१३ असार २०८३, शनिबार
,
Latest
माईतीघरमा दृष्टिबिहीनहरूको धर्ना छैटौं दिनमा जारीः सरकारको ध्यानाकर्षण नभएको गुनासो नवप्रवर्तन र दिगो औद्योगिक विकासमार्फत साना तथा मझौला उद्यमलाई सशक्त बनाउन आह्वान न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा सैद्धान्तिक विरोधाभासको ‘चक्रव्यूह’मा रास्वपा काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि आठ विश्वविद्यालयका उपकुलपति छनोटका लागि अन्तर्वार्ता र प्रस्तुतीकरण सुरु नेपाली सेनाद्वारा बागमती ड्याममा मनसुनजन्य विपद् प्रतिकार्य तयारी अभ्यास सञ्चालन लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका अधिकार कार्यान्वयनमा अझै चुनौतीः सरोकारवाला ऋण असुलीबाट तुलसी सहकारीका १५८ बचतकर्ताले पाए रकम भूकम्प प्रभावित भेनेजुएलाको उद्धारका लागि स्पेनद्वारा ५४ सदस्यीय आपत्कालीन टोली परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जाम्बियामा सडक दुर्घटनामा ११ जनाको मृत्यु, १७ घाइते



अ+ अ-

एजेन्सी । उत्तरी जाम्बियाको माफिङ्गा जिल्लामा गाडी पल्टिँदा कम्तिमा ११ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएको सडक सुरक्षा निकायले जनाएको छ ।
  
आइतबार राति ३० यात्रु बोकेको ट्रक चालकले नियन्त्रण गुमाएपछि व्यस्त सडकमा पल्टिँदा दुर्घटना भएको हो ।
सडक यातायात तथा सुरक्षा निकायका प्रमुख कार्यकारी अधिकृत ग्लाडवेल बाण्डाले विज्ञप्ति जारी गर्दै ब्रेक फेल भएर गाडी पल्टिएको बताएका छन् । 

उनले नौ जनाको घटनास्थलमै र दुई जनाको स्थानीय अस्पतालमा  उपचारका क्रममा मृत्यु भएको बताएका छन् । सरकारका प्रवक्ता चुशी कसण्डाले सडक दुर्घटनामा ११ जनाको ज्यान गएकामा सरकार अत्यन्तै दुःखी भएको बताएका छन् ।