३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस्

युएईमा समाजवादी पार्टीको एकता

युएईमा समाजवादी पार्टीको एकता
अ+ अ-

काठमाडौं । समाजवादी पार्टी नेपालको भ्रातृ संगठन अन्तर्राष्ट्रिय–नेपाली समाज युएईको एकता घोषणा भएको छ । संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालको युएईमा रहेका दुईवटै पार्टीका भ्रातृ संगठनहरू नेपाली संघीय समाज युएई र अन्तर्राष्ट्रिय नेपाली समाज युएईबीच एकता भएको हो ।

एकतापछि नयाँ संगठनको नाम अन्तर्राष्ट्रिय–नेपाली समाज युएई रारखिएको छ । ‘संघीयता, सुशासन, समृद्धि, समाजवाद, समुन्नत संघीय समाजवाद जिन्दावाद’ मूल नाराका साथ घोषित एकताले बाबुराम लोप्चनको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा खिमानन्द कँडेल, मुन्ना समसुल हक, शंकर सुनार, नवराज घिमिरे र भगवती चाम्लिङ राई छन् । महासचिवमा विनोद श्रेष्ठ, उपमहासचिव दिलबहादुर लोप्चन, सचिव किरण विक, सचिव अनुराग थपलिया, सचिव चुमनसिंह दर्लामीमगर, कोषाध्यक्ष सुरेश ओझा, सहकोषाध्यक्ष शोभा शर्मा छन् ।

यस्तै, कार्यसमिति सदस्यमा क्रमशः सन्तोष पाण्डे, रूपबहादुर खत्री, भीम दोङ, योगेन्द्र थापा, खोर्साङ तामाङ, शंकर लामिछाने, इजराइल मियाँ, दिलबहादुर विक, तीर्थ पाण्डे, बलबहादुर विक, राजेन्द्र कुमाल, पुष्पा तामाङ, प्रतिक्षा खड्का, वीरेन्द्र राई, रामबहादुर थापामगर, उर्मिला गुरुङ, सुष्मा श्रीवास्तव, रेशम लामा, पूजा घले, सरस्वती प्रधान, बुद्धि मेवाहाङ राई, धमकृष्ण राई, दइन्द्र राई, दुर्गाबहादुर सुनार र सावित्रा राई छन् ।

नयाँ कार्यसमितिलाई कार्यक्रमका प्रमुख अतिथि तथा संघीय समाजवादी पार्टीका केन्द्रीय परिषद् सदस्य चन्द्रप्रसाद सापकोटाले शपथ गराए । एकता कार्यदलका संयोजक सुरेश ढकालको सभापतित्व र विनोद श्रेष्ठको सञ्चालनमा भएको कार्यक्रममा युएईमा क्रियाशील विभिन्न नेपाली राजनीतिक पार्टीका भ्रातृ संगठनका प्रतिनिधिको उपस्थिति थियो ।, समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।