२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीः कर्तव्य पालनाका सिलसिलामा मृत्यु भएका सशस्त्र प्रहरीका परिवारलाई २५ लाख राहत भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति नेता ठाकुरको पेसमेकर परिवर्तन शल्यक्रिया सफल रसुवामा अस्ताएका मामा र भान्जाको कुशको शव बनाएर दाहसंस्कार बाढीपीडितको उद्धारमा ढिलाइ भएको भन्दै रामकुमारी झाँक्रीको प्रश्न: ‘कति मान्छे मार्यौ? हत्यारा को हो?’ कास्की पहिरो अपडेटः दुई कामदारको मृत्यु युद्धका कारण युक्रेनको वित्तीय संकट गहिरिँदै, ३२ अर्ब ६ करोड डलर अपुग हुने सुडानमा दुई छुट्टाछुट्टै आक्रमणमा कम्तीमा २६ जनाको मृत्यु, दर्जनौँ घाइते वागमती प्रदेशका उद्योगमन्त्री प्रजापतीको प्रश्न – अधिकार नदिने भए प्रदेश सरकार किन राख्ने ? ग्यासको चर्चामा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि ओझेलमा परेको पूर्वराज्यमन्त्री दुगडको भनाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मटिहानीमा झुलनोत्सव पर्व



अ+ अ-

गौशाला । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–७स्थित प्रसिद्ध लक्ष्मीनारायण मठमा परम्परागत रुपमा मनाउँँदै आइएको पौराणिक झुलनोत्सव पर्व आजदेखि शुरु भएको छ । आउँदो पूर्णिमा दिनसम्म मनाइने सो पर्वका अवसरमा मटिहानीस्थित लक्ष्मीनारायण मठबाट प्रत्येक दिन कलात्मक पालकीमा बाजागाजाका साथ भगवान् रामसीताको मूर्ति राखी भजन किर्तन गर्दै झुलाघरमा लगिने गरिन्छ ।

उक्त मठका साथै जनकपुरधाम, सर्लाही, सिराहा, सप्तरी र भारतको तिरहुत क्षेत्र र बिहारका विभिन्न मठमन्दिरमा झुला पर्व धुमधामका साथ मनाउने गरिन्छ । झुला घरमा रामसिताको मूर्ति राखी धार्मिक गीत र भजन किर्तनका साथ राति अबेरसम्म झुला झुलाउने गरिएको उक्त मठका महन्थ जगन्ननाथ दास वैष्ण्वले बताए ।

भगवान् रामसीता साउन महीनामा यसैगरी झुलामा झुलेको सम्झना गर्दै झुलनोत्सवका साथै मटिहानीमा मेलासमेत आयोजना गरिएको छ । मेला भर्न र भगवान् रामसीताको भुलनोत्सवमा सहभागी हुन नेपाल भारतका श्रद्धालुहरुको भिड लाग्ने गर्छ । सिंहासन निर्माण गरी सजाइएको गद्दीमा रामसिता र लक्ष्मीनारायणलगायत मूर्तिलाई बाजागाजाका साथ झुलाउने गरिन्छ ।

मिथिला क्षेत्रमा रोपाइँ सकिने वित्तिकै आयोना गरिने यो पर्वमा प्रत्येक मठमन्दिरमा कजरी र मलारजस्ता गीतको स्वरलहरी सुनिन्छ । झुलाका समयमा सहभागीहरू भजन किर्तन, नाच गान र रामलीला गरेर मध्यरातसम्म जाग्राम बस्ने गर्दछन् । झुला पर्व त्रेतायुगदेखि नै प्रारम्भ भएको मानिन्छ । जोगी सन्यासीहरुले पनि आफ्ना आराध्यदेवलाई खेलाइ झुलाउने परम्परा छ । वृन्दावनमा पनि यो झुला कृष्णलीलाका रुपमा मनाइन्छ ।