• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   प्रधानमन्त्रीलाई काँग्रेसको जवाफ: तपाईंलाई जंगलबाट राजनीतिमा काँग्रेसले ल्याएको हो ★   रविलाई काँग्रेसको चेतावनी: काँग्रेसमाथिका लाञ्छना प्रमाणित गर्न नसके परिणाम राम्रो हुँदैन ★   सभामुखको कुर्सीमा पार्टीको कार्यकर्ता देख्यौँ: प्रमुख सचेतक शाही ★   नेपाली काँग्रेसले आउँदो चुनावमा आजको मूल्य चुकाउँछ: प्रधानमन्त्री दाहाल ★   सभामुखसँग प्रतिनिधि सभा बैठक सञ्चालन गर्नुको विकल्प थिएन: मन्त्री गिरी ★   काँग्रेसले लोकतन्त्रको भद्दा मजाक गर्‍यो: गृहमन्त्री लामिछाने ★   संसदमा सभामुख पार्टी विशेषको कार्यकर्ताको रुपमा प्रश्तुत भए: काँग्रेस ★   प्रिमियर लिगमा कसले कुन अवार्ड पाए ? ★   बजेट अभावमा खानेपानी आयोजना निर्माण ठप्प ★   पर्यटकीय नाढिमन ताल गौचरनमा परिणत

लक्ष्मी बैंक पार्टनरसिप फर कार्बन अकाउन्टिङ फाइनान्सियल्स (पिक्याफ) मा समावेश



काठमाडौँ । लक्ष्मी बैंकले दिगो वातावरणप्रतिको प्रतिवद्वतालाई निरन्तरता दिने क्रममा पछिल्लो कदमस्वरूप पार्टनरसिप फर कार्बन अकाउन्टिङ फाइनान्सियल्स (PCAF) मा सामेल भएको छ ।

PCAF हरितगृह ग्यास उत्सर्जनको मूल्याङ्कन र जानकारीमा सहयोग पुग्ने गरी विश्वभरका वित्तीय संस्थाहरु बीचको सहकार्य हो । साइन्स बेस्ड टार्गेट इनिसिएटिभले पनि PCAF को विधिलाई वित्तिय उत्पादनहरुको हरितगृह ग्यास उत्सर्जनको मूल्याङ्कन गर्ने विश्वयापी विधिको मान्यता दिएको छ ।

लक्ष्मी बैंकले PCAF मा सामेल भई नेट-शुन्य भविष्यतर्फ अग्रसर हुँदै COP26 मा नेपालको राष्टृय प्रतिबद्वतालाई समेत सहयोग पुग्नेछ । यस साझेदारीले जिम्मेवारीपूर्वक व्यवसाय सञ्चालनके माध्यमबाट वातावरणीय प्रभावलाई कम गर्ने बैंकको लामो समयदेखिको प्रतिबद्धतालाई पुनर्विम्वित गरेको छ।

'हाम्रो व्यवसायबाट हुने वित्तिय उत्सर्जनको मापन र रिपोर्टिङले हाम्रो जोखिम मूल्याङ्कन र जलवायु रणनीतिलाई मार्गदर्शन गर्न मद्दत पुग्ने हाम्रो विश्वास छ,' लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजय शाहले भन्नुभयो, “PCAF दिगो पर्यावरणको संरक्षणका लागि बैंकको ‘ओरेन्ज लभ्स ग्रीन’ पहलसँग समेत जोडिएको छ, । तसर्थ, हामी हाम्रा भावी पुस्ताका लागि संरक्षण प्रवर्द्धन गर्न ठोस र अर्थपूर्ण कार्यहरू गर्न प्रतिबद्ध छौँ।'