९ आश्विन २०८१, बुधबार
,
Latest
आर्थिक वृद्धि र जीवनस्तर सुधारका लागि यातायात पूर्वाधार अत्यावश्यक: अर्थमन्त्री पौडेल संविधानको मर्म र भावना विपरित अधिकारहरु कटौती गर्दैनौँ: कार्यवाहक प्रधानमन्त्री सिंह नेपालको ओडीआई वरीयता खस्कियो जन्मदिनको अवसर पारेर लोमश शर्माले सार्वजनिक गरे लोकगीत ‘अल्ली नजिक सरिदेउन’ ‘प्रेम गीत ३’ ‘सिनेमाघर’मा रिलिज, अब ल्यापटप र डेस्कटपमा पनि हेर्न मिल्ने पूर्वाग्रह साथ पक्राउ नगर्न र पक्राउ गरिएका प्रति मानवोचित व्यवहार गर्न आयोगको आग्रह बङ्गलादेशमा पोलिथिन झोला प्रयोगमा प्रतिबन्ध अमेरिकी राष्ट्रपति चुनाव : महाशक्ति राष्ट्रको कमाण्ड कसको हातमा पुग्ला ? बाजुरामा चट्याङ लागेर वृद्धको मृत्यु आफ्नो पार्टनरलाई म्यासेज गर्दा गल्तिले पनि नगर्नुहोस् यी ५ काम
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक ४ अङ्कले घट्यो



अ+ अ-

काठमाडौं– धितोपत्र बजारमा आज शेयर कारोबारमापक नेप्से परिसूचक ४.५५ अङ्कले घटेर एक हजार २५५.०९ मा पुगेको छ । त्यस्तै सेन्सेटिभ परिसूचक ०.७७ अङ्कले घटेर २७१.०१ मा पुगेको छ । परिसूचक घटेसँगै कारोबार रकम पनि खुम्चेको छ । स्टक एक्स्चेन्जका अनुसार आज १६७ कम्पनीका १५ लाख पाँच हजार ५०६ कित्ता शेयर रु ४४ करोड ३२ लाख पाँच हजार ४८१ मा खरिद बिक्री भयो ।

कारोबार भएका कुल ११ मध्ये दुई उपसमूहको शेयरमात्र उकालो लागेको छ । निर्जीवन बीमा ३.४९ र सामूहिक लगानी कोषका शेयर ०.११ अङ्कले बढेको छ । त्यस्तै बैंकिङ २.८३, होटल ३.८६, विकास बैंक ३.४४, जलविद्युत् १.८२, वित्त ३.५२, उत्पादन १६.०९, अन्य २.१९, लघुवित्त २७.०२, जीवन बीमा २१.८४ अङ्कले ओरालो लागेको छ ।

स्टकका अनुसार नेपाल बैंक लिमिटेडको शेयर सबैभन्दा बढी कारोबार भई शीर्ष स्थानमा रह्यो । सो बैंकको शेयर रु दुई करोड ६९ लाख ७८ हजार ४० मा खरिदबिक्री भयो । त्यस्तै कृषि विकास बैंकको रु एक करोड ४३ लाख ८२ हजार २४५, नेपाल क्रेडिट एण्ड कमर्सियल बैंकको रु एक करोड ७१ लाख २१ हजार १६२, छिमेकी लघुवित्त विकास बैंकको शयेर रु एक करोड ६९ लाख २८५ मा कारोबार भए ।

घटेको बजारमा स्वाभिमान लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ४.०४ प्रतिशतले कमाए । त्यस्तै रिलायन्स फाइनान्स ३.३३, एनएमबी हाइब्रिड फण्ड–१ २.३७, युनिभर्सल पावर कम्पनी २.३३ र एभरेष्ट इन्स्योरेन्स कम्पनीका शेयरधनीले १.९९ प्रतिशतले कमाए ।

स्पर्श लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ९.९९ प्रतिशतले गुमाए । सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था ९.५६, गुराँस लघुवित्त वित्तीय संस्था ९.३२, मिथिला लघुवित्त वित्तीय संस्था ८.१० र इन्फिनिटी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ७.१० प्रतिशतले गुमाए ।