काठमाडौं । पहिलो चरणबाट सभापति चयन हुन नसकेपछि नेपाली कांग्रेसको दोस्रो चरणको मतदान सुरु भएको छ ।
भृकुटीमण्डपस्थित मतदानस्थलमा अपरान्ह पौने चार बजेबाट मतदान सुरु भएको हो ।
कांग्रेसकी बयोवृद्धा प्रतिनिधि शान्ति कार्कीले पहिलो भोट खसाएसँगै मतदान सुरु भएको छ ।
यस्तै, प्रधानमन्त्री तथा सभापतिका प्रत्यासी शेरबहादुर देउवाले पनि भोट खसाइसकेका छन् भने अर्का प्रत्यासी शेखर कोइराला पनि मतदानका लागि उपस्थित भइसकेका छन् ।
देशभरका कांग्रेस प्रतिनिधिहरू सभापति चयन गर्नका लागि मतदानस्थलमा लाइनवद्ध भइसकेका छन् । हिजो भएको मतदानमा कसैले पनि बहुमत ल्याउन नसकेपछि आज दोस्रो चरणको मतदान भएको हो ।
पहिलो चरणमा पराजित उम्मेदवारत्रय प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले देउवालाई समर्थन गर्ने घोषणा गरिसकेका छन् ।