३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड

जब आकाशमै यात्रु बेहोस भए…

जब आकाशमै यात्रु बेहोस भए…
अ+ अ-
फाइल तस्बीर

काठमाडौँ । बुद्ध एयरको एटीआर विमान नेपालगन्जबाट काठमाडौंतिर उडिरहेको थियो । नारायणीदेखि उत्तरपश्चिमको पहाडमाथि आकाशमा पुग्दा विमान १५ हजार ५ सय फिट उचाइमा थियो । जहाजभित्र एयरहोस्टेस कृति झा र सुरक्षा अधिकारी यात्रुलाई पानी बाँड्दै थिए ।

जहाजको मध्यभागमा एक यात्रु एक्कासि बेहोस भएपछि खैलाबैला भयो । १३ नम्बरको सिटमा बसिरहेका ती यात्रु थिए, सुर्खेतका ६० वर्षीय तप्तबहादुर बिष्ट जो पूर्वराज्यमन्त्री हुन् । छेउछाउका यात्रुले चिच्याएपछि एयरहोस्टेस कृति त्यहाँ पुगिन् । मुखबाट बान्ता निस्किएको अवस्थामा बिष्ट सिटमै बेहोस थिए । कृतिले ककपिटमा क्याप्टेन इर्साद उद्धिनलाई इन्टरकमबाट खबर गरिन् । त्यस बेला जहाज कोपाइलट सुमित शुक्लाले उडाइरहेका थिए ।

क्याबिनक्रुले यात्रुको अवस्था असामान्य रहेको रिपोर्टिङ गरेपछि जहाज उडानको कमान्ड क्याप्टेन उद्धिनले सम्हाले । १० वर्षदेखि बुद्धको एटीआर उडाइरहेका उनले त्रिभुवन विमानस्थलस्थित टावरलाई खबर गरे । आफ्नो जहाज आपतकालीन अवस्थामा रहेकाले प्राथमिकता दिन आग्रह गरे । उनले ‘मेडिकल इमर्जेन्सी’ पनि मागे । त्यसपछि एटीसीले जहाजलाई थप निगरानीमा राख्यो ।

क्याप्टेनले जहाजभित्रको अवस्थाबारे पनि इन्टरकमबाट रिपोर्टिङ लिइरहेका थिए । कृति र सुरक्षाले जहाजभित्र रहेका यात्रुमध्ये कोही डाक्टर वा मेडिकल पर्सन भएरनभएको सोधीखोजी गरे । कोही पनि रहेनछन् । बेहोस बिष्टलाई कार्डियो पल्मोनरी रिससिटेसन–सीपीआर (छाती थिचेर सास फर्काउने कार्य) गर्नुपर्ने भयो । धन्न, जहाजमा सीपीआर विधिबारे जानकार एक यात्रु भेटिए । उनी थिए अभीनित कनोडिया । बिष्टलाई सिटबाट झारेर ग्यालरीमा उतानो पारेर सुताइयो । कनोडियाले बिष्टको छातीमा पम्प दिए ।

उता क्याप्टेनले जहाज नेपालगन्ज फर्काउने निर्णय लिए र काठमाडौं टावरमा खबर गरे । उत्तरपश्चिममा उडिरहेको जहाज बादल छल्दै दक्षिण रुटतर्फ लाग्यो । धन्न, त्यति बेला उक्त रुटमा ट्राफिक थिएन । बुद्धकै अर्को जहाज भैरहवाबाट काठमाडौंका लागि उडेको थियो जुन धेरै अघि बढिसकेको थियो । क्याप्टेनले नजिकको विमानस्थलको दूरी हिसाब गरे, नेपालगन्ज ६० माइल, भैरहवा ४५ माइल र काठमाडौं १ सय ३० माइलको दूरीमा देखिए ।

५ मिनेट हाराहारी छाती पम्पिङ गरिएपछि बिष्ट होसमा आए । क्याप्टेनले जहाजलाई काठमाडौं नल्याई फर्काउने निर्णय लिइसकेका थिए । भैरहवा नजिक पर्ने भएकाले उनले एयरहोस्टेसमार्फत बिरामीका भाइ बलबहादुरलाई नेपालगन्ज वा भैरहवा कता फर्काउने भनी सल्लाह मागे । बिरामीका भाइ बलबहादुरले भैरहवामा अवतरण गराउँदा पनि हुने बताएपछि क्याप्टेन उद्धिनले भैरहवा टावरमा रहेका एयर ट्राफिकलाई डाक्टरसहितको एम्बुलेन्स तयार पार्न खबर गरे ।

क्याप्टेन उद्धिनले काठमाडौं टावरलाई पनि आफूले भैरहवामा अवतरण गर्ने निधो गरेको खबर टिपाए । उनले घटना भएको १५ मिटेनमा जहाज भैरहवा विमानस्थलमा कुशलतापूर्वक अवतरण गराए । त्यहाँ थियो विमानस्थलको एम्बुलेन्स । बुद्ध एयरको भैरहवा स्टेसन म्यानेजर दर्शन घिमिरेले बिरामीलाई तत्काल युनिभर्सल मेडिकल कलेज पुर्‍याए ।

बिरामीलाई एम्बुलेन्सले अस्पतालतर्फ लगेपछि क्याप्टेन उद्धिन नेपालगन्जबाट ल्याएका बाँकी ६९ यात्रु बाकेर काठमाडौं आए । उता युनिभर्सलमा भर्ना भएका बिरामी यात्रुलाई डाक्टरले थप उपचारका लागि काठमाडौं रिफर गर्‍यो । बेलुकी ८ बजे बलबहादुर आफ्ना दाजुलाई एम्बुलेन्समा राखेर काठमाडौंतर्फ लागेको समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।