१३ असार २०८३, शनिबार
,
Latest
हप्तामा पाँच कार्यदिन कायम हुँदा मुद्दा व्यवस्थापनमा चुनौतीः न्यायाधीश श्रीकान्त पौडेल सुशासनका लागि खबरदारी गर्न ‘पारदर्शी समाज’ गठन अमेरिकी शैलीमा विश्वकपको उत्सव मनाउँदै समर्थक माईतीघरमा दृष्टिबिहीनहरूको धर्ना छैटौं दिनमा जारीः सरकारको ध्यानाकर्षण नभएको गुनासो नवप्रवर्तन र दिगो औद्योगिक विकासमार्फत साना तथा मझौला उद्यमलाई सशक्त बनाउन आह्वान न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा सैद्धान्तिक विरोधाभासको ‘चक्रव्यूह’मा रास्वपा काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि आठ विश्वविद्यालयका उपकुलपति छनोटका लागि अन्तर्वार्ता र प्रस्तुतीकरण सुरु नेपाली सेनाद्वारा बागमती ड्याममा मनसुनजन्य विपद् प्रतिकार्य तयारी अभ्यास सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको अवरोधकैबीच कानुनमन्त्रीद्वारा ६ अध्यादेश पेश



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोधैबीच सरकारले प्रतिनिधि सभाको पहिलो बैठकमा ६ वटा अध्यादेश पेश गरेको छ ।

प्रतिनिधि सभाको पहिलो बैठकमा संसद् नभएको समयमा ल्याइएका अध्यादेश पेश गर्ने संविधानको व्यवस्था अनुसार कानुनमन्त्री दिलेन्द्रप्रसाद बडुले अध्यादेश पेश गरेका हुन्।

संविधानमा यसरी जारी भएका अध्यादेश प्रतिनिधि सभाको बैठकमा पेस भएको ६० दिनभित्र प्रतिस्थापन विधेयक ल्याउनुपर्ने उल्लेख छ ।

कानुनमन्त्री बडुले नेपाल प्रहरी र प्रदेश प्रहरी, सामाजिक सुरक्षा, रेल्वे अध्यादेश, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन सम्बन्धी, यौन हिंसा विरुद्धका केही कानुनलाई संशोधन गर्न बनेको ऐनहरुको संशोधन गर्ने अध्यादेश र फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐनहरुलाई संशोधन गर्न बनेको अध्यादेश पेश गरेका छन् ।