१३ आश्विन २०८१, आईतवार
,
Latest
झ्याप्ले खोलामा पहिरो हटाइयो, ४८ घण्टापछि सडक दुईतर्फी खुल्यो बाढीपहिरो र डुबानमा परी देशभर एक सय ७० जनाको मृत्यु, ४२ जना अझै बेपत्ता सिधा कुरा प्रकरण: अदालतले मानहानी गरेको ठहर पछि प्रकाशक र सम्पादक जेल चलान बिपत्तिमा पनि उडान सुचारु गरेर यात्रुलाई सहज यात्राको अवसर दिऔ: चाइना साउदर्न सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभापति पदको मतगणना राति १० बजेपछि हुने



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसको सभापति चयनका लागि दोस्रो चरणमा भएको मतदानको गणना मंगलबार राति १० बजेपछि हुने भएको छ । 

राति ८ बजे मतदान सकिने अनुमानसहित १० बजेपछि मतगणना हुने निर्वाचन समितिका सदस्य तेज बहादुर रावलले जानकारी दिए । 

पहिलो चरणमा कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि चुनाव दोस्रो चरणमा गएको हो । मतदान अहिले प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा जारी छ ।

सभापतिका लागि शेरबहादुर देउवा र शेखर कोइराला प्रतिस्पर्धा छन् । 

पहिलो चरणमा देउवाले २२५८ मत पाएका थिए भने कोइरालाले १७०२ मत ल्याएका थिए । 

देउवालाई पहिलो चरणमा सभापतिका पत्यासीत्रय प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले समर्थन गर्ने घोषणा गरेपछि देउवा सभापतिमा पुनः निर्वाचित हुने लगभग पक्कापक्की छ ।