१३ आश्विन २०८१, आईतवार
,
Latest
झ्याप्ले खोलामा पहिरो हटाइयो, ४८ घण्टापछि सडक दुईतर्फी खुल्यो बाढीपहिरो र डुबानमा परी देशभर एक सय ७० जनाको मृत्यु, ४२ जना अझै बेपत्ता सिधा कुरा प्रकरण: अदालतले मानहानी गरेको ठहर पछि प्रकाशक र सम्पादक जेल चलान बिपत्तिमा पनि उडान सुचारु गरेर यात्रुलाई सहज यात्राको अवसर दिऔ: चाइना साउदर्न सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको अवरोधकैबीच कानुनमन्त्रीद्वारा ६ अध्यादेश पेश



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोधैबीच सरकारले प्रतिनिधि सभाको पहिलो बैठकमा ६ वटा अध्यादेश पेश गरेको छ ।

प्रतिनिधि सभाको पहिलो बैठकमा संसद् नभएको समयमा ल्याइएका अध्यादेश पेश गर्ने संविधानको व्यवस्था अनुसार कानुनमन्त्री दिलेन्द्रप्रसाद बडुले अध्यादेश पेश गरेका हुन्।

संविधानमा यसरी जारी भएका अध्यादेश प्रतिनिधि सभाको बैठकमा पेस भएको ६० दिनभित्र प्रतिस्थापन विधेयक ल्याउनुपर्ने उल्लेख छ ।

कानुनमन्त्री बडुले नेपाल प्रहरी र प्रदेश प्रहरी, सामाजिक सुरक्षा, रेल्वे अध्यादेश, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन सम्बन्धी, यौन हिंसा विरुद्धका केही कानुनलाई संशोधन गर्न बनेको ऐनहरुको संशोधन गर्ने अध्यादेश र फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐनहरुलाई संशोधन गर्न बनेको अध्यादेश पेश गरेका छन् ।