७ पुष २०८२, सोमबार
,
Latest
सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड विद्या र ईश्वरलाई प्रदिपको प्रश्न- आफै उभिएको धरातलप्रतिको विश्वास किन धरमराएको होला ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

धोबिया टोलवासीको पीडाः दशगजा क्षेत्रमा बस्नु दुर्भाग्य



अ+ अ-

मकवानपुर । प्रत्येक वर्ष मनसुन सक्रिय भएपछि आउने वर्षा र बाढीबाट पश्चिमी पर्साको पकहामैनपुर गाउँपालिका–४ धोबिनीटोलका बासिन्दाको पीडा झन् बल्झिदै गएको छ । नेपाल–भारतबीच रहेको दशगजा क्षेत्रमा बसेका धोबियाटोलवासीको पीडा स्थानीय सरकारले समेत बुझ्न नसक्दा हालसम्म उनीहरुको घाउमा मलम लगाउन सकिएको छैन ।

सो दशगजा क्षेत्रमा रहेका करीब ११५ घरधुरीका मुस्लिम समुदायको बस्ती ४०५ नम्बरको पिलर नजिक दशगजा क्षेत्रमा बसेको बस्ती हो । सीमापारी पूर्व–पश्चिम फैलिएको गण्डक नहर र रेल्वेलिकले बाढीको पानी निकासमा बाधक बनेकाले प्रत्येक वर्षको वर्षामा यो बस्ती जोखिममा पर्ने गरेको छ ।

गत असारको अन्त्यतिर आएको अविरल वर्षाबाट प्रभावित भएको यो बस्ती हालसम्म डुबानमै छ । अहिलेसम्म चारैतिर पानी नै पानी जमेकाले बस्ती टापुमा परिणत भएको छ । गण्डक नहरका लागि झकडा मसिहानीस्थित गङ्गोल (पुराना) खोलामा बनाइएको पुलबाट गाउँमा पानी पस्ने गरेको भए पनि सो पानी निकास नहुँदा बस्ती प्रभावित हुने गरेको स्थानीयवासी बताउँछन् ।

पीडितहरुलाई राहतको नाममा चिउरा, दालमोठजस्ता राहतका सामग्री वितरण गरिए पनि ठोस उपाय हुन नसकेको पीडितहरुको गुनासो छ । प्रत्येक वर्ष वर्षाले जलमग्न हुने सो बस्तीलाई अन्यत्र सार्ने प्रयास गरिए पनि धोबियाटोलवासी पुख्र्यौली ठाउँ छाडेर अन्यत्र जान मानिरहेका देखिँदैनन् ।