३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस्

बढ्दै छ विप्लव समूह छाड्ने लहर

बढ्दै छ विप्लव समूह छाड्ने लहर
अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गएको जेठ १९ गते नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह)का पोलिटब्युरो सदस्य एवं पूर्वराज्यमन्त्री पदम राईलाई पार्टीमा प्रवेश गराउँदै भन्नुभयो, “ढिलो चाँडो विप्लव पनि यसैमा (नेकपामा) प्रवेश गर्नुपर्छ । अरू विकल्प छैन ।’’

उहाँले थप्नुभयो, “म अन्य साथीहरूलाई कुनै पूर्वाग्रहबिना मूल राजनीतिक पार्टीमा समाहित हुन आग्रह गर्छु । आउनुस् बसेर छलफल र संवाद गरौँ ।” यसरी उहाँले आह्वान गरेको दुई महिना बितेको छ र पहिलो पटक होइन । तत्कालीन माओवादी केन्द्रबाट मोहन वैद्य किरण र त्यसबाट नेत्रविक्रम चन्द अलग भएको बेलादेखि नै उहाँले यस्तो विचार राख्दै आउनुभएको छ ।

उहाँले गरेको आह्वानअनुसार ती दलहरूबाट विस्तारै विस्तारै नेता तथा कार्यकर्ताहरू नेकपामा प्रवेश पनि गर्दै छन् । सरकारले २०७५ फागुन २८ गते विप्लव समूहको गतिविधिमाथि प्रतिबन्ध लगाएपछि त झन् सो समूहबाट पार्टी छाडेर नेकपामा प्रवेश गर्ने लहर नै चलेको छ । सो समूहका आधाभन्दा बढी कार्यकर्ता तथा नेताहरू नेकपामा आइसकेका छन् ।

सो समूहका धेरै नेता पक्राउ परिसकेका छन् र सोहीअनुसार नेकपामा प्रवेश गर्नेको लहर चलेको छ । यी दुइटा कारणले विप्लव समूह कमजोर भइसकेको विश्लेषणसमेत भइरहेको छ । बाँकी रहेका नेता तथा कार्यकर्ता पनि नेकपामा आउने तयारी भइरहेको नेताहरूको दाबी छ । साउन १४ गते दुबई उड्नुअघि नेकपा अध्यक्ष प्रचण्डले विप्लव समूहका आठ जना नेता तथा कार्यकर्तालाई नेकपामा प्रवेश गराउनुभयो । आफ्नै निवासमा एक कार्यक्रम आयोजना गरी उहाँले विप्लव समूहका ब्युरो सदस्य तथा बारा जिल्लाका पूर्वसचिव रमण घिमिरेलगायत आवास मन्सुरी, सुरेशकुमार यादव, विनोद केसी, सुवास तिवारी, राजकुमार केसी खत्री, सन्दीपकुमार कार्की, नमराज शर्मालाई प्रवेश गराउनुभयो ।

त्यसैगरी असार २६ गते सो समूहका मेची–कोसी ब्युरो इन्चार्जसहित नेता तथा कार्यकर्ता पनि नेकपामा प्रवेश गरेका थिए । पार्टी प्रवेश गर्ने नेता तथा कार्यकर्तालाई स्वागत गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, “नेपालमा एउटै शक्तिशाली कम्युनिस्ट पार्टी बनाउने र परिस्थितिको आवश्यकताअनुसार संसारलाई नयाँ समाजवादको मोडेल दिनेछौँ । ” नेकपामा प्रवेश गर्नुभएका मेची–कोसी ब्युरो सदस्य तथा झापा ब्युरो इन्चार्ज सौगात आचार्यले विप्लव समूह गलत बाटोमा हिँडेका कारण आफूहरू सो पार्टी त्यागेर पुरानै पार्टीमा फर्केको बताउनुभयो । “हतियार उठाएर समाजवाद आउन सक्दैन” भन्दै उहाँले नेकपाले नै देशमा परिवर्तन ल्याई समाजवाद स्थापना गर्ने बताउनुभयो ।

जेठ २० गते विप्लव समूहका प्रवास ब्युरो ३ जिल्ला इन्चार्ज तथा ब्युरो सदस्य ललित ताम्राकार (अभियान) नेकपा प्रवेश गर्नुभएको थियो । उहाँलाई नेकपाका स्थायी समिति सदस्य तथा पूर्वमन्त्री लेखराज भट्टले स्वागत गर्नुभयो ।

