४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर

उद्योगले प्रदूषण निम्त्याएको भन्दै स्थानीयवासी आन्दोलित

उद्योगले प्रदूषण निम्त्याएको भन्दै स्थानीयवासी आन्दोलित
अ+ अ-
फाइल फोटो

नवलपरासी । उद्योगले प्रदूषण निम्त्याएको भन्दै स्थानीयवासी आन्दोलित बनेका छन् । नवलपरासीपूर्व नवलपुरको देवचुली नगरपालिकामा रहेको चौधरी उद्योग ग्रामबाट निस्कने धुलोले स्वास्थ्यसहित जनजीवनमा नै समस्या पारेको भन्दै स्थानीयवासी आन्दोलित बनेका हुन् ।

चौधरी गु्रपको चौधरी गु्रप अफ इण्डष्ट्रियल उद्यान दुम्कौलीभित्र सञ्चालनमा रहेको भुसे बोइलरबाट अध्यधिक मात्रामा खरानी निस्कने गरेको र यसले जनजीवन नै प्रभावित भएको भन्दै स्थानीयवासी आन्दोलित बनेका हुन् । स्थानीयवासीले उद्योगबाट निस्कने धुलो, धुँवाको उचित व्यवस्थापन गर्न उद्योगले पहल नगरेको भन्दै सोमबार उद्योग अगाडि एक घण्टा धर्नासमेत दिएका थिए ।

उद्योगले धुलो, धँुवा व्यवस्थापनका लागि कुनै पहल नगर्दासम्म दैनिकरूपमा एक घण्टा उद्योग अगाडि धर्ना दिने स्थानीयवासी सुकमाया विश्वकर्माले बताउनुभयो । उद्योगमा इन्धन उत्पादनका लागि बालिने भुसबाट खरानी उडेर घर, आँगन, करेसाबारी, खाना पकाउने भान्सासम्म पुग्ने गरेको विश्वकर्माले बताउनुभयो ।

“कपडा सुकायो खरानीले पुरिन्छ, भान्सामा पकाएको खानासमेत सफा हुन पाउँदैन”, स्थानीय सुकमायाले भन्नुभयो, “यसको नियन्त्रणका लागि उद्योगले कुनै पहल नगर्दा धेरै समस्या भएको छ ।” उद्योगबाट निस्कने खरानी धुलोले असर पु¥याएको भन्दै आफूहरुले उद्योग प्रशासनलाई पटक–पटक यसको व्यवस्थापनका लागि आग्रह गर्दासमेत कुनै सुनुवाइ नभएपछि आन्दोलित हुनुपरेको मिलन टोल सुधार समितिका अध्यक्ष चिनीबहादुर सुनारले बताउनुभयो ।

उद्योग प्रशासनसँग छलफल गर्दा अध्यधिक खरानी धुलो उड्ने समस्या समाधानका लागि पहल गर्ने मौखिक आश्वासन दिने गरेको भए पनि नियन्त्रणमा भने कुनै काम नभएको अध्यक्ष सुनारले बताउनुभयो । उद्योगबाट धुलोसँगै दुर्गन्धसमेत फैलिएको प्रति स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन् । उनीहरुले उद्योग प्रशासनले यसको व्यवस्थापनका लागि पहल नगरे थप कडा आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् ।

उद्योगले भने स्थानीयवासीले भनेजस्तो मापदण्डविपरीत धुलो निस्किने नगरेको बताएको छ । उद्योगका जनसम्पर्क अधिकृत रामचन्द्र धितालले स्थानीयवासीले भनेअनुसार उद्योगबाट धुलो निस्किने नगरेको बताउनुभयो । उद्योगले अहिले आधुनिक प्रविधिबाट ऊर्जा उत्पादन गर्ने गरेको तर सो प्रविधिको चार÷पाँच महीनामा मर्मत गर्नुपर्ने र मर्मतको समयमा केही दिन भुसे बोइलर सञ्चालन गरिने गरेको उहाँले बताउनुभयो । मर्मतको समय केही दिन यसको सञ्चालन गरिए पनि यसबाट समेत सामान्य धुलो उड्ने गरेको तर मापदण्डविपरीत नै धुलो निस्कने नगरेको जनसम्पर्क अधिकृत धितालले बताउनुभयो । उहाँले यो अवधिमा स्थानीयवासीलाई यसको पूर्वसूचना दिएर मर्मत गरिने गरेको बताउनुभयो ।