२१ असार २०८३, आईतवार
,
Latest
३९ लाख ठगीको अभियोगमा पक्राउ सीमा बन्द र मध्यपूर्व तनावले अफगानिस्तानको अटो व्यापार प्रभावित कोरला सडकलाई पर्यटकीय राजमार्ग बनाउने सरकारको योजना कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने मौद्रिक नीतिप्रति निजी क्षेत्रको उच्च अपेक्षा, कर्जा प्रवाह र उत्पादनमुखी नीति ल्याउन महासंघको आग्रह अर्थमन्त्री डा. वाग्लेका १०० दिन: कानुनी सुधारदेखि डिजिटल सेवा विस्तारसम्मका उपलब्धि सार्वजनिक बीउ उत्पादन कार्यक्रम ५८ स्थानीय तहमा सञ्चालन कानुनी विवादमा परेका बालबालिकासँग मन्त्री बादीको संवाद : सुधार, पुनर्स्थापना र बालमैत्री व्यवस्थापनमा जोड सञ्चार क्षेत्रका समस्या समाधानका लागि रचनात्मक सुझावसहित संवादमा आउन महासंघलाई सञ्चारमन्त्रीको आग्रह थाइल्यान्डबाट ल्याइएको २.८ केजी गाँजासहित भारतीय नागरिक त्रिभुवन विमानस्थलबाट पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

रक्सी छाड्दा ५० हजार



अ+ अ-

हेटौंडा । मकवानपुरगढी गाउँपालिकाले गाउँमा बढ्दो घरेलु मदिरा बिक्रीबितरण नियन्त्रण गर्ने अभियान सुरु गरेको छ । गाउँपालिकाले घरेलु मदिरा उत्पादन तथा बिक्रीबितरण न्यून गर्ने अभियानस्वरुप महिलालाई उक्त व्यवसाय परिर्वतन गर्न आर्थिक सहयोग गरेको हो ।

गाउँपालिकाले घरेलु मदिरा उत्पादन र बिक्रीबितरण गर्दै आएका महिलालाई पेशा परिवर्तन गर्न ५० हजार रुपियाँ सहयोग गरेको छ । घरेलु मदिरा उत्पादन निर्मूल पार्ने उद्धेश्यसाथ गाउँपालिकाले वडा नम्बर–४ का ११ महिलालाई ५० हजारका दरले रकम सहयोग गरिएको छ ।

गाउँपालिकाले घरेलु मदिरा उत्पादन निरुत्साहित गर्न सामाजिक व्यवहार सुधार ऐन निर्माण गरेर काम सुरु गरेको छ । ‘हाल एउटा वडामा नमूनाका रुपमा सुरु गरेका छौं, त्यसको असर हेरेर अन्य वडामा कार्यक्रम लागु गर्ने योजना छ”, उहाँले बताउनुभयो ।

गाउँपालिकाले मदिरा उत्पादन छाडेर कृषि र पशुपालनमा लाग्न उनीहरुलाई सहयोग गरेको गाउँपालिका अध्यक्ष विदुर हुमागाईंले जानकारी दिनुभएको छ । विगतमा घरेलु मदिरा उत्पादन तथा बिक्रीबितरण गर्दै आएका महिलाले पेशा परिवर्तन गर्दै कृषि र पशुपालनमा लाग्ने प्रतिवद्धता व्यक्त गरेपछि वडा कार्यालय र टोल विकास संस्थाको रोहबरमा सहयोग रकम हस्तान्तरण गरिएको उहाँले बताउनुभयो ।, समाचार नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।