१२ असार २०८३, शुक्रबार
,
Latest
महामन्त्री पदको उम्मेदवारी फिर्ता लिँदै खरेलले भने: लामो बाटो तय गर्नुछ रास्वपा महाधिवेशन लम्बिँदा प्रतिनिधि सभा बैठक फेरि स्थगित रास्वपाको उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध कार्तिक १४ गते काठमाडौंमा ‘जापान–नेपाल फुड एण्ड म्युजिक फेस्टिबल’ आयोजना हुने प्रतिनिधिसभाको आजको बैठकमा पाँच विधेयक प्रस्तुत हुने, आर्थिक विधेयक पारित गर्ने कार्यसूची इजिप्टमा सडक दुर्घटनामा मृत्यु हुनेको संख्या १०.८ प्रतिशतले वृद्धि फ्रान्समा अत्याधिक गर्मीका कारण ७२ विभागमा ‘रेड अलर्ट’ जारी, तापक्रमले कायम गर्‍यो नयाँ कीर्तिमान अफ्रिकामा साइबर चुनौतीको सामना गर्न विज्ञहरूद्वारा सहकार्यको आह्वान भेनेजुएला भूकम्पः मृतकको संख्या २ सय ३५ पुग्यो यी हुन् रास्वपाका नवनिर्वाचित ९९ केन्द्रीय सदस्य (मतसहित)
तपाईं के खोज्दै हुनुहुन्छ ?

पिप्ले–भगवती कालोपत्र सडक योजना अलपत्र



अ+ अ-

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकाको गलेश्वर राहुघाटबाट पिप्ले–भगवती कालोपत्र सडक अलपत्र परेको छ । गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक सडक आयोजना’ कार्यक्रमअन्तर्गत पूर्वाधार विकास कार्यालयले सञ्चालन गरेको योजनामा निर्माण कम्पनी एपेक्स–खड्का कृष्ण जेभीले बीचैमा काम छाडेपछि योजना अलपत्र परेको हो ।

निर्माण कम्पनीका साझेदारहरूबीच आर्थिक लेनदेनको विषयमा विवाद भएपछि एक सातादेखि कार्यक्षेत्रमा सम्पूर्ण काम ठप्प भएको छ । आयोजनाको थप भएको समयमा समेत काम नगरिकन निर्माण कम्पनीले काम छाडेपछि बिहीबार नेकपा ९माओवादी केन्द्र० रघुगङ्गा गाउँपालिकाले सम्बद्ध निकायमा ध्यानकर्षण गराएको छ ।

माओवादी केन्द्रका रघुगङ्गा गाउँपालिका कमिटी अध्यक्ष हरि भण्डारी, वडा नं २ का वडा कमिटी अध्यक्ष बालकृष्ण कटुवाल र अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष रेशम कटुवालको नेतृत्वमा गएको टोलीले पूर्वाधार विकास कार्यालय र प्रमुख जिल्ला अधिकारीलाई आयोजनाबारे ध्यानकर्षण गराएका हुन् ।

ध्यानकर्षणपत्र बुझाउँदै माओवादी केन्द्रका रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भण्डारीले कालोपत्र सडक निर्माण गर्ने योजनालाई निर्माण कम्पनीले अलपत्र पारेपछि सम्बद्ध निकायलाई जानकारी गराउने र कानुनबमोजिम आवश्यक प्रक्रिया अगाडि बढाउन ध्यानकर्षण गराइएको बताउनुभयो । योजनालाई अधकल्चो बनाएर छाडेपछि प्रभावित क्षेत्रका स्थानीयवासीमा चिन्ता बढेको भन्दै उहाँले निर्माण कम्पनीलाई तत्काल कार्यक्षेत्रमा फर्काउने वातावरण बनाउन भूमिका खेल्न प्रशासन र योजना कार्यान्वयन गर्ने कार्यालयलाई आग्रह गरिएको बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले सम्बन्धित कार्यालय र निर्माण कम्पनीसँग आवश्यक सोधपुछ गरी अलपत्र योजनालाई गति दिनका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले कुनै पनि कम्पनीलाई योजनालाई बीचैमा अलपत्र छाडेर हिँड्ने छुट नहुनेसमेत बताउनुभयो । योजनामा निर्माण कम्पनी एपेक्स–खड्का कृष्ण जेभीले गत जेठमै योजनालाई सम्पन्न गर्नुपर्ने भए पनि अहिलेसम्म आधाको हाराहारीमा मात्रै भौतिक प्रगति गरेको छ ।

अन्तिम पटकका लागि थप भएको समयसीमासमेत सकिन एक महिनामात्रै बाँकी छ । गलेश्वरबाट बगैँचासम्मको पहिलेको ट्रयाक ९मार्ग०मा पहिराले क्षति पु¥याएकाले पहिलो चरणमा पिप्लेबाट भगवतीसम्मको पाँच किलोमिटर सडकलाई कालोपत्र गर्ने भनिए पनि निर्माण कम्पनीले कार्यक्षेत्र नै छाडेपछि यस क्षेत्रका स्थानीयवासी रुष्ट बनेका छन् । सुरुआतमा निर्माणको जिम्मा लिने रघुगङ्गा गाउँपालिका–३ का वडाध्यक्षसमेत रहनुभएका जीवनकुमार मल्ल  र मुख्य ठेकेदार रत्न खड्काबीच लेनदेनमा समस्या देखिएपछि आफूहरूले कार्यक्षेत्रमा काम रोकेर हिँड्नुपरेको निर्माण कम्पनीको तर्फबाट परिचालित प्राविधिकहरूको भनाइ छ । कम्पनीले कार्यक्षेत्रमा काम गर्ने मजदुरको पारिश्रमिक र सामान ल्याएको खर्चसमेत तीर्न बाँकी छ । रासस