१० भाद्र २०८३, बुधबार
,
Latest
ग्यालेक्सी पब्लिक स्कुलले सार्वजनिक गर्‍यो दोस्रो फुटसल प्रतियोगिताको ट्रफी र आधिकारिक खेल बल एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय विपद् उद्धार तथा राहतका लागि ‘सेतु’ प्रणालीमार्फत सहयोग माग गर्न सकिने बाढी प्रभावित विद्यालयको पुनःस्थापनामा सहकार्य गर्ने प्याब्सनको घोषणा पालुङटारबाट गोसाइँकुण्ड गएका ३१ जना यात्रु सम्पर्कविहीन भोटेकोशी बाढीः हालसम्म ९५ जनाको मृत्यु प्रधानमन्त्रीलाई राष्ट्रपतिको फोन : खोज, उद्धार र विपद्मा परेका नागरिकको उद्धारमा सबै संयन्त्र प्रयोग गर्नुहोस् कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न ,राज्य आफ्ना सम्पूर्ण साधन र स्रोतका साथ तपाईंहरूकै साथमा छ बाढी प्रभावितको उद्धार, उपचार र पुनःस्थापनाको पूर्ण जिम्मेवारी सरकारले लिन्छ: प्रधानमन्त्री शाह रसुवा बाढीः उद्धार तथा राहतको लागि रास्वपाले सरकारलाई ५० लाख आर्थिक सहयोग गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

धोबिया टोलवासीको पीडाः दशगजा क्षेत्रमा बस्नु दुर्भाग्य



अ+ अ-

मकवानपुर । प्रत्येक वर्ष मनसुन सक्रिय भएपछि आउने वर्षा र बाढीबाट पश्चिमी पर्साको पकहामैनपुर गाउँपालिका–४ धोबिनीटोलका बासिन्दाको पीडा झन् बल्झिदै गएको छ । नेपाल–भारतबीच रहेको दशगजा क्षेत्रमा बसेका धोबियाटोलवासीको पीडा स्थानीय सरकारले समेत बुझ्न नसक्दा हालसम्म उनीहरुको घाउमा मलम लगाउन सकिएको छैन ।

सो दशगजा क्षेत्रमा रहेका करीब ११५ घरधुरीका मुस्लिम समुदायको बस्ती ४०५ नम्बरको पिलर नजिक दशगजा क्षेत्रमा बसेको बस्ती हो । सीमापारी पूर्व–पश्चिम फैलिएको गण्डक नहर र रेल्वेलिकले बाढीको पानी निकासमा बाधक बनेकाले प्रत्येक वर्षको वर्षामा यो बस्ती जोखिममा पर्ने गरेको छ ।

गत असारको अन्त्यतिर आएको अविरल वर्षाबाट प्रभावित भएको यो बस्ती हालसम्म डुबानमै छ । अहिलेसम्म चारैतिर पानी नै पानी जमेकाले बस्ती टापुमा परिणत भएको छ । गण्डक नहरका लागि झकडा मसिहानीस्थित गङ्गोल (पुराना) खोलामा बनाइएको पुलबाट गाउँमा पानी पस्ने गरेको भए पनि सो पानी निकास नहुँदा बस्ती प्रभावित हुने गरेको स्थानीयवासी बताउँछन् ।

पीडितहरुलाई राहतको नाममा चिउरा, दालमोठजस्ता राहतका सामग्री वितरण गरिए पनि ठोस उपाय हुन नसकेको पीडितहरुको गुनासो छ । प्रत्येक वर्ष वर्षाले जलमग्न हुने सो बस्तीलाई अन्यत्र सार्ने प्रयास गरिए पनि धोबियाटोलवासी पुख्र्यौली ठाउँ छाडेर अन्यत्र जान मानिरहेका देखिँदैनन् ।