२० भाद्र २०८३, शनिबार
,
Latest
ताप्लेजुङ गोल्डकपको उपाधि सलहेशलाई बाढीपीडितका देशका विभिन्न क्षेत्रमा सहयोग जुट्दै आज भाद्र कृष्ण नवमी : श्रीकृष्ण रथयात्रा एवं शोभा यात्रा गरिँदै अठार महिनामा सक्नुपर्ने आयुर्वेद भवन पाँच वर्षमा पनि अलपत्रै खेतीयोग्य जमिनमा रुद्राक्ष खेती, आम्दानीको नयाँ बाटो खाद्य सुरक्षा, स्वच्छता र उपभोक्ता अधिकारलाई ध्यान दिन प्रशासनको आग्रह धनकुटा जिल्ला अस्पतालमा रक्तसञ्चार सेवा सुरु दिदीबहिनीलाई तीजको उपहार किनेर राखे, तर गोविन्दले दिन पाएनन् भोटेकोशी बाढी : राहत जुटाउँदै चितवनका स्थानीय पालिका उपत्यका बाहिर ‘बोटलिङ’ गरी खानापकाउने ‘एलपि ग्यास’ ढुवानी गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मानव जातिको भविष्य समाजवादमा मात्रै हुन्छ: प्रचण्ड



अ+ अ-

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले मानव जातीको भविष्य समाजवादमा मात्रै भएको बताएका छन् । केही मान्छेहरु मात्रै धनी हुने र बहुसंख्यक गरिब हुने राजनीतिक प्रणालीले मानव जातीको कल्याण गर्नै नसक्ने उनको भनाइ छ ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको छैठौं स्मृति दिवसको अवसरमा बिहीबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा उनले भने, ‘अहिले पनि संसारमा धनी र गरिबीचको खाडल झन् फराकिलो भएको छ । गरिबीको दुष्चक्रमा अरबौं मानिसहरुले अहिले पनि पिल्सिएकै छन् । यो परिस्थितिमा मानव जातीको भविष्य समाजवादमा मात्रै छ ।’

यता प्रचण्डले नरबहादुर कर्माचार्यको घरमा बसेर जनयुद्धको सुरुवात गरेको खुलासा गर्दै आफू कर्माचार्यको घरमा धेरै वर्ष बसेको स्मरण गरे । कर्माचार्यसँग वैचारिकसँगै पारिवारिक सम्बन्ध पनि रहेको प्रचण्डको भनाइ छ । उनले पार्टी एकता गर्न पनि कर्मचार्यको सहयोग र उत्साह रहेको भन्दै उहाँ कुनै कुराको माग नगर्ने नेता रहेको बताए ।

‘सवै अरुलाई होस् भन्नुहुनथ्यो । उहाँले चाहेको भए आफ्नो पद प्रतिष्ठाको खोजी गरेको भए धेरै सुविधा पाउनुहुन्थ्यो । उहाँको कम्युनिष्ट एकता मात्रै धेय थियो’, प्रचण्डले कर्माचार्यलाई स्मरण गरे ।

अहिलेको कम्युनिष्ट आन्दोलनमा धेरै विसंगति रहेको र त्यो चिर्नु अहिलेको चुनौतीका रुपमा देखा परेको भन्दै प्रचण्डले त्यसका लागि सवै लाग्नुपर्ने बताए ।

आफू कर्मचार्यसँग ६–७ वर्षसम्म सँगै बसेको सम्झदै प्रचण्डले मानिसहरु पार्टी वा राम्रो काममा केही निश्चित समयसम्म लाग्ने भएपनि पार्टीमा निरन्तर लाग्नेमध्ये कर्माचार्य एक योद्धा र जीवनभर कम्युनिष्ट आन्दोलनमा समर्पित भएको व्यक्तित्वको रुपमा स्मरण गरे ।

यस्तो अवसर विरलै आउने भन्दै प्रचण्डले त्यसका लागि पार्टी एकता सुदृढ र सरकारको काम प्रभावकारी बनाउनुपर्ने बताए । उनले भने, ‘सामाजिक न्यायसहितको समृद्धिको नयाँ मोडेल नेपालबाट दिन सक्नुपर्दछ । त्यो अवसर हामीलाई छ । यो अवसर पार्टी एकतालाई सुदृढ बनाएर, सरकारको कामलाई प्रभावकारी बनाएर, गुणात्मक ढंगले जनताको मन जितेर मात्रै पूरा गर्न सकिन्छ ।’

प्रचण्डले अब भदौ महिनाबाट पार्टीका नीति र सरकारका कार्यक्रमबारे जनतालाई जानकारी दिन देशव्यापी अभियान चलाउने पनि बताए ।