१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar तुइन र गाडीमा झुन्डिँदै रसुवाका विद्यार्थीको जोखिमपूर्ण यात्रा News Polar डुम्रे–बेँसीसहर–चामे सडक शुक्रबारसम्म पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी News Polar सडक भासिँदा रेसुङ्गा विमानस्थल जाने सडक अवरुद्ध News Polar थुनिएको मर्स्याङ्दी खुलाउने प्रयास जारी News Polar ट्राफिक कारबाहीः पछिल्लो २४ घण्टामा ६३४ जना सवारीचालक कारबाही News Polar सुनचाँदीको मूल्य बढ्यो News Polar एशियाली खेलकुदमा नेपालका चार जुडो खेलाडी पहिलो चरणमै बाहिरिए News Polar नेप्सेमा उपलब्ध सबै वित्तीय उपकरणको कारोबार सञ्चालन गर्न सक्षम छौँ : सुवेदी News Polar जटिल प्रसूति समस्या भएपछि धादिङकी २४ वर्षीया महिलाको हवाई उद्धार News Polar ललितपुरको सुरस्चन्द्र महाविहार महापालमा वसुन्धरादेवीको व्रतपूजा News Polar नेप्सेमा रणनीतिक साझेदार भित्र्याएर निजीकरण गर्नुपर्ने महासंघका रेग्मीको सुझाव News Polar बीपी राजमार्गमा स्कार्पियो २० मिटर तल खस्यो, आठ जना घाइते News Polar आस्थाको केन्द्र बन्दै कपिलवस्तुकाे रक्षाबाबा News Polar गर्मी र वर्षाले बढ्यो सर्पको बिगबिगी News Polar एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले स्वदेश फिर्ता News Polar भाेजपुरका बाख्रापालक कृषकलाई अनुदान सहयोग News Polar आयुर्वेद शिक्षण अस्पताल पुनःसञ्चालनमा News Polar बेनी–बाबियाचौर सडक खुल्यो News Polar साल्टट्रेडिङको सुपथ मूल्य पसलमा नुन र चिनी खरिद गर्न दाङमा उपभोक्ताको भीड News Polar इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला’, युवालाई रोजगारीसँग जोड्ने लक्ष्य

कर्णाली राजमार्गमा पहिरो जाँदा यातायात ठप्प

कर्णाली राजमार्गमा पहिरो जाँदा यातायात ठप्प
अ अ+ अ-

खलङ्गा । कर्णाली राजमार्गमा पहिरो जाँदा यातायात सेवा ठप्प भएको छ । कालीकोट खण्डको कालेखोला नजिकै आज बिहान पहिरो जाँदा सडक नै भासिएकाले छिटो खुलाउन नसकिने प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले बताए ।

उनका अनुसार ४० मिटर लामो सडकमा पहिरो गएको छ । “यसअघि सानातिना दर्जनभन्दा बढी पहिरो जाँदा समयमै खुलाउन सकिएको थियो”, प्रजिअ कार्कीले भने, “ पहिरोको प्रकृति हेर्दा तुरुन्तै पहिरो खुलाउन सहज छैन, पहिरो पन्छाउनका लागि निकै समय लाग्ने अवस्था छ ।”

पहिरोको स्थिति बुझ्न प्रजिअ कार्कीसहितको टोली र सडक डिभिजन कार्यालयबाट इञ्जिनीयरसहितको टोली त्यसतर्फ गएको छ । कर्णाली राजमार्गअन्तर्गतको कालेखोलामा माथिबाट झरेको चट्टानसहितको पहिरोका कारण करिब ४० मिटर सडक भासिएकाले सडक पूर्णरूपमा अवरुद्ध भएको छ ।

प्रजिअ दुर्गा बञ्जाडेले अबरुद्ध बाटोका कारण यात्रुलाई आवत–जावत नगर्न सचेत गराएका छन् । सडक अवरुद्ध हुँदा सुर्खेत, नेपालगञ्ज हँुदै कालीकोटका लागि छुटेका मालवाहक तथा यात्रुवाहक सवारी अलपत्र परेका छन् । सानो तिनो उपकरणले बाटो खुलाउन नसकिने भएकाले ठूलो उपकरणको खोजी भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सडक यातायात अबरुद्ध भएपछि जुम्लाबासीलाई हवाई यातायातको भर पर्नुपर्ने अवस्था सिर्जना भएको छ ।