५ असार २०८३, शुक्रबार
,
Latest
फिफा विश्वकप फुटबल: क्यानडाद्वारा कतारमाथि ६ ० को फराकिलो जित ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो रासायनिक मलमा कालोबजारी नियन्त्रण गर्न पहल स्वास्थ्य बिमाको पुनःसंरचनाका लागि तयारी सुरु गण्डकी प्रदेशसभाः बजेटमाथि छलफल सुरु फोटोपत्रकार वन्त ‘कर्पोरेट फोटोग्राफी एक्सीलेन्स अवार्ड’बाट सम्मानित संविधान संशोधन बहसपत्र तयारी कार्यदलद्वारा पूर्वप्रधानमन्त्री डा भट्टराईसँग छलफल सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैनः अर्थमन्त्री डा वाग्ले नेपाली चिया निर्यातको अवरोध हटाउन पहल गर्न परराष्ट्रमन्त्रीलाई महासंघको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

मनसुन आजदेखि पुनःसक्रिय, यस्तो छ तीन दिनको मौसम पूर्वानुमान



अ+ अ-

काठमाडौं । केही दिनदेखि कमजोर रहेको मनसुन आजदेखि पुनःसक्रिय भएको छ।

हाल देशभर सामान्य तथा पूर्ण बदली हुनाका साथै तराईका धेरैजसो स्थानमा मेघ गर्जनसहित वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

साउन २० गते (सोमबार)

दिउँसोः देशभर आंशिकदेखि सामान्य बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुनेछ। साथै, पूर्व र पश्चिम तराई क्षेत्रका थोरै स्थाहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

रातिः देशभर सामान्य बदली रही देशको पश्चिमि भू(भागका केही स्थानहरूमा तथा मध्य र पूर्वका थोरै स्थानहरूमा मेघ गर्जनरचट्यांगसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। साथै मध्य र पश्चिमी क्षेत्रका एक(दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

साउन २१ गते (मंगलबार)

दिउँसोः देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरूमा वर्षा हुनेछ।

रातिः देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा वर्षा हुनेछ। साथै मध्य र पश्चिमी क्षेत्रका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

साउन २२ गते (बुधबार)

दिउँसोः देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरूमा वर्षा हुनेछ। साथै पूर्व र मध्य क्षेत्रका एकरदुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

रातिः देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा वर्षा हुनेछ। साथै पूर्व र मध्य क्षेत्रका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।