६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकपको छनोटमा नेपाललाई सहज, विश्वस्तरमा पुग्ने



अ+ अ-

काठमाडौं । विश्वकप छनोटको एसिया फाइनलको दोस्रो खेलमा नेपाल विजयी भएसंगै विश्वस्तरको छनोटमा पुग्ने सम्भावना आफ्नै नतिजामा भरपर्ने स्थिती देखिएको छ। नेपालले बाँकी दुवै खेल जिते विश्वस्तरको छनोटमा पुग्ने छ।

शुक्रबार कुवेतले कतारलाई हराएपछि नेपाललाई सहज बनेको हो। तीन खेलबाट पाँच अंक भएको सिंगापुर शीर्षस्थानमा छ। दोस्रो स्थानमा रहेको मलेसियाको तीन खेलबाट तीन अंक छ। दुई खेल खेलेको नेपालको दुई अंक छ। सिंगापुर र कतारले एक एक खेल तथा नेपालले दुई खेल खेल्न बाँकी छ।

नेपालले अब कुवेत र त्यसपछि सिंगापुरसँग खेल्ने छ। शनिबार हुने खेलमा कुवेतलाई हराए नेपाल दोस्रो स्थानमा उक्लने छ। त्यो अवस्थामा सिंगापुर र नेपालबीच हुने खेलको विजेता विश्वस्तरको छनोटमा पुग्ने छ।

पाँच टोली सहभागी एसियाली छनोटबाट एक टोलीमात्र विश्वस्तरको छनोटमा पुग्नेछन्। नेपाल पहिलो खेलमा कतारसँग पराजित भएको थियो भने दोस्रो खेलमा मलेसियालाई पराजित गर्न सफल भएको थियो।