• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo

विद्यार्थीलाई सेक्स गर्न सिकाउने यस्तो स्कुल, हेर्नुहोस् यसरी सिकाईन्छ



काठमाडौं । पछिल्लो केही वर्षयता पश्चिमा यौन विषयलाई समाजले सहज ढंगले लिन थालेका छन् । यसबारेमा सबै जानकार हुनुपर्नेभन्दै आवाज उठ्न थालेका छन् । यौन क्रियाकलापको बारेमा प्रयोगात्मक रुपमा जान्न चाहनेहरुको लागि विद्यालय नै खुलेको हो ।

हो । अस्ट्रियाको राजधानी भियना नजिकै एउटा यस्तो स्कूल छ, जहाँ विद्यार्थीहरुलाई व्यवहारिक रुपमै सेक्स गर्न सिकाइन्छ ।

उक्त विद्यालय जहाँ सन् २०११ देखि यौन विषयमा प्रयोगात्मक रुपमै पढाइ हुन्छ । उक्त स्कुलको नाम ‘भियना सेक्स स्कूल’ हो । स्कुलका अनुसार यहाँ विद्यार्थी भर्ना गरी सेक्सका बारेमा व्यवहारिक शिक्षा प्रदान गरिन्छ । यहाँ ब्यबहारिक रुपमै सेक्स सिकाइने दावी गरिएको छ ।

उक्त विद्यालयमा गृहकार्य समेत सेक्स नै हुन्छ । यो स्कुलमा पढ्नका लागि एक सत्रको १४ सय बेलायती पाउण्ड भर्ना शुल्क लाग्छ ।

यस स्कूलमा युवायुवती मात्र भर्ना हुन पाउने व्यवस्था छ । यो स्कुलमा छात्र छात्राको छुट्टाछुट्टै छात्राबास छैन । एउटै होस्टेलमा, अझ भनौं एउटै कोठामा पनि केटाकेटी बस्न पाउने सुविधा छ ।

यसो गर्नुको खास कारण भनेको विद्यालयमा पढाइने यौन सम्बन्धी पाठहरु उनीहरुले कोठामा गएर व्यवहारिक रुपमा प्रयोग गर्न सकुन् भन्ने नै हो ।

स्कूलका संस्थापक तथा प्राचार्य एल्वा मारिया थम्पसन हुन् ।