एजेन्सी । कोरोना भाइरसको ओमिक्रोन भेरियन्टबाट बेलायतमा एक संक्रमितले ज्यान गुमाएका छन् ।
प्रधानमन्त्री बोरिस जोन्सनले नयाँ भेरियन्टबाट एकजनाको मृत्यु भएको पुष्टि गरेका हुन् । यस्तै, उनले नागरिकलाई बुस्टर डोज खोप लगाउन आग्रह समेत गरेका छन् ।
बोरिस जोन्सनले भनेका छन्‚ ‘नयाँ भेरियन्टका कारण अस्पतालमा निकै भर्ना हुन थालेका छन्। सबैभन्दा राम्रो कुरा उनीहरूले बुस्टर मात्रा पाउनेछन्।’