१० भाद्र २०८३, बुधबार
,
Latest
ग्यालेक्सी पब्लिक स्कुलले सार्वजनिक गर्‍यो दोस्रो फुटसल प्रतियोगिताको ट्रफी र आधिकारिक खेल बल एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय विपद् उद्धार तथा राहतका लागि ‘सेतु’ प्रणालीमार्फत सहयोग माग गर्न सकिने बाढी प्रभावित विद्यालयको पुनःस्थापनामा सहकार्य गर्ने प्याब्सनको घोषणा पालुङटारबाट गोसाइँकुण्ड गएका ३१ जना यात्रु सम्पर्कविहीन भोटेकोशी बाढीः हालसम्म ९५ जनाको मृत्यु प्रधानमन्त्रीलाई राष्ट्रपतिको फोन : खोज, उद्धार र विपद्मा परेका नागरिकको उद्धारमा सबै संयन्त्र प्रयोग गर्नुहोस् कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न ,राज्य आफ्ना सम्पूर्ण साधन र स्रोतका साथ तपाईंहरूकै साथमा छ बाढी प्रभावितको उद्धार, उपचार र पुनःस्थापनाको पूर्ण जिम्मेवारी सरकारले लिन्छ: प्रधानमन्त्री शाह रसुवा बाढीः उद्धार तथा राहतको लागि रास्वपाले सरकारलाई ५० लाख आर्थिक सहयोग गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढी प्रभावितलाई राहत वितरण



अ+ अ-

सर्लाही । गोडैता नगरपालिकामा बाढीबाट प्रभावित भएकालाई राहत वितरण गरिएको छ । सेभ द चिल्ड्रेन नेपालको सहयोगमा राष्ट्रिय रोजगार प्रवद्र्धनको सहजीकरण तथा गोडैता नगरपालिकाको समन्वयमा आइतबार बाढीबाट प्रभावित भएका ३३० लाई राहत वितरण गरिएको हो ।

गोडैता नगरपालिकाका प्रमुख देवेन्द्रकुमार यादवले बाढी प्रभावितलाई राहत हस्तातरण गर्नुभएको थियो । जनही रु सात हजार बराबरको समान वितरण गरिएको राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्रका कार्यक्रम संयोजक सुजितकुमार चौधरीले जानकारी दिनुभयो ।

वितरण गरिएको सामग्रीमा खानेपानीको फिल्टर, डोरी, त्रिपाल, झुल, महिला तथा विद्यार्थी कीट रहेको छ । यसअघि साउन ३ गते पनि २०७ जना बाढी प्रभावितलाई सेभ द चिल्ड्रेन नेपालको आर्थिक सहयोगमा गोडैता नगरपालिकामा राहत वितरण गरिएको थियो ।