४ असार २०८३, बिहीबार
,
Latest
रासायनिक मलमा कालोबजारी नियन्त्रण गर्न पहल स्वास्थ्य बिमाको पुनःसंरचनाका लागि तयारी सुरु गण्डकी प्रदेशसभाः बजेटमाथि छलफल सुरु फोटोपत्रकार वन्त ‘कर्पोरेट फोटोग्राफी एक्सीलेन्स अवार्ड’बाट सम्मानित संविधान संशोधन बहसपत्र तयारी कार्यदलद्वारा पूर्वप्रधानमन्त्री डा भट्टराईसँग छलफल सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैनः अर्थमन्त्री डा वाग्ले नेपाली चिया निर्यातको अवरोध हटाउन पहल गर्न परराष्ट्रमन्त्रीलाई महासंघको आग्रह मौरीपालक किसानलाई प्रविधिका सामग्री वितरण प्रधानमन्त्रीको जवाफ अर्थमन्त्रीमार्फत: एमालेको प्रश्न-औपचारिक जिम्मेवारी हस्तान्तरण भयो? सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारीः तेस्रो दिन सुवास शिर्ष स्थानमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक ४ अङ्कले घट्यो



अ+ अ-

काठमाडौं– धितोपत्र बजारमा आज शेयर कारोबारमापक नेप्से परिसूचक ४.५५ अङ्कले घटेर एक हजार २५५.०९ मा पुगेको छ । त्यस्तै सेन्सेटिभ परिसूचक ०.७७ अङ्कले घटेर २७१.०१ मा पुगेको छ । परिसूचक घटेसँगै कारोबार रकम पनि खुम्चेको छ । स्टक एक्स्चेन्जका अनुसार आज १६७ कम्पनीका १५ लाख पाँच हजार ५०६ कित्ता शेयर रु ४४ करोड ३२ लाख पाँच हजार ४८१ मा खरिद बिक्री भयो ।

कारोबार भएका कुल ११ मध्ये दुई उपसमूहको शेयरमात्र उकालो लागेको छ । निर्जीवन बीमा ३.४९ र सामूहिक लगानी कोषका शेयर ०.११ अङ्कले बढेको छ । त्यस्तै बैंकिङ २.८३, होटल ३.८६, विकास बैंक ३.४४, जलविद्युत् १.८२, वित्त ३.५२, उत्पादन १६.०९, अन्य २.१९, लघुवित्त २७.०२, जीवन बीमा २१.८४ अङ्कले ओरालो लागेको छ ।

स्टकका अनुसार नेपाल बैंक लिमिटेडको शेयर सबैभन्दा बढी कारोबार भई शीर्ष स्थानमा रह्यो । सो बैंकको शेयर रु दुई करोड ६९ लाख ७८ हजार ४० मा खरिदबिक्री भयो । त्यस्तै कृषि विकास बैंकको रु एक करोड ४३ लाख ८२ हजार २४५, नेपाल क्रेडिट एण्ड कमर्सियल बैंकको रु एक करोड ७१ लाख २१ हजार १६२, छिमेकी लघुवित्त विकास बैंकको शयेर रु एक करोड ६९ लाख २८५ मा कारोबार भए ।

घटेको बजारमा स्वाभिमान लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ४.०४ प्रतिशतले कमाए । त्यस्तै रिलायन्स फाइनान्स ३.३३, एनएमबी हाइब्रिड फण्ड–१ २.३७, युनिभर्सल पावर कम्पनी २.३३ र एभरेष्ट इन्स्योरेन्स कम्पनीका शेयरधनीले १.९९ प्रतिशतले कमाए ।

स्पर्श लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ९.९९ प्रतिशतले गुमाए । सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था ९.५६, गुराँस लघुवित्त वित्तीय संस्था ९.३२, मिथिला लघुवित्त वित्तीय संस्था ८.१० र इन्फिनिटी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ७.१० प्रतिशतले गुमाए ।