२० भाद्र २०८३, शनिबार
,
Latest
ताप्लेजुङ गोल्डकपको उपाधि सलहेशलाई बाढीपीडितका देशका विभिन्न क्षेत्रमा सहयोग जुट्दै आज भाद्र कृष्ण नवमी : श्रीकृष्ण रथयात्रा एवं शोभा यात्रा गरिँदै अठार महिनामा सक्नुपर्ने आयुर्वेद भवन पाँच वर्षमा पनि अलपत्रै खेतीयोग्य जमिनमा रुद्राक्ष खेती, आम्दानीको नयाँ बाटो खाद्य सुरक्षा, स्वच्छता र उपभोक्ता अधिकारलाई ध्यान दिन प्रशासनको आग्रह धनकुटा जिल्ला अस्पतालमा रक्तसञ्चार सेवा सुरु दिदीबहिनीलाई तीजको उपहार किनेर राखे, तर गोविन्दले दिन पाएनन् भोटेकोशी बाढी : राहत जुटाउँदै चितवनका स्थानीय पालिका उपत्यका बाहिर ‘बोटलिङ’ गरी खानापकाउने ‘एलपि ग्यास’ ढुवानी गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

आत्मघाती बम विस्फोटमा परी पाँच व्यक्तिको मृत्यु



अ+ अ-

काबुल । अफगानिस्तानको राजधानी काबुलमा बिहीबार भएको आत्मघाती बम विस्फोटमा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको छ । काबुलमा अन्य दुई बम विस्फोट पनि भएको जनाइएको छ ।

अमेरिकाको नेतृत्वमा तालिबान लडाकू समूहसँग शान्ती वार्ताको प्रयास जारी रहृेको यस अवस्थामा काबुललगायत पूरा अफगानिस्तानमा द्वन्द्व बढेको पाइएको छ ।

पूर्वी काबुलमा स्थानीय समयाअनुसार बिहीबार बिहान ८ः१० बजे मोटसाइकलमा आएको एक आत्मघाती आक्रमणकारीले एक बसलाई लक्ष्यगरी विस्फोट गराएको गृह मन्त्रालयका प्रवक्ता नसरात रामीले बताउनु भएको छ । यस आत्मघाती विस्फोटमा परी पाँच व्यक्तिको मृत्यु भएको रामीले बताए ।

सो बस खनिज र पेट्रलियम मन्त्रालयसँग आवद्ध भएको र मृतकको सङ्ख्या अझै बढ्न सक्ने सरकारी अधिकारीहरुले चेतावनी दिएका छन् । काबुलमा नै एक कारबमसहित दुइ बम विस्फोट भएको पनि रामी बताउनु भएको छ ।

यस दुई बम विस्फोटको विस्तृत विवरण प्राप्त नभएको र यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा पनि नलिएको जनाइएको छ ।