७ पुष २०८२, सोमबार
,
Latest
हायु हत्या प्रकरणः दुई जनाको हत्या भएको पुष्टि, दुई जना पक्राउ प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो साइकल चढनेहरू दिनप्रतिदिन घट्दै एमसीए नेपाल अन्तर्गत धानखोला लमहीको ४० किमि क्षेत्र मर्मत गर्न ठेक्का सम्झौता मिराज ढुंगाना नेतृत्वको टोलीद्वारा माईतीघरमा सरकार विरोधी प्रदर्शन (तस्बिरहरु) सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन नेपाली सेनाको प्रष्टिकरण: संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ माइतीघर प्रदर्शनः फेरि पक्राउ परे निकोलस भुषाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

अफगानिस्तान हवाई कारबाहीमा सोह्र लडाकूको मृत्यु



अ+ अ-

काबुल । अफगानिस्तानका विभिन्न क्षेत्रमा पछिल्लो पटक भएका हवाई कारबाहीमा परी कम्तीमा १६ जना तालिबान लडाकू मारिएका छन् । अफगान सेनाको विशेष कमाण्डले सोमबार दिएको जानकारीअनुसार अफगानिस्तानका विभिन्न क्षेत्रमा यो हवाई कारबाही भएको थियो ।

गएको २४ घन्टा यताका ती कारबाही अफगानिस्तानको सेनाले गरेको थियो । ती हवाई कारबाहीहरु उरुजगान, घानी, पाक्टिया र फर्याब प्रान्तमा भएको थियो । अफगान राष्ट्रिय सेनाको विशेष कमाण्डले सोमबार प्रेस विज्ञप्ति प्रकाशन गरी सो कुराको जानकारी गराएको हो ।

कारबाहीका क्रममा अरु केही लडाकू घाइते पनि भएको सुरक्षा अधिकारीहरुले जनाएका छन् ।
अफगानिस्तानका ३४ ओटै प्रान्तका प्रान्तीय राजधानीहरुमा अफगानिस्तानको विशेष सैन्य समूह रहेको छ ।

तर पनि अफगानिस्तानका कैयौँ ग्रामीण क्षेत्रहरु भने तालिबानले कब्जा गरेका छन् । यो पछिल्लो कारबाहीका बारेमा तालिबानहरुका तर्फबाट कुनै प्रतिक्रिया प्राप्त भएको छैन ।