८ आश्विन २०८१, मंगलवार
,
Latest
आइएमई गरेकी भाग्यशाली सेवाग्राही: प्रमीला रोकायाले जितिन् नगद १ करोड डेङ्गीको प्रकोप: लामखुट्टेको बासस्थान नियन्त्रणका कार्यक्रम संञ्चालन गर्दे महानगर मलाई पक्राउ गर्न दशैं कुर्नु पर्दैन,आधार प्रमाणले यी चिजहरु देखियो भन्नुस, मेरो झोला रेडी छ:… यसपटकको चाडपर्वमा १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान पदक विजेता भलिबल खेलाडी नगदसहित सम्मानित कुलोमा डुबेर एक बालिकाको मृत्यु भारतीय ट्रकमा आगजनी गर्ने दुई जना पक्राउ शनिबारदेखि चाडपर्व लक्षित अग्रिम टिकट बुकिङ खुला हुने महिला साफको बन्द प्रशिक्षणका लागि एन्फाले बोलायो ४० खेलाडी दलित गाउँका पहिलो शिक्षक
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतको जनसंख्या एक अर्ब ६६ करोड, गरिब मुलुकमा जनसंख्या वृद्धि तिब्र



अ+ अ-

काठमाडौं । विश्वको सबैभन्दा बढी जनसंख्या रहेका चीन र भारतले अहिले कूल जनसंख्याको झण्डै ३६ प्रतिशत हिस्सा ओगटेका छन् । विश्वको हाल कूल जनसंख्या करिब ७ अर्ब ६७ करोड ८१ लाख रहेको छ ।

राष्ट्रसंघका अनुसार हाल चीनको जनसंख्या एक अर्ब ३९ करोड ८५ लाख र भारतको जनसंख्या एक अर्ब ३७ करोड ३६ लाखको हाराहारीमा छ ।
तर यो जनसंख्यामा आगामी ८० वर्ष अर्थात् सन् २१०० सम्ममा नाटकीय रुपमा परिवर्तन आउँदैछ । विश्व जनसंख्यामा चीनलाई भारतले उछिन्ने संकेत देखिएको अनुसन्धाताहरुले बताएका छन् ।

एक रिपोर्ट अनुसार सन् २१०० मा भारतको जनसंख्या एक अर्ब ६६ करोड पुग्नेछ भने चीनको जनसंख्या घटेर एक अर्बको हाराहरीमा रहनेछ । चीनले जनसंख्या वृद्धिदर घटाउन एक दम्पती एक बच्चाको नीति अवलम्बन गरेसँगै जनसंख्या घट्दो दरमा देखिएको छ ।
हाल विश्व जनसंख्यामा तेस्रो स्थानमा रहेको अमेरिकालाई सन् २१०० सम्ममा नाइजेरियाले ठूलो फरकका साथ उछिन्ने अनुमान गरिएको छ । हाल नाइजेरियाको भन्दा अमेरिकाको जनसंख्या झण्डै १३ करोड बढी छ तर सन् २१०० मा नाइजेरियाको जनसंख्या अमेरिकाको भन्दा ३० करोडले बढी हुनेछ ।

तेस्रो स्थानमा नाइजेरिया (७५ करोड), चौथो अमेरिका (४५ करोड), पाँचौं कंगो (३९ करोड), छैटौं पाकिस्तान (३६ करोड), सातौं तान्जानिया (३० करोड), आठौं इन्डोनेसिया (२४ करोड), नवौं इथियोपिया (२४ करोड) र दशौं स्थानमा नाइजर (२१ करोड) हुनेछ ।
त्यसैगरी युगान्डाको २० करोड, ब्राजिलको २० करोड, इजिप्ट र ब्राजिलको २०–२० करोड, बंगलादेश र फिलिपिन्सको १७–१७ करोड जनसंख्या पुग्नेछ । जनसंख्या वृद्धिको वर्तमान स्वरुप हेर्दा गरिबी, द्वन्द्व झेलिरहेका एसिया, अफ्रिका र दक्षिण अमेरिकी मुलुकहरुको जनसंख्या वृद्धि तिब्र गतिमा भइरहेको देखिन्छ । नेपालको हालको जनसंख्या करिब २ करोड ९८ लाख रहेको छ । विश्व जनसंख्याको आधारमा नेपाल हाल ४८औं स्थानमा रहेको छ ।