३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड

बागलुङ बडीगाडको कृत्रिम ताल फुट्यो

बागलुङ बडीगाडको कृत्रिम ताल फुट्यो
अ+ अ-

बागलुङ । अविरल वर्षासँगै आएको बाढीले जिल्लाको पश्चिममा बनेको कृत्रिम ताल फुटेको छ। बडीगाड खोलामा पानीको सतह बढेपछि बडीगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाको सीमानामा गत वर्ष बनेको तुरतुरे ताल सोमबार बिहान चार बजे फुटेको हो।

ताल फुट्ने सम्भावना बढेर खोलामा पानीको बहाव तीब्र रुपमा बढेपछि रातिदेखि नै प्रहरीले बागलुङ र गुल्मीको तटीय बस्तीमा सावधानी अपनाउन आग्रह गरेको थियो। तटिय क्षेत्रका बासिन्दा रातभर जाग्राम बसेका थिए। ताल फुटेपछि ७५ प्रतिशत पानी बगेको बडिगाड गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिपचन्द्र सुवेदीले बताए। गत वर्षको भदौ २९ गते राति खोलामाथिबाट तुरतुरेमा झरेको चट्टानी पहिरोले बडिगाड खोला थुनिएर कृत्रिम ताल बनेको थियो।

ताल एक हजार दुई मिटर लामो र करिब एक सय मिटरभन्दा गहिरो रहेको छ। उक्त तालमा डुबान पीडित कुमाल लगायतका २७ परिवारले हिउँद याममा डुंगा चलाएर आम्दानी गरेका थिए। ‘ताल एक्कासी फुट्छ कि भन्ने ठुलो सन्त्रास थियो, तर त्यस्तो भएन,’ सुवेदीले भने, ठूलो बाढी आएपनि बिस्तारै खालिदै ताल बगेकाले तटिय क्षेत्रका बस्तीमा कुनै क्षति गरेन।’

तुरतुरे ताल फुटेपछि ताल नजिकैको करिब २ सय मिटर मध्यपहाडी लोकमार्ग बगाएको छ। सडक बगाएपछि मध्यपहाडी लोकमार्गको बागलुङ–बुर्तिबाङ खण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ। जिल्लाको पश्चिम बडिगाड, ढोरपाटन, निसीखोला, तमानखोला गाउँपालिका लगायतका नागरिक सिधा सवारी आवागमनबाट बञ्चित भएका छन्।

अवरुद्ध लोकमार्ग तत्काल सुचारु गर्न नसकिने भएकाले वैकल्पिक मार्गको प्रयोगका बिषयमा पनि छलफल भइरहेको बागलुङका प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षत्रीले बताए। यसका लागि स्थानीय तह सँगै आवश्यक समन्वय र पहल भइरहेको उनले बताए।, समाचार अन्नपुर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।