त्यसैगरी वैशाख १३ गते भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिका–९, काँक्राबारीमा आयोजित एक कार्यक्रमका बीच विप्लव समूहका भक्तपुर जिल्ला कमिटी सचिवालय सदस्य तथा सूर्यविनायक नगरपालिका इन्चार्ज यादव तामाङ र युवानेता विराज तामाङ नेकपामा प्रवेश गर्नुभयो ।

उहाँहरूलाई नेकपाका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतले पार्टीमा स्वागत गर्नुभएको थियो । पार्टी प्रवेश गर्नुभएका विराज तामाङले विप्लव समूह चन्दा, आतङ्क, लुटपाटको गतिविधिमा लागेर जनतालाई दुःख दिएको कारण आफूहरूले पार्टी परित्याग गरेको बताउनुभयो ।

वैशाख १० गते पनि म्याग्दीमा विप्लव समूह निकट विद्यार्थी सङ्गठनका अखिल क्रान्तिकारीको पूर्व गण्डक ब्युरो इन्चार्ज प्रकाश विश्वकर्मा पार्टी परित्याग गरेर नेकपामा प्रवेश गर्नुभएको थियो । प्रहरीको खोजीको सूचीमा रहनुभएका विश्वकर्मा सहायक प्रजिअ महेश सुवेदी, नेकपाका अध्यक्ष गोविन्द पौडेल, टेकबहादुर विश्वकर्मा, नगर संयन्त्र सदस्य नारायण जीसीलगायतको रोहबरमा सार्वजनिक भएपछि नेकपामा प्रवेश गर्नुभएको थियो ।

गत चैत २७ गते विप्लव समूहबाट काठमाडौँमा क्रियाशील २० जना नेता तथा कार्यकर्ता नेकपाका प्रवेश गर्नुभएको थियो । उहाँहरूलाई नेकपाका अध्यक्ष प्रचण्डले आफ्नै निवासमा एक कार्यक्रम आयोजना गरी स्वागत गर्नुभएको थियो ।

विप्लव समूहबाट कतिजना नेकपामा प्रवेश गरेका छन्, त्यसको तथ्याङ्क सो पार्टीसँग छैन । यद्यपि सो समूहबाट प्रत्येक महिना वा कहिलेकाहीँ महिनामा दुई÷दुई पटक पार्टी प्रवेश गराउने कार्यक्रम भइरहेका हुन्छन् । जिल्ला जिल्लामा पनि पार्टी प्रवेश गराउने काम जारी छन् ।

यता केन्द्रमा कहिलेकाहीँ पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा पार्टी प्रवेश कार्यक्रम हुन्छ नभए अधिकांश त्यस्तो कार्यक्रम प्रचण्ड निवास खुमलटारमा भइरहेको हुन्छ । तत्कालीन माओवादीबाट अलग भएर सो समूह बनेको कारणले प्रचण्डसँग निकटता भएको हुनाले खुमलटारमा पार्टी प्रवेशको कार्यक्रम हुने गरेको पार्टीका नेताहरू बताउनुहुन्छ ।

नेकपाका स्थायी समिति सदस्य देवेन्द्र पौडेलले विप्लव समूहबाट नेकपामा आउने नेता तथा कार्यकर्ताको यकिन तथ्याङ्क नभए पनि सो समूहका आधाभन्दा बढी कार्यकर्ता नेकपामा आइसकेको दाबी गर्नुभयो । अझै धेरै नेतासँग कुराकानी भइरहेको र नेकपामा सङ्गठनको जिम्मेवारी बाँडफाँट टुङ्गिएपछि अन्य नेता पनि नेकपामा आउने उहाँको भनाइ छ ।

तत्कालीन एकीकृत माओवादीबाट २०६९ असारमा वैद्य समूह अलग भएको थियो । पछि वैद्यले नेतृत्व गरेको नेकपा क्रान्तिकारी हुन नसकेको भन्दै २०७१ मङ्सिरमा विप्लव समूह अलग भयो । अलग भएपछि सो समूहले विस्तारै सैन्य गतिविधिहरू अगाडि बढाउँदै गएपछि सरकारले सो समूहमाथि प्रतिबन्ध लगाएको थियो । प्रतिबन्ध लगाएयता सो समूहका छ सय जनाभन्दा बढी कार्यकर्ता तथा नेता पक्राउ परेका छन् ।, समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।