३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद

सरकारको यसरी बचाउ गरे मुख्यमन्त्री पोखरेलले

सरकारको यसरी बचाउ गरे मुख्यमन्त्री पोखरेलले
अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य तथा प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले आर्थिक समृद्धिको विषयमा सरकारले लिएको नीति सही दिशामा रहेको बताउनुभएको छ । सुरुआत सही ठाउँमा गरिएकाले परिणाम पनि सही आउने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
गोरखापत्र संवाद कार्यक्रममा आइतबार मुख्यमन्त्री पोखरेलले भन्नुभयो, “आर्थिक स्थायित्वको सवालमा सरकार सही ठाउँमा छ । प्रधानमन्त्रीको विकासको सपना पनि पूरा हुन्छ । ”

“विकासको दृष्टिकोण स्पष्ट छ, रणनीतिक आयोजना अगाडि बढेको छ । अर्थतन्त्र चलायमान भएको छ । अर्थतन्त्रले गति लिएको छ । यो अवस्थामा मुलुक आर्थिक विकासको दृष्टिले सही बाटोमा छ”, नेता पोखरेलले भन्नुभयो, “काम गर्ने क्रममा केही चुनौती देखिएका छन्, त्यसको सहज व्यवस्थापनबाटै समृद्धि सम्भव हुन्छ । ”

काम गर्ने क्रममा सरकार ‘अघि बढ्ने र पछि हट्ने’ विषयमा अनेक टिप्पणी भइरहेका बेला नेकपाका नेतासमेत रहनुभएका पोखरेलले भन्नुभयो, “कुशल नेतृत्व अगाडि बढ्ने र पछाडि हट्ने क्रम भइरहन्छ । परिस्थितिअनुसार चल्नसक्नु नेतृत्वको दूरदर्शिता हो, कमजोरी होइन । ” हामीकहाँँ विरोधका लागि विरोध हुने गरेको बताउँदै उहाँले विरोध पनि सिर्जनात्मक भएमा मुलुकलाई फाइदा पुग्ने बताउनुभयो । सरकारलाई कमजोर पार्ने गरी विरोधका गतिविधि भइरहेको भन्दै उहाँले विरोधलाई मत्थर पार्न पनि सरकार पछि हट्नु कमजोरी नहुने बताउनुभयो ।
त्यस्तै मुख्यमन्त्री पोखरेलले नेपालका बुद्धिजीवीहरूले सतही रूपमा आर्थिक विश्लेषण गरिरहेको बताउनुभयो । “नेपालका अर्थशास्त्रीले नेपाल पढेकै छैनन्, विदेश मात्र पढेका छन् । विदेश पढेर नेपालको अर्थतन्त्रका विषयमा गरेको विश्लेषण कसरी मेल खान्छ ?”, जिज्ञासा गर्दै उहाँले थप्नुभयो, “फिल्डमा गएर काम नगरी कसरी सही विश्लेषण हुन्छ रु यसले समाजमा भ्रम सिर्जना गरिरहेको छ । ” नेपालको अर्थतन्त्र औपचारिकभन्दा अनौपचारिक बढी रहेको र त्यही विकासको जग भएको उहाँले बताउनुभयो ।

“नेपाल बिग्रने अवस्थामा छैन । नेपाल सप्रिने ठाउँमा अगाडि बढिसकेको छ”, उहाँले बताउनुभयो । नेपालमा मकैको आयात बढी भयो भनेर टिप्पणी गरिनु गलत भएको बताउँदै उहाँले भन्नुभयो, “नेपालमा व्यावसायिक फर्म सुरु भए, दाना उद्योग स्थापित भए । दानाको मुख्य स्रोत मकै हो, त्यसले अर्थतन्त्रको जग बसाउँछ । सय रुपियाँको मकैको दानाबाट एक हजारको कुखुरा उत्पादन गरिन्छ भने कसरी हामी गलत भयौँ ?”

मकै बाहिरबाट आयात हुनु भनेको नेपालमा उत्पादकत्व बढ्यो भनेर बुझ्नुपर्छ । अर्थशास्त्रीहरूको ध्यान यता नगएको चर्चा उहाँले गर्नुभयो । “चार वर्ष लगाएर देवानी फौजदारी संहितासम्बन्धी कानुन अध्ययन गरियो, एक वर्ष संसद्मा छलफल र बहस भयो, पास भएको एक वर्ष सच्याउनका लागि राखियो, एक वर्षपछि लागू गर्दा त्यो कानुनविरुद्ध नेपाल पत्रकार महासङ्घ सडक आन्दोलनमा गयो”, पोखरेलले भन्नुभयो, “तयारी नपुगेको कसरी भनौँ यसलाई, जनतालाई सूचना दिने समय गुज्रेपछि मात्र महासङ्घ विरोधमा किन गयो रु विरोधको माहोल पाएपछि मात्र विरोधमा गयो, यसको अर्थ तथ्यमा भन्दा मनोगत विरोध यहाँ हुन्छ भन्ने यसैबाट पुष्टि हुन्छ । ”

एक अर्को प्रसङ्गमा नेता पोखरेलले नेतृत्वले नै नीति बनाउने भएकाले ‘नीति नेतृत्वकै’ हुने बताउनुभयो । नेतृत्वले नस्वीकार्दासम्म कुनै पनि विचार संस्थागत हुन नसक्ने उहाँले बताउनुभयो । “एउटाले नीति बनाइदिने र अर्कोले नेतृत्व गर्ने कुरा हुँदैन, नेतृत्व नीतिभन्दा बाहिर रहँदैन, नेतृत्व विचार र नीतिसहित हुन्छ”, उहाँले भन्नुभयो । नेकपाको स्कुल विभागको विषयमा अनेक जिज्ञासा उठिरहँदा नेता पोखरेलले नेतृत्वलाई जुन पात्र उपयुक्त लाग्छ, त्यसैलाई अगाडि सार्न उपयुक्त हुने बताउनुभएको समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।