६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

गारेथ बेल चीनियाँ क्लबमा नजाने, रियल म्याड्रिडमै रहने



अ+ अ-

काठमाडौं । वेल्सका प्रभावशाली खेलाडी गारेथ बेल स्पेनिस क्लब रियल म्याड्रिडमै रहने भएका छन् । एक दिनअघिसम्म बेलले ३ वर्षका लागि चीनियाँ क्लबमा कीर्तिमानी रकममा अनुबन्ध हुन खोजेको समाचार बाहिरिएको थियो ।

स्पेनिस क्लब रियल म्याड्रिडले आइतबार बेललाई चीन पठाउने प्रक्रिया रद्द गरिदिएपछि बेल रियल म्याड्रिडमै बस्ने पक्का भएको हो ।

३० वर्षीय बेल रियलका प्रशिक्षक जिनेदिन जिदान उनीप्रति अनुदार देखिएका कारण रियल छाड्ने निर्णय नजिक पुगेका थिए । प्रशिक्षक जिदानले नयाँ सिजनमा गेराथ बेललाई टोलीमा राख्न चाहँदैनथे ।

बेल सन् २०१३ मा ९४.३ मिलियन युरोमा टोटनह्यामबाट मड्रिड आएका थिए । उनले मड्रिडको लागि ४ वटा च्याम्पियन्स लिग, एउटा ला लिगा टाइटल, एउटा कोपा डेल रे, ३ वटा यूईएफए सुुपरकप र ३ वटा क्लब वल्र्डकप जिताएका छन् ।

अन्तिम सिजनमा बेलले मड्रिडका लागि ४२ खेल खेल । गएको सिजन मड्रिडको लागि त्यति राम्रो भएन । १२ वटा खेलमा हार व्यहोरेको मड्रिडले ६८ अङ्क जोडेर तेस्रो स्थानमा आएको थियो ।

१६ वर्षको उमेरमा साउथह्याम्टनबाट डेब्यू गरेका बेल २००७ मा टोटनह्याम गए । उनले टोटनह्याममा रहेर ६ सिजन खेले । मड्रिडमा आउनुुभन्दा अगाडी बेल टोटेनहामबाट युुनाइटेड अनि बार्यन म्युुनिखमा जाने चर्चा चलेको थियो ।