• २२ असार २०८१, शनिबार
  •      Sat Jul 6 2024
  •   Unicode
Logo

शाही आदेशपछि अब महिलाले स्वतन्त्र यात्रा गर्न पाउने



काठमाडौं । साउदी अरबमा महिला अब कुनै पुरुष अभिभावकको अनुमतीबिना नै विदेश यात्रा गर्न सक्नेछन् । शुक्रबार यसबारे शाही आदेश जारी गरेको छ ।

नयाँ नियम अनुसार अब २१ वर्ष माथिका महिलाले कुनै पुरुष अभिभावकको मञ्जुरीबिना नै पासपोर्टका लागि आवेदन दिन सक्छन् ।

अर्थात्, अब साउदी अरबमा सबै वयस्कले विदेश यात्राका लागि पासपोर्टका लागि निवेदन दिन सक्छन् । यसमा महिला र पुरुषबीच भेदभाव हुनेछैन ।

शाही आदेशका अनुसार अब महिलालाई आफ्नो बच्चाको जन्म, आफ्नो विवाह र सम्बन्धविच्छेदका लागि रजिस्टर गर्ने अधिकार हुनेछ ।

साथै जागिरमा महिलालाई थप अवसर दिने कुरा भनिएको छ । नयाँ नियम अनुसार देशका सबै नागरिकलाई कुनै भेदभाव बिना नै काम गर्ने अधिकार हुनेछ ।

अहिलेसम्म साउदी अरबमा महिलालाई विदेश यात्रामा जान वा पासपोर्टका लागि निवेदन दिन कुनै पुरुष अभिभावक ९श्रीमान्, पिता वा अन्य पुरुष आफन्त० बाट अनुमती लिनु पर्दथ्यो ।

साउदी अरबका शासक राजकुमार मोहम्मद बिन सलमानले यसअघि पनि विभिन्न सुधारको घोषणा गरेका थिए । यसमा महिलालाई गाडी चलाउनमा लगाइएको प्रतिबन्ध हटाउनु पनि संलग्न छ ।

सन् २०१६ मा उनले २०३० सम्म देशको अर्थव्यवस्थामा सुधारको योजनाको घोषणा गरेका थिए । यसको एउटा उद्देश्य कामकाजी महिलाको संलग्नता २२ प्रतिशतबाट बढाएर ३० प्रतिशत गर्नु थियो ।

यद्यपि, साउदी अरबमा यस्ता विभिन्न हाई प्रोफाइल मामला पनि छन् जसमा महिलाले प्रताडनाको आरोप लगाउँदै क्यान्डाजस्ता अन्य देशमा शरण मागेका छन् ।

यसै वर्ष जनवरीमा क्यानडाले १८ वर्षीया रहाफ मोहम्मद अल कुनूनलाई शरण दियो । उनी साउदी अरबबाट भागेर अष्ट्रेलिया जाने कोसिसमा थिइन् । तर थाइल्याण्डको राजधानी बैंककमा एयरपोर्टमा एक होटलमा उनी फसिन् र उनले सहायताको अपिल गरिन् ।