२१ असार २०८३, आईतवार
,
Latest
अमेरिकाले भव्य रूपमा मनायो २५०औँ स्वतन्त्रता दिवस- फोटो फिचर कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु सरकारको १०० दिने कार्यसम्पादनबारे कांग्रेसले आज धारणा सार्वजनिक गर्ने पत्रकारिता क्षेत्रलाई नियन्त्रण गर्ने वा त्रसित बनाउने सरकारको सोच छैनः सञ्चारमन्त्री डा. तिमिल्सिना सुनचाँदीको मूल्यमा सामान्य गिरावट बर्दिबास नगरपालिकाले पूरा गर्‍यो साक्षरताका १२ सूचक, साक्षर नगर घोषणा निर्धारित समयमै सिक्टा सिँचाइ आयोजना सम्पन्न गर्न मन्त्री श्रेष्ठको जोड सरकारको सञ्चारमाध्यमप्रति हेर्ने दृष्टिकोणमा संकुचन आयोः अध्यक्ष शर्मा प्रेस स्वतन्त्रताको संवैधानिक सुनिश्चितताका बाबजुद सञ्चार क्षेत्रमा चुनौती कायमैः हरिहर विरही
तपाईं के खोज्दै हुनुहुन्छ ?

जब आकाशमै यात्रु बेहोस भए…



अ+ अ-
फाइल तस्बीर

काठमाडौँ । बुद्ध एयरको एटीआर विमान नेपालगन्जबाट काठमाडौंतिर उडिरहेको थियो । नारायणीदेखि उत्तरपश्चिमको पहाडमाथि आकाशमा पुग्दा विमान १५ हजार ५ सय फिट उचाइमा थियो । जहाजभित्र एयरहोस्टेस कृति झा र सुरक्षा अधिकारी यात्रुलाई पानी बाँड्दै थिए ।

जहाजको मध्यभागमा एक यात्रु एक्कासि बेहोस भएपछि खैलाबैला भयो । १३ नम्बरको सिटमा बसिरहेका ती यात्रु थिए, सुर्खेतका ६० वर्षीय तप्तबहादुर बिष्ट जो पूर्वराज्यमन्त्री हुन् । छेउछाउका यात्रुले चिच्याएपछि एयरहोस्टेस कृति त्यहाँ पुगिन् । मुखबाट बान्ता निस्किएको अवस्थामा बिष्ट सिटमै बेहोस थिए । कृतिले ककपिटमा क्याप्टेन इर्साद उद्धिनलाई इन्टरकमबाट खबर गरिन् । त्यस बेला जहाज कोपाइलट सुमित शुक्लाले उडाइरहेका थिए ।

क्याबिनक्रुले यात्रुको अवस्था असामान्य रहेको रिपोर्टिङ गरेपछि जहाज उडानको कमान्ड क्याप्टेन उद्धिनले सम्हाले । १० वर्षदेखि बुद्धको एटीआर उडाइरहेका उनले त्रिभुवन विमानस्थलस्थित टावरलाई खबर गरे । आफ्नो जहाज आपतकालीन अवस्थामा रहेकाले प्राथमिकता दिन आग्रह गरे । उनले ‘मेडिकल इमर्जेन्सी’ पनि मागे । त्यसपछि एटीसीले जहाजलाई थप निगरानीमा राख्यो ।

क्याप्टेनले जहाजभित्रको अवस्थाबारे पनि इन्टरकमबाट रिपोर्टिङ लिइरहेका थिए । कृति र सुरक्षाले जहाजभित्र रहेका यात्रुमध्ये कोही डाक्टर वा मेडिकल पर्सन भएरनभएको सोधीखोजी गरे । कोही पनि रहेनछन् । बेहोस बिष्टलाई कार्डियो पल्मोनरी रिससिटेसन–सीपीआर (छाती थिचेर सास फर्काउने कार्य) गर्नुपर्ने भयो । धन्न, जहाजमा सीपीआर विधिबारे जानकार एक यात्रु भेटिए । उनी थिए अभीनित कनोडिया । बिष्टलाई सिटबाट झारेर ग्यालरीमा उतानो पारेर सुताइयो । कनोडियाले बिष्टको छातीमा पम्प दिए ।

उता क्याप्टेनले जहाज नेपालगन्ज फर्काउने निर्णय लिए र काठमाडौं टावरमा खबर गरे । उत्तरपश्चिममा उडिरहेको जहाज बादल छल्दै दक्षिण रुटतर्फ लाग्यो । धन्न, त्यति बेला उक्त रुटमा ट्राफिक थिएन । बुद्धकै अर्को जहाज भैरहवाबाट काठमाडौंका लागि उडेको थियो जुन धेरै अघि बढिसकेको थियो । क्याप्टेनले नजिकको विमानस्थलको दूरी हिसाब गरे, नेपालगन्ज ६० माइल, भैरहवा ४५ माइल र काठमाडौं १ सय ३० माइलको दूरीमा देखिए ।

५ मिनेट हाराहारी छाती पम्पिङ गरिएपछि बिष्ट होसमा आए । क्याप्टेनले जहाजलाई काठमाडौं नल्याई फर्काउने निर्णय लिइसकेका थिए । भैरहवा नजिक पर्ने भएकाले उनले एयरहोस्टेसमार्फत बिरामीका भाइ बलबहादुरलाई नेपालगन्ज वा भैरहवा कता फर्काउने भनी सल्लाह मागे । बिरामीका भाइ बलबहादुरले भैरहवामा अवतरण गराउँदा पनि हुने बताएपछि क्याप्टेन उद्धिनले भैरहवा टावरमा रहेका एयर ट्राफिकलाई डाक्टरसहितको एम्बुलेन्स तयार पार्न खबर गरे ।

क्याप्टेन उद्धिनले काठमाडौं टावरलाई पनि आफूले भैरहवामा अवतरण गर्ने निधो गरेको खबर टिपाए । उनले घटना भएको १५ मिटेनमा जहाज भैरहवा विमानस्थलमा कुशलतापूर्वक अवतरण गराए । त्यहाँ थियो विमानस्थलको एम्बुलेन्स । बुद्ध एयरको भैरहवा स्टेसन म्यानेजर दर्शन घिमिरेले बिरामीलाई तत्काल युनिभर्सल मेडिकल कलेज पुर्‍याए ।

बिरामीलाई एम्बुलेन्सले अस्पतालतर्फ लगेपछि क्याप्टेन उद्धिन नेपालगन्जबाट ल्याएका बाँकी ६९ यात्रु बाकेर काठमाडौं आए । उता युनिभर्सलमा भर्ना भएका बिरामी यात्रुलाई डाक्टरले थप उपचारका लागि काठमाडौं रिफर गर्‍यो । बेलुकी ८ बजे बलबहादुर आफ्ना दाजुलाई एम्बुलेन्समा राखेर काठमाडौंतर्फ लागेको समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।