२३ पुष २०८१, मंगलवार
,
Latest
पर्यटकीयस्थल घोडेपानीमा हिमपात ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा १८ हजार बृक्षारोपण गर्ने घोषणा सभापति देउवा र अध्यक्ष लिङ्देनबीच भेटवार्ता दिपेन्द्र सिंह ऐरीलाई युवा संघको सम्मान समितिबाट एक वर्षसम्म पनि एउटा विधेयक पारित गर्न नसक्नुले सांसदमाथि नै प्रश्न उठ्छः मन्त्री भण्डारी अध्यक्ष ओली र महासचिव पोखरेलको प्रतिवेदन पारित गर्दै एमाले बैठक समापन कलाकारलाई सम्मान गर्नु राज्यको दायित्वः उपप्रधानमन्त्री सिंह माओवादी बैठकमा जनार्दनले भनेः अध्यक्ष पनि निर्वाचन प्रक्रियाबाट चुनिनुपर्छ हमासले ३४ बन्दी रिहा गर्दै : पहिलो चरणमा महिला, बृद्धबृद्धा र बालबालिका , बिपीन रिहाइको… नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेलम्चीको १० नम्बर वडा कार्यालयमा आगजनी



अ+ अ-

काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका १० कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ । आगजनीबाट कार्यालयका सम्पूर्ण कागजपत्र र फर्निचर जलेर नष्ट भएका छन् ।

बुधबार बिहान साढे तीन बजेदेखि चार बजेको बीचमा आगजनी भएको छ । आगो लागेको जानकारी पाएलगत्तै स्थानीयले आगो निभाउन खटिएका थिए ।

वडाअध्यक्ष भक्तबहादुर खड्काका अनुसार एउटा हल र दुई कोठा भएको भवनभित्रका सबै सामान कामै नलाग्ने गरी जलेका छन् । भवनभित्र दराज, सोफा, कम्प्युटर, प्रिन्टर, कागजपत्र लगायतका सामान थिए ।

मेलम्ची प्रहरी कार्यालयका इन्सपेक्टर महेन्द्र दर्नालले बिहान ६ बजेतिर आफूले घटनाबारे जानकारी पाएको अनुसन्धान गरिरहेको बताए । ‘ताल्चा काटेर भित्र भएका सबै कागजपत्र एकै थुप्रो लगाएर जलाएको देखिन्छ, सबै कुरा योजनापूर्वक गरेको देखियो,’ निरीक्षक दर्नालले भने।