७ पुष २०८२, सोमबार
,
Latest
भिरबाट लडेर एकको मृत्यु निर्धारित मितिमै निर्वाचन हुन्छः मन्त्री घिसिङ निर्वाचन सार्ने प्रयास स्वीकार्य हुँदैनः नेकपा नेता पुन एमसीए–नेपालद्वारा २३.६६ मिलियन डलरका दुई सडक मर्मत सम्झौता ओलीमाथि रविको कटाक्षः गुन तिर्न अदालत धाउँदैछु काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौतिः रास्वपा सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोडेपछिको मूल्याङ्कन गरिंदै धुरन्धर २०२५ को दोस्रो सर्वाधिक कमाई गर्ने चलचित्र, रणवीरको करिअरकै पहिलो मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

आफू अपहरणमा परेको हल्ला चलाएको आरोपमा दुई जना पक्राउ



अ+ अ-

वीरगन्ज । आफू अपहरणमा परेको हल्ला चलाएको आरोपमा दुई जना पक्राउ परेका छन् पक्राउ पर्नेमा पर्साको विन्दवासिनी गाउँपालिका–४ मधुवल घर भएका २३ वर्षीय उपनेस चौरिसया र उत्तम भनिने निरन्जन तिवारी रहेका छन् ।

मंगलबार (साउन १४ गते) चौरिसया घरबाट आफैं मोटरसाइकल चलाएर निस्किएका थिए ।सोही दिन उनी सीमावर्ती भारतीय शहर रक्सौल पुगे । केही साथीलाई पनि त्यहाँ बोलाए ।

घरबाट आफैं मोटरसाइकल चलाएर निस्किएका उपनेशबारे वीरगन्जमा हल्ला अपहरणमा परेको हल्ला चलेको थियो।उपनेशको अपहरण भएको भन्ने हल्ला चलेपछि प्रहरीले उनका साथी उत्तम भनिने निरन्जन तिवारीलाई नियन्त्रणमा लिएर सोधपुछ थाल्यो ।

प्रहरीले सोधपुछ शुरु गरेपछि निरन्जनले वास्तविक कुरा बताएका थिए । जिल्ला प्रहरी कार्यालयका पर्साका अनुसार अहिले दुवै जनामाथि थप अनुसन्धान भइरहेको छ ।