘एट्लेटिकोले हामीलाई पत्र लेख्दै बार्सिलोनामा ग्रिजम्यानको लाईसेन्सलाई अनुमती दिने वा नदिने हो भनेर सोधेको छ ।’ उनले भनेका छन् । ‘यसलाई प्रक्रियामा राखिएको छ । जसले यसलाई हेरिरहेका छन् । उनीहरु यसलाई समाधान गर्ने उद्वेश्यले आउन आवश्यक छ ।’ उनले थपेका छन् ।एट्लेटिकाले सो प्रक्रिया अघि बढाउन सम्भव रहेको समेत बताएको टेबसले उल्लेख गरेका छन् ।

खेलाडी रिलिज क्लजको बिषयमा भएको विवादका कारण एट्लेटिकाले ग्रिजम्यानको दर्ता रोक्न आग्रह गरेको हो । बार्सिलोनाले गत हप्ता विश्वकप विजेता खेलाडीलाई अनुबन्धन गरेको बताएको थियो । उसले २८ बर्षिया खेलाडीलाई १ सय ८ मिलियनको रिलिज क्लाज अनुसार अनुबन्धन गरेको थियो ।

तर एथ्लेटिकोले भने १ सय ८० मिलियन पाउण्डको रिलिज क्लज १ सय ८ मिलियन पाउण्डमा घटाएको भन्दै दर्ता रोक्न माग गरेको हो । जुलाई एकअघि नै बार्सिलोनासँग सहमति भएको कारण अहिले दिएको रकम अपुग भएको एथ्लेटिको दाबी छ ।

ग्रिजम्यानले गत मंगलबार बार्सिलोनाको जर्सीमा डेब्यु गरेका थिए । ग्रिजम्यानको डेब्यु खेलमा बार्सिलोना प्रिमियर लिग क्लब चेल्सीसँग २–१ गोलले हारेको थियो ।

एट्लेटिकोले सन् २०१७ को डिसेम्बरमा बार्सिलोनाले ग्रिजम्यानका लागि गरेको अवैध प्रस्तावको बिषयमा फिफामा उजुरी समेत दिएको थियो । तर पछिल्लो समरमा ग्रिजम्यानले बार्सिलोनाको प्रस्ताव अस्विकार गरेका थिए । तर एट्लेटिकाले बार्साले पुन मार्चमा उनीसंग कुरा गरेको दाबी गर्दै स्पेनिस च्याम्पियनले अनादार गरेको आरोप लगाएको छ ।




भर्खरै