२० भाद्र २०८३, शनिबार
,
Latest
ताप्लेजुङ गोल्डकपको उपाधि सलहेशलाई बाढीपीडितका देशका विभिन्न क्षेत्रमा सहयोग जुट्दै आज भाद्र कृष्ण नवमी : श्रीकृष्ण रथयात्रा एवं शोभा यात्रा गरिँदै अठार महिनामा सक्नुपर्ने आयुर्वेद भवन पाँच वर्षमा पनि अलपत्रै खेतीयोग्य जमिनमा रुद्राक्ष खेती, आम्दानीको नयाँ बाटो खाद्य सुरक्षा, स्वच्छता र उपभोक्ता अधिकारलाई ध्यान दिन प्रशासनको आग्रह धनकुटा जिल्ला अस्पतालमा रक्तसञ्चार सेवा सुरु दिदीबहिनीलाई तीजको उपहार किनेर राखे, तर गोविन्दले दिन पाएनन् भोटेकोशी बाढी : राहत जुटाउँदै चितवनका स्थानीय पालिका उपत्यका बाहिर ‘बोटलिङ’ गरी खानापकाउने ‘एलपि ग्यास’ ढुवानी गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेस्सीलाई एक खेल प्रतिबन्ध र १५ सय अमेरिकी डलर जरिवानाको कारबाही



अ+ अ-

काठमाडौं । दक्षिण अमेरिकी फुटबल महासंघ (कन्मेबल) ले कोपा अमेरिका कपमा रेफ्रीको निर्णयको विरोध गरेको भन्दै अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीलाई एक खेल प्रतिबन्ध र १५ सय अमेरिकी डलर जरिवानाको कारबाही गरिएको छ ।

मेसीले तेस्रो स्थानका लागि भएको चिलीविरुद्धको खेलमा रातो कार्ड समेत पाएकाले सो बापत एक खेलमा स्वतः प्रतिबन्ध समेत लागेको छ ।रातो कार्ड पाएर मैदान छोडेका मेसीले मेडल वितरण कार्यक्रम समेत बहिष्कार गरेका थिए ।

कोपाको सेमिफाइनलमा अर्जेन्टिना आयोजक ब्राजिलसँग पराजित भएको थियो । त्यस खेलमा रेफ्रीले ब्राजिलको समर्थन गरेको भन्दै मेसीले आक्रोश पोखेका थिए । मेसीले यस्तो अनियमितता हुने प्रतियोगितामा आफु सहभागी नहुने समेत बताएका थिए ।

मेसीको सो कमेन्टपछि कोपा फेडेरेसनले आपत्ति जनाउदै मेसीको भनाई अपमानजनक भएको बताएको थियो ।

यस कारबाहीसँगै मेस्सीले २०२० को मार्चमा अर्जेन्टिनाले खेल्ने फिफा विश्वकप २०२२ को छनोट चरणको पहिलो खेल गुमाउने छन् । कोपाबाट बाहिरिएपछि केही निराश बनेका मेस्सी अहिले परिवारसँग रमिरहेका छन् ।