४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर

‘सङ्गीतका सदावहार वसन्त’, लाेभी आँखाकाे युट्युबमा भ्युअर एक कराेड

‘सङ्गीतका सदावहार वसन्त’, लाेभी आँखाकाे युट्युबमा भ्युअर एक कराेड
अ+ अ-

बागलुङ: वसन्त थापाद्वारा सङ्गीत र स्वरवद्ध पछिल्लो लोकदोहोरी ‘लोभी आँखा’ बुधबार युट्युबको करोड क्लबमा प्रवेश ग¥यो । उहाँकै सङ्गीत-अभिनय रहेको ‘सालको पातको टपरी’ ले हालसम्म चार करोड ८० लाख बढी ‘भ्युअर्स’ पाएको छ ।

‘सालको पातको टपरी’ गत असोज १ मा र ‘लोभी आँखा’ जेठ ६ गते युट्युबमा सार्वजनिक भएको थियो । ‘सालको पातको टपरी’ युट्युबमा सबैभन्दा बढी हेरिएको पहिलो लोकदोहोरी बन्न सफल भएको छ । गत फागुन २३ गते सार्वजनिक गीत ‘जाम सुस्तै’ को म्युजिक भिडियो युट्युबमा ४९ लाख बढी पटक हेरिएको छ । उक्त गीतमा पनि सङ्गीत, शब्द, स्वर र अभियनसमेत थापाकै छ ।

गत जेठ ७ मा आएको अर्को लोकदोहोरी ‘चौतारीको वर’ ले हालसम्म ३६ लाख बढी ‘भ्युअर्स’ पाएको छ । उक्त गीतमा पनि थापाको सङ्गीत छ । यी त हालैका प्रतिनिधि गीत मात्र हुन् । थापाको नयाँ लोकदोहोरी ‘बोकेझार’ को ‘टिजर’ सार्वजनिक भएको छ । गीत आउँदो असोज १ गते सार्वजनिक हुँदैछ ।

विसं २०६८ ताका सार्वजनिक ‘डाँडै फुर्के सल्लो’, ‘रुमाल हल्लाइहल्लाई’ लगायतका लोकदोहोरी पनि अत्यधिक सफल रहे । ती गीतमा पनि थापाले सङ्गीत दिनुभएको छ । विसं २०६६ मा सार्वजनिक ‘नजाउ है सानु पँधेरीमा’ गीतले थापालाई एकाएक चर्चामा ल्यायो । त्यसयता थापालाई कहिल्यै पछाडि फर्कनु परेको छैन ।

उक्त गीतपछि नेपाली लोक दोहोरीको सङ्गीतले नयाँ ‘मोड’ लिएको विश्वास गरिन्छ । स्रोता÷दर्शकको प्रशंसासँगै गीतले राष्ट्रिय ‘अवार्ड’ समेत पायो । मौलिक सिर्जनामा अब्बल थापाले अहिलेसम्म झण्डै ५०० गीतमा सङ्गीत र सय बढीमा स्वर दिनुभएको छ । पञ्चेबाजा गीतमा पनि थापाको नाम सबैभन्दा अघि आउँछ ।

विसं २०७० मा सार्वजनिक पञ्चेबाजाको ‘वारि घुम्टे पारि गाजा’ बढी चर्चित छ । ‘बागलुङ बजारमा बाघको शालिक’, ‘माछा मिठो असला दरमखोलाको’, ‘शुभविवाह’ लगायतका पञ्चेबाजा पनि उत्तिकै रुचाइएका छन् । मुख्य बिधा लोक सङ्गीत रहेपनि थापाले सुगम, गजल, लोकपप शैलीका गीतमा पनि स्वर र सङ्गीत दिनुभएको छ ।

“अहिले चलचित्र ‘छ माया छपक्कै’ मा पनि काम गरिरहेको छु”, थापाले रासससँग भन्नुभयो । विसं २०६९ मा सार्वजनिक गजल गीत ‘यो माया हराएको शहर हो प्रिया’ लाई पनि स्रोताले रुचाए । थापाको सङ्गीत रहेको उक्त गीतबाट नै गायक राज सिग्देलले ‘डेब्यु’ गर्नुभएको थियो । ठाडो भाका, सालैजो, यानीमायाजस्ता मौलिक गीतमा पनि थापाले सङ्गीत सिर्जना गर्नुभएको छ । बागलुङ, गलकोट नगरपालिका–७ मल्मका थापाले साङ्गीतिक यात्राको छोटै अवधिमा महत्वपूर्ण सफलता हात पार्नुभएको छ ।

