१३ असार २०८३, शनिबार
,
Latest
हप्तामा पाँच कार्यदिन कायम हुँदा मुद्दा व्यवस्थापनमा चुनौतीः न्यायाधीश श्रीकान्त पौडेल सुशासनका लागि खबरदारी गर्न ‘पारदर्शी समाज’ गठन अमेरिकी शैलीमा विश्वकपको उत्सव मनाउँदै समर्थक माईतीघरमा दृष्टिबिहीनहरूको धर्ना छैटौं दिनमा जारीः सरकारको ध्यानाकर्षण नभएको गुनासो नवप्रवर्तन र दिगो औद्योगिक विकासमार्फत साना तथा मझौला उद्यमलाई सशक्त बनाउन आह्वान न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा सैद्धान्तिक विरोधाभासको ‘चक्रव्यूह’मा रास्वपा काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि आठ विश्वविद्यालयका उपकुलपति छनोटका लागि अन्तर्वार्ता र प्रस्तुतीकरण सुरु नेपाली सेनाद्वारा बागमती ड्याममा मनसुनजन्य विपद् प्रतिकार्य तयारी अभ्यास सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुट–उपगुट बिर्सेर विवेक प्रयोग गर्नुस् – शेखर कोइराला



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका प्रत्यासी शेखर कोइरालाले महाधिवेशन प्रतिनिधिहरुलाई गुट–उपगुट बिर्सेर विवेक प्रयोग गर्न आह्वान गरेका छन् । 

आसन्न १४ औं महाधिवेशनमा सभापति पदमा कसैको बहुमत नआएपछि दोस्रो चरणको चुनावमा होमिएका कोइरालाले पत्रकार सम्मेलन गर्दै यस्तो आह्वान गरेका हुन् ।

आफूनिकट नेताहरूसहित आयोजना गरिएको पत्रकार सम्मेलनमा कोइरालाले जुनसुकै परिणाम आए पनि सहर्ष स्वीकार्ने बताएका छन् ।

‘यो स्वस्थ प्रतिस्पर्धा हो । कसले कसलाई समर्थन गर्छ त्यो महत्पपूर्ण होइन । महाधिवेशन प्रतिनिधिको विवेक महत्वपूर्ण हो ।’ कोइरालाले भने, ‘म कांग्रेसको समग्र जीवन सुधार्ने र अव्यवस्थाको चाङ हटाउने प्रयास गर्नेछु । म रुपान्तरण र पुनर्जागरणको कुरा गरेर आएको छु । मेरो देश, नेपाली जनता र लोकतन्त्रको सुनिश्चित गर्न सम्पूर्ण जीवन व्यतित गर्छु ।’ 

मंगलबार अपराह्न ३ः३० देखि साँझ ७ः३० बजेसम्म सभापतिमा पुनः मतदान गर्ने कांग्रेसको तयारी गरेको छ । पुनः मतदान हुँदा प्रतिस्पर्धामा रहेको शेर बहादुर देउवा र कोइरालामध्ये बढी मत प्राप्त गर्ने उम्मेदवार विजयी हुनेछ ।