९ आश्विन २०८१, बुधबार
,
Latest
प्रधानमन्त्री ओली र फिनल्याण्डका राष्ट्रपति स्टबबीच भेटवार्ता प्रधानमन्त्री ओली र सामोआका समकक्षीबीच भेटवार्ता आइएमई गरेकी भाग्यशाली सेवाग्राही: प्रमीला रोकायाले जितिन् नगद १ करोड डेङ्गीको प्रकोप: लामखुट्टेको बासस्थान नियन्त्रणका कार्यक्रम संञ्चालन गर्दे महानगर मलाई पक्राउ गर्न दशैं कुर्नु पर्दैन,आधार प्रमाणले यी चिजहरु देखियो भन्नुस, मेरो झोला रेडी छ:… यसपटकको चाडपर्वमा १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान पदक विजेता भलिबल खेलाडी नगदसहित सम्मानित कुलोमा डुबेर एक बालिकाको मृत्यु भारतीय ट्रकमा आगजनी गर्ने दुई जना पक्राउ शनिबारदेखि चाडपर्व लक्षित अग्रिम टिकट बुकिङ खुला हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यानमारमा भयानक पहिरो, कम्तीमा १३ को मृत्यु



अ+ अ-

याङ्गुन । म्यानमारमा आइतबार आएको भयानक पहिरोमा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ ।

देशको उत्तरी क्षेत्रमा पर्ने काचिन राज्यको हपाकान्तमा पहिरो गएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् ।

मृत्यु भएकाहरु स्थानीय एक कारखानाका कर्मचारी र सुरक्षाकर्मीहरु रहेका छन् । स्थानीय समय अनुसार दिउँसो २ बजे पहिरो गएको थियो ।

उद्धारकर्ताहरुले १३ जनाको शव भेटिएको र अरु पाँच जना अझै हराइरहेको विभागीय कर्मचारीहरुले बताएका छन् ।

घटनास्थलबाट दुई जना सुरक्षाकर्मीलाई उद्धार गरेर उपचारका लागि अस्पताल भर्ना गरिएको उनीहरुको भनाई छ ।खोजी तथा उद्धार कार्य जारी रहेको जनाइएको छ ।