४ असार २०८३, बिहीबार
,
Latest
सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारीः तेस्रो दिन सुवास शिर्ष स्थानमा विचारको बहसलाई बन्ध्याकरण गर्ने होईन, प्रोत्साहन गर्नुपर्छ: उपाध्यक्ष पौडेल प्रतिनिधिसभाबाट ‘विनियोजन विधेयक, २०८३’ पारित देशभरका संस्थाको विवरण अद्यावधिक गर्न निर्देशन अर्थतन्त्रको औपचारिकीकरण र संरचनात्मक सुधारमा सरकारको जोडः अर्थमन्त्री डा. वाग्ले विपद् व्यवस्थापनसम्बन्धी सन्देशसहित कार्टुन प्रदर्शनी प्रतिनिधिसभाः राष्ट्रिय गौरवका आयोजना समयमा सम्पन्न गर्न उच्च प्राथमिकता दिइएको छः अर्थमन्त्री प्रतिनिधिसभाः सुकुमवासी बस्ती हटाउन सेना प्रयोग भएको थिएनः अर्थमन्त्री प्रतिनिधिसभाः सम्पत्ति छानबिन आयोगबाट अख्तियारको काममा हस्तक्षेप हुँदैनः अर्थमन्त्री प्रि–मनसुनमा ४५ वर्षयताकै बढी वर्षा
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतको जनसंख्या एक अर्ब ६६ करोड, गरिब मुलुकमा जनसंख्या वृद्धि तिब्र



अ+ अ-

काठमाडौं । विश्वको सबैभन्दा बढी जनसंख्या रहेका चीन र भारतले अहिले कूल जनसंख्याको झण्डै ३६ प्रतिशत हिस्सा ओगटेका छन् । विश्वको हाल कूल जनसंख्या करिब ७ अर्ब ६७ करोड ८१ लाख रहेको छ ।

राष्ट्रसंघका अनुसार हाल चीनको जनसंख्या एक अर्ब ३९ करोड ८५ लाख र भारतको जनसंख्या एक अर्ब ३७ करोड ३६ लाखको हाराहारीमा छ ।
तर यो जनसंख्यामा आगामी ८० वर्ष अर्थात् सन् २१०० सम्ममा नाटकीय रुपमा परिवर्तन आउँदैछ । विश्व जनसंख्यामा चीनलाई भारतले उछिन्ने संकेत देखिएको अनुसन्धाताहरुले बताएका छन् ।

एक रिपोर्ट अनुसार सन् २१०० मा भारतको जनसंख्या एक अर्ब ६६ करोड पुग्नेछ भने चीनको जनसंख्या घटेर एक अर्बको हाराहरीमा रहनेछ । चीनले जनसंख्या वृद्धिदर घटाउन एक दम्पती एक बच्चाको नीति अवलम्बन गरेसँगै जनसंख्या घट्दो दरमा देखिएको छ ।
हाल विश्व जनसंख्यामा तेस्रो स्थानमा रहेको अमेरिकालाई सन् २१०० सम्ममा नाइजेरियाले ठूलो फरकका साथ उछिन्ने अनुमान गरिएको छ । हाल नाइजेरियाको भन्दा अमेरिकाको जनसंख्या झण्डै १३ करोड बढी छ तर सन् २१०० मा नाइजेरियाको जनसंख्या अमेरिकाको भन्दा ३० करोडले बढी हुनेछ ।

तेस्रो स्थानमा नाइजेरिया (७५ करोड), चौथो अमेरिका (४५ करोड), पाँचौं कंगो (३९ करोड), छैटौं पाकिस्तान (३६ करोड), सातौं तान्जानिया (३० करोड), आठौं इन्डोनेसिया (२४ करोड), नवौं इथियोपिया (२४ करोड) र दशौं स्थानमा नाइजर (२१ करोड) हुनेछ ।
त्यसैगरी युगान्डाको २० करोड, ब्राजिलको २० करोड, इजिप्ट र ब्राजिलको २०–२० करोड, बंगलादेश र फिलिपिन्सको १७–१७ करोड जनसंख्या पुग्नेछ । जनसंख्या वृद्धिको वर्तमान स्वरुप हेर्दा गरिबी, द्वन्द्व झेलिरहेका एसिया, अफ्रिका र दक्षिण अमेरिकी मुलुकहरुको जनसंख्या वृद्धि तिब्र गतिमा भइरहेको देखिन्छ । नेपालको हालको जनसंख्या करिब २ करोड ९८ लाख रहेको छ । विश्व जनसंख्याको आधारमा नेपाल हाल ४८औं स्थानमा रहेको छ ।