साधना र सिर्जनाको जगमा उहाँ अहिले नेपाली लोकसङ्गीत क्षेत्रको विशिष्ट प्रतिभाको रुपमा स्थापित हुनुहुन्छ । “गीत गाउने रहरले काठमाडौँ छिरेको १६ वर्ष पुग्यो”, थापाले विगत सम्झदैँ भन्नुभयो, “म अहिले जहाँ छु, आफ्नै सिर्जना र स्रोता÷दर्शकका कारणले छु ।” लोकसङ्गीतमा व्यावसायिक रुपमा टिक्ने थोरै कलाकारमध्येको सूचीमा थापाको नाम दरिएको छ ।

“सङ्गीतप्रतिको सोख र मोहले नै आज यो ठाउँमा पु¥यायो”, उहाँले भन्नुभयो “नारायणगोपाल, रामकृष्ण ढकाल, यम बरालको पुस्ताका गीत सुनेर हुर्कियौँ, हामीलाई सङ्गीतसँग जोड्ने त्यो बेलाको माध्यम रेडियो नेपाल मात्र थियो ।” थापाले विसं २०५९ मा ‘निलो फेवाताल’ गीतबाट साङ्गीतिक यात्रा शुरु गर्नुभएको थियो ।

उहाँको सिर्जना कर्मको केन्द्र नै लोक सङ्गीत हो । “रुचि त सबै खाले गीत, सङ्गीतमा छ”, थापाले भन्नुभयो, “व्यावसायिक रुपमा भने म लोकदोहोरीबाटै अघि बढेको छु ।” मौलिकता, सिर्जनात्मकता, प्रस्तुतिमा नयाँपन र साधनाले सङ्गीतमा सफल भइने विश्वास उहाँमा छ । “सिर्जनाकर्मबाट सन्तुष्ट छु, एउटा सर्जक पनि व्यावसायिक भएर बाँच्न सक्छ भन्ने उदाहरण स्थापित गर्न तल्लीन छु” थापाले भन्नुभयो ।

सुसुप्त अवस्थामा रहेका मौलिक लोक भाखालाई टिपेर त्यसलाई नयाँपन दिनमा थापा पोख्त हुनुहुन्छ । उहाँ इमेज, बिन्दबासिनी, अन्नुपूर्ण म्युजिक अवार्ड, उत्कृष्ट लय सर्जक सम्मानलगायत दर्जनौँ अवार्ड तथा पदकबाट सम्मानित भइसक्नुभएको छ । साङ्गीतिक यात्राका क्रममा बेलायत, दक्षिण कोरिया, जापान, कतार, दुबई, भारतलगायतका देशमा पुगिसक्नुभएको छ ।

“नेपाली लोकदोहोरीमा भरिने सङ्गीत अहिले व्यावसायिक बनेको छ”, थापाले भन्नुभयो, “पहिले सरसापटीमा लय दिने, अथवा मैले यस्तो गीत रचेको छु भनेर गाउने प्रचलन थियो, अहिले त्यो छैन, गायक तथा निर्माता स्वयं नै सङ्गीत चाहियो भनेर आउनुहुन्छ ।” थापाले लोक तथा दोहोरी गीतमा सङ्गीत गरेबापत राम्रै पारिश्रमिक लिनुहुन्छ । पछिल्लो समय भने आफ्नै गीतमा बढी समय दिनुपरेको उहाँको भनाइ छ ।

गायन र सङ्गीतलाई एकैसाथ अघि बढाउने धेरै कम सर्जकमध्येमा थापा पर्नुहुन्छ । केही वर्षअघि गाएका ‘डाँडै बिसौनी’, ‘किन माया मसँग तरकतरक छ’ लगायतका गीतले पनि थापालाई चिनाए । मौलिक लयमा सिर्जित ‘बामरी’ गीतबाट पनि थापाले प्रंशसा बटुल्नुभयो ।

“गाउँघरका भाखा टिपेर ल्याउने र गीत रकेर्ड गर्ने चलन थियो, जसलाई लय सङ्कलन भन्ने गरिन्थ्यो, तर अहिले हामीले लय सङ्कलन होइन सिर्जना गरिरहेका छौँ, त्यसैले हामी सर्जक हौँ” थापा भन्नुहुन्छ । सङ्गीत व्यावसायसँग पनि जोडिनुभएका थापाको अभ्यास डिजिटल प्रालि नामक सङ्गीत कम्पनी पनि छ ।

कम्पनीबाट प्रर्वद्धित गीत उहाँकै नामको युट्युब च्यानलबाट सार्वजनिक हुने गरेका छन् । थापा बागलुङ कलाकार समाज र क्षेत्री कलाकार समाजको अध्यक्ष हुनुहुन्छ । अन्तर्राष्ट्रिय कलाकार मञ्च, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, नेपाल सङ्गीत उद्योग सङ्घलगायतका सङ्घ संस्थामा पनि आवद्ध हुनुहुन्छ ।