१३ असार २०८३, शनिबार
,
Latest
माईतीघरमा दृष्टिबिहीनहरूको धर्ना छैटौं दिनमा जारीः सरकारको ध्यानाकर्षण नभएको गुनासो नवप्रवर्तन र दिगो औद्योगिक विकासमार्फत साना तथा मझौला उद्यमलाई सशक्त बनाउन आह्वान न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा सैद्धान्तिक विरोधाभासको ‘चक्रव्यूह’मा रास्वपा काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि आठ विश्वविद्यालयका उपकुलपति छनोटका लागि अन्तर्वार्ता र प्रस्तुतीकरण सुरु नेपाली सेनाद्वारा बागमती ड्याममा मनसुनजन्य विपद् प्रतिकार्य तयारी अभ्यास सञ्चालन लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका अधिकार कार्यान्वयनमा अझै चुनौतीः सरोकारवाला ऋण असुलीबाट तुलसी सहकारीका १५८ बचतकर्ताले पाए रकम भूकम्प प्रभावित भेनेजुएलाको उद्धारका लागि स्पेनद्वारा ५४ सदस्यीय आपत्कालीन टोली परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुसी राष्ट्रपतिले खुलासा गरे जीवनको रहस्य, पैसाका लागि ट्याक्सी चालक बनेँ



अ+ अ-

मस्को । विश्वका शक्तिशाली नेतामध्येका रुसी राष्ट्रपति भ्लादिमिर पुटिन एक समय पैसा कमाउन ट्याक्सी चालक समेत बनेका थिए । आफ्नो व्यक्तिगत जीवनलाई संसारबाट लुकाएर राख्ने पुटिनले एक वृत्तचित्रमा आफ्नो जीवनसँग सम्बन्धित धेरै गोप्य खुलासा गरेका छन् । सोभियत सङ्घको विघटनपछि आफ्नो समस्या बढेको र थप पैसा कमाउनका लागि ट्याक्सी चालकको काम गर्नुपरेको उनले बताएका छन् । 

वास्तवमा सन् १९९० को दशकमा सोभियत सङ्घको पतनपछि मुलुकको अर्थतन्त्र विनाशको किनारमा पुगेको थियो । यसले धेरै रुसीहरुलाई बाँच्नका लागि पैसा कमाउने नयाँ तरिकाहरु खोज्न बाध्य तुल्याएको थियो । सन् १९९१ मा सोभियत सङ्घको पतनलाई पुटिनले ऐतिहासिक रुसको पतन भएको बताए । पुटिनले पहिलादेखि नै सोभियत सङ्घको पतनलाई राष्ट्रिय विपत्तिका रुपमा मान्दै आएका छन् । 

पुटिनको भनाइले युक्रेनका सम्बन्धमा उनको नियत के हो भन्ने अनुमान फेरि बढेको छ । रुसले युक्रेनी सीमामा ९० हजार सेना तैनाथ गरेको छ । यसले रुसले आक्रमण गर्ने तयारी गरिरहेको त छैन भन्ने डर उत्पन्न गरेको छ । पुटिन र उनका सहयोगीहरूले यसलाई अस्वीकार गर्दै युक्रेनमाथि उत्तेजित गराएको आरोप लगाएका छन्। रुसले नेटोको विस्तार पूर्वमा नहोस् भनेर यस्तो कदम चालेको बताएको छ । पुटिनले वृत्तचित्रमा भनेका छन्, ‘सोभियत सङ्घको नतिजा के हो ? यो सोभियत सङ्घ भनेर चिनिने ऐतिहासिक रुसको विघटन हो।’

उनले भने, ‘कहिलेकाहीँ अतिरिक्त पैसा पनि कमाउनु पर्थ्यो । मेरो मतलब निजी चालकका रूपमा अतिरिक्त पैसा कमाउनु हो।’ पुटिनले पहिलो पटक आफूले ट्याक्सी चालकका रुपमा काम गरेको खुलासा गरेका छन् । त्यतिबेला रुसमा ट्याक्सी निकै कम थिए र पुटिनले त्यसको फाइदा उठाए। 

रुसी राष्ट्रपतिले यसअघि गुप्तचर एजेन्सी केजीबीको एजेन्टका रुपमा काम गरिसकेका छन् । सबैलाई यसको बारेमा थाहा छ तर अन्य जानकारी अझै गोप्य छ।