३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड

अख्तियारद्वारा रौनियारविरुद्ध १ करोड २८ लाख भ्रष्टाचारको मुद्दा : यस्तो थियो घूसको हिसाब

अख्तियारद्वारा रौनियारविरुद्ध १ करोड २८ लाख भ्रष्टाचारको मुद्दा : यस्तो थियो घूसको हिसाब
अ+ अ-

काठमाडौँ । ठेकेदारस्पैसाको जोगाडमा लागेको छु, तपाईंलाई भइहाल्छ, अब छिटो हुन्छ । अर्का व्यक्ति कुरा नफेर्नु, (नत्रं) राम्रो हुँदैन । ठेकेदार : एक ठाउँबाट मागेको छु, आएपछि गरौंला ।अर्का व्यक्ति : हुन्छ ।

अर्का व्यक्ति : मोबिलाइजेसन बापत लिएको रकमलाई बिलमा मिलाउनुपर्छ । कति पर्सेन्ट निस्कन्छ ?
ठेकेदार : साठीवालामा तपाईंको सात छक्के ४२ ।
अर्का व्यक्ति : त यसमा मेरो निस्किन्छ, १२ दिएपछि बढी निस्किँदैन । म तपाईंलाई साँच्चै धेरै काम दिन्छु, अहिले मलाई दिनुहुन्छ कि दिनुहुन्न ?
ठेकेदार : अँ, १६ ठीक छ ।
अर्का व्यक्ति: आजै छाडिदिन्छु ।
यो संवादमा ठेकेदार भनिएका व्यक्ति सुशीलकुमार झा हुन् भने अर्का व्यक्ति आइतबार मात्रै विशेष अदालतमा रंगेहात घूसको मुद्दामा प्रमुख प्रतिवादी बनाइएका बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका निलम्बित उपकुलपति राजकुमार रौनियार हुन् ।

रौनियार गत असार २६ गते ८ लाख रुपैयाँ घूससहित रंगेहात पक्राउ परेका हुन् । अख्तियारले उनीविरुद्ध १ करोड २८ लाख रुपैयाँ घूस लिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । ‘उहाँ आठ लाख रुपैयाँसहित रंगेहात पक्राउ परे पनि थप अनुसन्धान क्रममा १ करोड २० लाख रुपैयाँ अरू घूस लिएको स्विकार्नुभयो,’ अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले कान्तिपुरसँग भने, ‘अनुसन्धान गर्दा त्यस्तो प्रमाणसमेत भेटिएकाले १ करोड २८ लाख रुपैयाँ घूस लिएको आरोप लगाइएको हो ।’

घटना भएको दिन उपकुलपति रौनियारको टेबलको छेवैमा रातो झोला भेटिएको थियो । भिडियो रेकर्डमा उनका भतिज रामहरि रौनियारले कालो झोलामा रातो थैली हाली बाहिर लैजान्छन् । रौनियारले झोलामा ८ लाख रुपैयाँ भएको सुनिश्चित गरी भतिजलाई लैजान र राख्न निर्देशन दिएका थिए ।

रंगेहात पक्राउ परेपछि रौनियारले रमाइलो जवाफ दिएका छन् । ‘म कार्यकक्षमा बसेका बेला झा र डा. रामहरि रौनियार आइपुगेका हुन्, कुराकानीका क्रममा झाले कालो ब्यागबाट रातो झोला निकालेर मेरो टेबलमा राखिदिए,’ उनले बयानमा भनेका छन्, ‘पछि मैले यो झोला किन यहाँ राखेको भनी गाली गरेर झोला उनीतिरै धकेलिदिएको हुँ । त्यसमा पैसा देखिएको थिएन ।’

रकम पाउँदा उनले गरेको व्यवहार भने फरक थियो । उनले बाहिर पानी परेको भन्दै रकम व्यवस्थापन गर्न भतिजलाई निर्देशन दिएका थिए । ‘बाहिर पानीपरिरहेको छ, यो झोला तपाईंको ब्यागमा हाली भतिजलाई पठाइदिनू,’ उनले भनेका थिए, ‘तपाईंको ब्याग पछि फिर्ता ल्याइदिन्छु ।’

अनि भतिजले झोला निवासमा लगी सोकेसमा राख्न लाग्दा सोकेसको घर्रामा अर्को मुन्नी कस्मेटिक लेखिएको झोला देखेपछि त्यसैमा रकम भएको झोला राखे । अख्तियारले उनको निवास नियन्त्रणमा लियो । उनको ब्लक र बस्ने कोठामा समेत छापा मार्‍यो । ड्रयरको साँचो माग्दा हराएको जवाफ दिए । माथिपट्टिको ड्रयर खोलेर तलको ड्रयर खानतलासी गर्दा रकम भेटियो ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको फार्मेसी भवन निर्माण क्रममा श्यामसुन्दर निर्माण प्रालिसँग दुई वर्षअघि सम्झौता भएको थियो । त्यही कम्पनीसँग गिना कन्स्ट्रक्सनले उपसम्झौता गरी काम गरिरहेको थियो । हालसम्म निर्माणमा ६ करोड ३३ लाख भुक्तानी भइसकेको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।

चेक तयार भए पनि उपकुलपतिले घूस मागेर त्यसलाई रोकिराखेका थिए । त्यतिबेला ८७ लाखको बिल बनेको भेटियो । अनुसन्धान क्रममा रौनियारले पटक–पटक १ करोड २० लाख लिएको खुल्यो । जसमा १ करोड ६ लाख सवारी चालक दिवाकर कार्कीमार्फत गयो भने १४ लाख ठेकेदार झाबाट सोझै उपकुलपतिले बुझेको भेटिएको थियो ।, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।